Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

उमेरले युवा हैन, काम र परिणामले युवाको अनुभुति गराउँछुः सचिव खड्का

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०७८

रामेछाप– नेपाली कांग्रेस रामेछापका सचिव दिपक खड्काले आफ्नो कार्यकालमा गरिने कामको परिणाममा युवाको अनुभुति दिलाउने बताएका छन् । नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिका–५ नामाडीले आइतबार आयोजना गरेको दशै तिहारको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित सचिव खड्काले आफ्नो कार्यकालमा उमेरले युवा नभई काम र परिणामले युवाको अनुभुति दिलाउने बताएका हुन् ।

सचिव खड्काले आफ्नो भनाई राख्दै भने– ‘अहिले म उमेरले युवा अवस्थामै छु । उमेरले मात्रै युवा भएर हुँदैन मैले गर्ने काममा युवाको अनुभुति झल्किनु प¥यो त्यसको लागि मैले आफूसँग भएको युवा जोस र जाँगरलाई पार्टीको काममा खर्च गर्छु । १४ औँ अधिवेशनमा रामेछाप काँग्रेसमा धेरै युवाहरुले विभिन्न जिम्मेवारीका साथ पार्टीमा सहभागिता देखाएका छन् । त्यो सभागिताले पनि पार्टीमा युवाको आवश्यकता रहेको पुष्टि गरेको छ । अबको पाँच वर्षे कार्यकालमा उमेरले युवा हैन कामले युवाको अनुभुति गराउने प्रयास गर्नेछु ।’

स्थानीयत तहको निर्वाचन हुने समय नजिक आइसकेकाले यस अघि काँग्रेसले जितेका पालिका र वडा सहित विभिन्न कारणले पराजित हुनु परेको पालिका र वडामा काँग्रेसलाई जिताउने अभियानमा सिंगो पार्टी जुट्ने पनि खड्काले बताए । 

गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा सभापति भरत बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले सबै कांग्रेसीजनमा दुर्गामाताले एकताको शक्ती दिने विश्वास ब्यक्त गरे । नेपाली कांग्रेस रामेछाप प्रदेश सभा (क) का सचिब कुलराज सुनुवार, नेपाली काँग्रेस गोकुलगंगा गाउँपालिकाका सचिब कैलाश सुनुवार र सह सचिब सुमन खड्का लगायतले आ–आफ्नो धारणा राख्दै पार्टीमा आफ्नो जिम्मेवारी अनुसारको कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नामाडीबाट निर्वाचित जिल्ला सचिव, प्रदेश सभा सचिव, गोकुलगंगा गाउँपालिकाको सचिव लगायतलाई वडा कार्यसमितिले बधाई ज्ञापन गर्दै सम्मान गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकताले एक आपसमा दशै तथा तिहारको शुभकामना आदन प्रदान गरेका थिए ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper