Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

सुकाजोरमा दुई दर्जन युवा नेपाली काँग्रेसमा प्रवेश

संवादाताः हाम्रो प्रहार
कार्तिक १७, २०७८

रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न पार्टी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल सुकाजोर इकाइले मंगलबार आयोजना गरेरको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका पार्टी परित्याग गरी दुई दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

आफूहरु लामो समय देखि पार्टीमा लागेको भएपनि पार्टीले युवाहरुको समस्या बुझ्नुको साटो आफ्नो स्वार्थ पुरा गर्न मात्रै युवाहरुलाई प्रयोग गरेर गलत बाटो तर्फ लैजाने काम भन्दा केही नगरेको भन्दै सुकाजोरका दिल बहादुर मगर, उदय कुमार मगर, राम बहादुर मगर, सुस्मा मगर, सोभित मगर, बिजय मगर, हरि बहादुर मगर, सुर्य बहादुर सुनुवार, यदु कुमार मगर, दिलिप मगर, प्रेम हायु, बिजय मगर, सरोज सारु मगर, गोरख हायु, रामु हायु,  राम कुमार हायु लगायातका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेसमा प्रवेश गरेका युवाहरुलाई नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य गुञ्ज बहादुर कार्की, रामेछाप–७ सुकाजोरका वडाध्यक्ष समिर कार्की लगायतका नेताहरुले स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै काँग्रेस जिल्ला कार्यसमिति सदस्य गुञ्ज बहादुर कार्कीले कम्युनिस्टहरुको भ्रष्ट प्रबृत्ति, जनतालाई झुक्याउने, आफूले पाएको बहुमतको कदर गर्न नसक्ने जस्ता कारणले कम्युनिस्ट प्रति बितृष्णा जाग्दै गएको कारण राजनीति गर्ने युवाहरुको काँग्रेस प्रतिको मोह बढ्दै गएको बताए । अब कम्युनिस्टको भ्रमको खेतीलाई जनताले नपत्याउने र आगामी निर्बाचानमा संघ, प्रदेश र स्थानीय तहमा काँग्रेसले बहुमत ल्याउने दावी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले तरुण युवाहरु अनुशासित, ब्यबसायिक र मर्यादित भएर एकै ठाउँमा बस्न सके विकासमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै युवाहरु अनुशासित, ब्यबसायिक र मर्यादित हुनु पर्ने धारणा राखे ।

सुकाजोरका वडा अध्यक्ष एवं कार्यक्रमका विष्टि अतिथि समिर कार्कीले संघीयता पछि कम्युनिस्ट पार्टी सरकारमा पुगेकै कारण देशमा विकास हुनुको साटो भ्रष्ट्राचार बढ्दै गएको बताए । कम्युनिस्ट पार्टीले जितेको स्थानीय तहमा साँढे चार वर्षको समयमा जनताले महसुस गर्ने कुनै पनि विकास नभएको वडाध्यक्ष कार्कीको दावी रहेको छ । नेपाली काँग्रेसले जितेको ठाउँहरुमा धेरै काम भएको र आगामी निर्वाचनमा काँग्रेसले बहुमतका साथ विजय प्राप्त गरेपछि दीगो विकास हुने वडाध्यक्ष कार्कीको भनाई रहेको छ ।

नेपाल तरुण दल सुकाजोरका इकाई अध्यक्ष गोबिन्द राउतको अध्यक्षतामा भएको कार्यक्रममा, वडा सदस्य बिल बहादुर थापा र शेर बहादुर मगर, तरुण नगर सचिब राम कुमार कार्की, रामेछाप– ७ सुकाजोरका वडा इकाई उपसभापति पेशल कार्की, महेन्द्र मगर, गंगा तामाङ, इन्द्र तामाङ लगायत सयौँ युवाहरुको सहभागिता रहेको थियो ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper