Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘आफैलाई ठग्ने प्रवृत्तिले युवाहरु विदेशिनु परेको छ’– नगर प्रमुख बस्नेत

संवादाताः हाम्रो प्रहार
कार्तिक ८, २०७८

रामेछाप– मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफैले आफैलाई ठग्ने प्रवृत्तिले गर्दा युवाहरु विदेशिनु परेको बताएका छन् । मन्थली नगरपालिकाद्वारा आयोजित सुरक्षित बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले स्थानीय सरकार र विभिन्न निकायले वेरोजगार युवाहरुलाई लक्षित गरेर ल्याएका कार्यक्रमबाट दीगो रुपको व्यावसाय गर्छु भन्ने सोच नभई क्षणिक समयका लागि अनुदान लिनको लागि मात्रै लागेकाले युवाहरु विदेशिनु परेको बताएका हुन् ।

युवाहरु विदेशिनुको कारण बताउँदै नगर प्रमुख बस्नेतले भने– ‘हाम्रो नगरमा बेरोजगार युवा लक्षित कार्यक्रमहरु धेरै ल्याएका छौँ । तर लक्षित वर्गलाई ल्याइएको कार्यक्रममा लक्षित वर्गले नै अनुदान लिनको लागि मात्रै प्रयोग गरे । जसले गर्दा आफ्नै गाउँमा भएको अवसरलाई छोडेर युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।’

विदेश गएर कमाउने पैसा नेपालमै कमाउने धेरै अवसर हुँदा–हुँदै पनि आफ्नो देशमा आफूसँग भएको सीपको प्रयोग गरेर श्रम नगर्ने प्रवृत्तिले पनि गाउँघरमा युवाहरु नभेटिने अवस्था रहेको नगर प्रमुख बस्नेतको भनाई रहेको छ ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुले आफूसँग भएको सीपको प्रयोग गरेर नगर भित्र विभिन्न व्यावसाय गर्दै आएकाले त्यस्ता व्यक्तिहरुलाई नगरपालिकाले सहयोग गर्दै आएको बताउँदै नगर प्रमुख बस्नेतले विदेश जान लागेका युवाहरुले पनि त्यस्ता व्यावसायिबाट सिकेर आफ्नै गाउँमा रोजगारी गर्नु पर्नेमा जोड दिए ।

नगर भित्र वैदेशिक रोजगारीको अवस्था कस्तो छ ?, बैदेशिक रोजगारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ ?, विदेशबाट फर्केका व्यक्तिहरुको सीपलाई प्रयोग गरेर नगपालिकामा भएको बेरोजगारीलाई कसरी कम गर्न सकिन्छ लगायतका विषय बस्तु समेटिएको बैदेशिक रोजगार सम्बन्धी छुट्टै नगर प्रोफाइल तयार भइरहेकाले आगामी दिनमा त्यसै प्रोफाइललाई आधर मानेर वैदेशिक रोजगारी सम्बन्धी काम गरिने नगर प्रमुख बस्नेतले बताए ।

स्वीस सरकारको आर्थिक सहयोगमा २०७१ साल देखि संचालन भएको सुरक्षित आप्रवासन परियोजना (सामी) २०७५ साल देखि रामेछापका ४ स्थानीय तह (मन्थली नगरपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापति गाउँपालिका) ले संचालन गर्दै आएका छन् ।

रामेछाप जिल्लाबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा जानेको संख्या ४४ हजार भन्दा बढी रहेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper