Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगामा श्रृंखलाबद्ध चोरीः चार सहकारी, चार विद्यालय र दश भन्दा बढी व्यवसायिक पसलमा तोडफोड

संवादाताः हाम्रो प्रहार
भदौ ४, २०७८

रामेछाप– गोकुलगंगा गाउँपालिकामा साउन १४ गते यता श्रृंखलाबद्ध चोरीका घटना भएका छन् । साउन १४ गते देखि भदौ ३ गते सम्मको समय अवधिमा गाउँपालिकाको वडा नं १ देखि वडा नं ६ सम्ममा चार सहकारी, चार विद्यालय, सुन पसल, बेकरी उद्योग, स्टेशनरी पसल, व्युटी पार्लर लगायतका ठाउँहरुमा श्रृंखलाबद्ध चोरी भएको छ ।

साउन १४– साउन १४ गते गोकुलगंगाको वडा नं ४ मा रहेको बेताली सहकारी तोडफोड गरी सहकारीको घर्रामा रहेको केही नगद हराएको थियो । रातको समयमा सहकारीको ढोका फोडेर त्यहाँ भित्र पैसा राख्ने सेफ फुटाउन प्रयास गरिएको भएपनि सेफ फुटाउन नसक्दा सेफ भित्र रहेको पैसा जोगिएको र सहकारीको अन्य तीन ओटा काउन्टर तोडफोड गरी त्यहाँ रहेको करिव ८ हजार पैसा चोरीमा संलग्न व्यक्तिले लगेको वडा नं ४ का वडा सदस्य सिताराम कार्कीले बताए ।

साउन १५–  साउन १५ गते गोकुलगंगाको वडा नं मा रहेको गर्जाङ सहकारीमा पनि चोरीको प्रयास भएको बताइएको छ । सहकारीबाट पैसा लाने उद्देश्यले तोडफोड गरेर त्यहाँ भएका सामग्रीमा क्षति पुर्‍याएको भएपनि गर्जाङ सहकारीबाट पैसा भने चोरीमा संलग्न व्यक्तिले नलगको बताइएको छ ।

भदौ २– लगतार दुई दिन दुई सहकारीमा चोरी भएको २१ दिन पछि भदौ २ गते राती गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा दुई विद्यालय र व्यक्तिको व्यवसायिक उद्योग तथा पसलहरुमा चोरी भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको रस्नालुको गोकुगंगा माविबाट पनि ६० हजार नगद चोरी गरी त्यहाँ रहेका ४ ओटा स्टीलको दारज किच्याएर कामै नलाग्ने बनाएको वडाध्यक्ष नरबिक्रम कार्कील बताए । त्यस्तै अर्को भिम आधारभूत विद्यालय पनि तोडफोड गरिएको अवस्थामा भेटिएको उनले बताए । २ गते राती नै रस्नालुमा एक बेकरी उद्योग तोडफोड गरी त्यहँ रहेको करिव ३० हजार र व्युटी पार्लर तोडफोड गरी त्यहाँ रहेको २४ हजार नगद चोरी भएको पनि वडाध्यक्ष कार्कीले बताएका छन् । कार्कीका अनुसार विद्यालय, बेकरी उद्योग, व्युटी पार्लर, स्टेशनरी पसल, सुन पसल गरी र अन्य विभिन्न पसल गरी एकै रातमा दश ठाउँमा तोडफोड गरेर चोरी हुँदा एक लाख भन्दा बढी नगद हराएको छ भने लाखौको भौतिक क्षति भएको छ ।

भदौ ३–  रस्नालुको विभिन्न व्यवसायिक पसलहरुमा चोरी भएको भोलीपल्ट अर्थात भदौ ३ गते राती गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको दुई विद्यालय र स्वास्थ्यकर्मी बसेको कोठामा तोडफोड भएको छ । मावि फर्पु र भारती आधारभूत विद्यालयमा तोडफोड गरी त्यहाँ भएका महत्वपूर्ण कागजपत्र लगेर खोलामा फालिएको अवस्थामा भेटिएको वडाध्यक्ष चन्द्र सुनुवारले बताए । सुनुवारका अनुसार विद्यालयमा भएका कम्प्युटर र अन्य सामग्रीमा समेत क्षति पुर्‍याइएको छ । त्यस्तै फर्पुको स्वास्थ्य इन्चार्ज बस्ने कोठाको साँचो फोडेर नगद ३० हजार लगेको र व्यक्तिगत कागजपत्र सबै खोलामा लगेर फालिएको अवस्थामा भेटिएको वडाध्यक्ष चन्द्र सुनुवारले बताएका छन् ।

आधा महिना देखि श्रृंखलाबद्ध रुपमा भइरहेका सबै चोरीको घटनालाई हेर्दा ठूलो समूहको गिरोहनै सक्रिय रहेको र धेरै कुराको जानकारी भएको व्यक्तिहरुको समूह हुन सक्ने जनप्रतिनिधिहरुले दावी गरेका छन् । २१ दिनको अवधिमा सार्वजनिक स्थाल विद्यालय, सहकारी र व्यक्तिको व्यवसायिक उद्योग एवं पसलमा एकै प्रकृतिबाट चोरी हुदाँ गाउँलेहरुमा थप त्रास बढेको वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए । बेतालीमा रहेको स्थायी प्रहरी चौकीलाई अस्थाई प्रहरी चौकी बनाइएको र त्यसैको कारण यस क्षत्रमा प्रहरीको संख्या समेत कम हुदाँ चोरीका घटना बृद्धि हुँदै गएको वडा नं ४ का वडासदस्य सिताराम कार्कीले बताए । अस्थाई प्रहरी चौकीलाई पुनः स्थायी गरी जनशक्ती थप गरेर नागरिकको शान्ती सुरक्षामा प्रहरीले चासो देखाउनु पर्ने उनको भनाई रहेको छ ।

अनुसन्धन भइरहेको छः प्रहरी

गोकुलगंगामा भएका श्रंखलाबद्ध घटनाहरुको अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले बताए । चोरी भएको सूचना पाउन साथ चोरी भएको स्थानमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा बुझेर चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रवक्ताले बताए ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper