रामेछाप– रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा विभिन्न पार्टी पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल सुकाजोर इकाइले मंगलबार आयोजना गरेरको शुभकामना आदन प्रदान कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका पार्टी परित्याग गरी दुई दर्जन बढी युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
आफूहरु लामो समय देखि पार्टीमा लागेको भएपनि पार्टीले युवाहरुको समस्या बुझ्नुको साटो आफ्नो स्वार्थ पुरा गर्न मात्रै युवाहरुलाई प्रयोग गरेर गलत बाटो तर्फ लैजाने काम भन्दा केही नगरेको भन्दै सुकाजोरका दिल बहादुर मगर, उदय कुमार मगर, राम बहादुर मगर, सुस्मा मगर, सोभित मगर, बिजय मगर, हरि बहादुर मगर, सुर्य बहादुर सुनुवार, यदु कुमार मगर, दिलिप मगर, प्रेम हायु, बिजय मगर, सरोज सारु मगर, गोरख हायु, रामु हायु, राम कुमार हायु लगायातका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेसमा प्रवेश गरेका युवाहरुलाई नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य गुञ्ज बहादुर कार्की, रामेछाप–७ सुकाजोरका वडाध्यक्ष समिर कार्की लगायतका नेताहरुले स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै काँग्रेस जिल्ला कार्यसमिति सदस्य गुञ्ज बहादुर कार्कीले कम्युनिस्टहरुको भ्रष्ट प्रबृत्ति, जनतालाई झुक्याउने, आफूले पाएको बहुमतको कदर गर्न नसक्ने जस्ता कारणले कम्युनिस्ट प्रति बितृष्णा जाग्दै गएको कारण राजनीति गर्ने युवाहरुको काँग्रेस प्रतिको मोह बढ्दै गएको बताए । अब कम्युनिस्टको भ्रमको खेतीलाई जनताले नपत्याउने र आगामी निर्बाचानमा संघ, प्रदेश र स्थानीय तहमा काँग्रेसले बहुमत ल्याउने दावी गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कार्कीले तरुण युवाहरु अनुशासित, ब्यबसायिक र मर्यादित भएर एकै ठाउँमा बस्न सके विकासमा समेत थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै युवाहरु अनुशासित, ब्यबसायिक र मर्यादित हुनु पर्ने धारणा राखे ।
सुकाजोरका वडा अध्यक्ष एवं कार्यक्रमका विष्टि अतिथि समिर कार्कीले संघीयता पछि कम्युनिस्ट पार्टी सरकारमा पुगेकै कारण देशमा विकास हुनुको साटो भ्रष्ट्राचार बढ्दै गएको बताए । कम्युनिस्ट पार्टीले जितेको स्थानीय तहमा साँढे चार वर्षको समयमा जनताले महसुस गर्ने कुनै पनि विकास नभएको वडाध्यक्ष कार्कीको दावी रहेको छ । नेपाली काँग्रेसले जितेको ठाउँहरुमा धेरै काम भएको र आगामी निर्वाचनमा काँग्रेसले बहुमतका साथ विजय प्राप्त गरेपछि दीगो विकास हुने वडाध्यक्ष कार्कीको भनाई रहेको छ ।
नेपाल तरुण दल सुकाजोरका इकाई अध्यक्ष गोबिन्द राउतको अध्यक्षतामा भएको कार्यक्रममा, वडा सदस्य बिल बहादुर थापा र शेर बहादुर मगर, तरुण नगर सचिब राम कुमार कार्की, रामेछाप– ७ सुकाजोरका वडा इकाई उपसभापति पेशल कार्की, महेन्द्र मगर, गंगा तामाङ, इन्द्र तामाङ लगायत सयौँ युवाहरुको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्