Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गुम्देलमा आगलागी हुँदा एक घर जलेर नष्ट, आधा करोड भन्दा बढी क्षति

संवादाताः हाम्रो प्रहार
कार्तिक २२, २०७८

रामेछाप– रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । सोमबार विहान करिव ११ बजेको समयमा आगलागी हुँदा स्थानीय योग प्रसाद घिमिरे (कृष्ण) को घर जलेर नष्ट भएको हो ।

घर छोडेर मेलापातमा गएको समयमा आगो लागेर आफूहरु बस्दै आएको घर पुर्ण रुपमा जलेर नष्ट भएको घरधनी घिमिरेले बताए । उनले हाम्रो प्रहार डटकमसँग कुरा गर्दै भने– ‘हामी विहान खाना खाएर घाँस काट्ने मेलामा गएका थियौँ । करिव ११ बजेको समयमा भान्साकोठा नजिकै रहेको अर्को घरमा धुँवा आएको स्थानीयले देख्नुभएछ, त्यसपछि हामीलाई खबर आउँदा नआउँदा घरको चारैतिर आगो फैलिसकेछ । घर परिवारका सदस्य र गाउँका सबै मानिसहरु जम्म हुँदा हुँदै आगो झन धेरै बल्न थाल्यो । गाउँलेहरुको सहयोगमा आगो नियन्त्रणमा आएपनि घर भित्र भएको कुनै पनि बस्तु झिक्न पाइएन् । घर सहित घरभित्र भएका सबै सामाग्री जलेर नष्ट भए ।’

घरधनी घिमिरेका अनुसार घर भित्र भएको पाँच लाख भन्दा बढी नगद, साँढे तीन तोला सुन, तामा, काँसो, कपडा, खाद्यन्न लागयतका सामाग्री जलेर नष्ट हुँदा करिव आधा करोड भन्दा बढीको क्षति भएको छ ।

आगलागी भएको घर भूकम्प प्रतिरोधात्मक भएको र राती सुत्ने तथा विभिन्न सामाग्री भण्डारण गर्नको लागि मात्रै प्रयोग गरिएको घरधनी घिमिरेले बताए । उक्त घरमा हाल सम्म आगो नबालेको र कुनै आगो जन्य बस्तु समेत नराखिएको बताउँदै घिमिरेले कसरी आगो लागेको भन्ने विषयमा आफू जानकार नभएको बताए ।

आगलागीको बारेमा जानकारी प्राप्त हुन साथ आफू घटनास्थलमा पुगेर त्यहाँको बस्तुस्तिथि बुझेर तत्कालको लागि आवश्यक पर्ने पाल लगायतका सामाग्री पठाइएको वडाध्यक्ष नोर्वु शेर्पाले बताए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper