Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गोकुलगंगामा श्रृंखलाबद्ध चोरीः चार सहकारी, चार विद्यालय र दश भन्दा बढी व्यवसायिक पसलमा तोडफोड

संवादाताः हाम्रो प्रहार
भदौ ४, २०७८

रामेछाप– गोकुलगंगा गाउँपालिकामा साउन १४ गते यता श्रृंखलाबद्ध चोरीका घटना भएका छन् । साउन १४ गते देखि भदौ ३ गते सम्मको समय अवधिमा गाउँपालिकाको वडा नं १ देखि वडा नं ६ सम्ममा चार सहकारी, चार विद्यालय, सुन पसल, बेकरी उद्योग, स्टेशनरी पसल, व्युटी पार्लर लगायतका ठाउँहरुमा श्रृंखलाबद्ध चोरी भएको छ ।

साउन १४– साउन १४ गते गोकुलगंगाको वडा नं ४ मा रहेको बेताली सहकारी तोडफोड गरी सहकारीको घर्रामा रहेको केही नगद हराएको थियो । रातको समयमा सहकारीको ढोका फोडेर त्यहाँ भित्र पैसा राख्ने सेफ फुटाउन प्रयास गरिएको भएपनि सेफ फुटाउन नसक्दा सेफ भित्र रहेको पैसा जोगिएको र सहकारीको अन्य तीन ओटा काउन्टर तोडफोड गरी त्यहाँ रहेको करिव ८ हजार पैसा चोरीमा संलग्न व्यक्तिले लगेको वडा नं ४ का वडा सदस्य सिताराम कार्कीले बताए ।

साउन १५–  साउन १५ गते गोकुलगंगाको वडा नं मा रहेको गर्जाङ सहकारीमा पनि चोरीको प्रयास भएको बताइएको छ । सहकारीबाट पैसा लाने उद्देश्यले तोडफोड गरेर त्यहाँ भएका सामग्रीमा क्षति पुर्‍याएको भएपनि गर्जाङ सहकारीबाट पैसा भने चोरीमा संलग्न व्यक्तिले नलगको बताइएको छ ।

भदौ २– लगतार दुई दिन दुई सहकारीमा चोरी भएको २१ दिन पछि भदौ २ गते राती गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुमा दुई विद्यालय र व्यक्तिको व्यवसायिक उद्योग तथा पसलहरुमा चोरी भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको रस्नालुको गोकुगंगा माविबाट पनि ६० हजार नगद चोरी गरी त्यहाँ रहेका ४ ओटा स्टीलको दारज किच्याएर कामै नलाग्ने बनाएको वडाध्यक्ष नरबिक्रम कार्कील बताए । त्यस्तै अर्को भिम आधारभूत विद्यालय पनि तोडफोड गरिएको अवस्थामा भेटिएको उनले बताए । २ गते राती नै रस्नालुमा एक बेकरी उद्योग तोडफोड गरी त्यहँ रहेको करिव ३० हजार र व्युटी पार्लर तोडफोड गरी त्यहाँ रहेको २४ हजार नगद चोरी भएको पनि वडाध्यक्ष कार्कीले बताएका छन् । कार्कीका अनुसार विद्यालय, बेकरी उद्योग, व्युटी पार्लर, स्टेशनरी पसल, सुन पसल गरी र अन्य विभिन्न पसल गरी एकै रातमा दश ठाउँमा तोडफोड गरेर चोरी हुँदा एक लाख भन्दा बढी नगद हराएको छ भने लाखौको भौतिक क्षति भएको छ ।

भदौ ३–  रस्नालुको विभिन्न व्यवसायिक पसलहरुमा चोरी भएको भोलीपल्ट अर्थात भदौ ३ गते राती गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको दुई विद्यालय र स्वास्थ्यकर्मी बसेको कोठामा तोडफोड भएको छ । मावि फर्पु र भारती आधारभूत विद्यालयमा तोडफोड गरी त्यहाँ भएका महत्वपूर्ण कागजपत्र लगेर खोलामा फालिएको अवस्थामा भेटिएको वडाध्यक्ष चन्द्र सुनुवारले बताए । सुनुवारका अनुसार विद्यालयमा भएका कम्प्युटर र अन्य सामग्रीमा समेत क्षति पुर्‍याइएको छ । त्यस्तै फर्पुको स्वास्थ्य इन्चार्ज बस्ने कोठाको साँचो फोडेर नगद ३० हजार लगेको र व्यक्तिगत कागजपत्र सबै खोलामा लगेर फालिएको अवस्थामा भेटिएको वडाध्यक्ष चन्द्र सुनुवारले बताएका छन् ।

आधा महिना देखि श्रृंखलाबद्ध रुपमा भइरहेका सबै चोरीको घटनालाई हेर्दा ठूलो समूहको गिरोहनै सक्रिय रहेको र धेरै कुराको जानकारी भएको व्यक्तिहरुको समूह हुन सक्ने जनप्रतिनिधिहरुले दावी गरेका छन् । २१ दिनको अवधिमा सार्वजनिक स्थाल विद्यालय, सहकारी र व्यक्तिको व्यवसायिक उद्योग एवं पसलमा एकै प्रकृतिबाट चोरी हुदाँ गाउँलेहरुमा थप त्रास बढेको वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए । बेतालीमा रहेको स्थायी प्रहरी चौकीलाई अस्थाई प्रहरी चौकी बनाइएको र त्यसैको कारण यस क्षत्रमा प्रहरीको संख्या समेत कम हुदाँ चोरीका घटना बृद्धि हुँदै गएको वडा नं ४ का वडासदस्य सिताराम कार्कीले बताए । अस्थाई प्रहरी चौकीलाई पुनः स्थायी गरी जनशक्ती थप गरेर नागरिकको शान्ती सुरक्षामा प्रहरीले चासो देखाउनु पर्ने उनको भनाई रहेको छ ।

अनुसन्धन भइरहेको छः प्रहरी

गोकुलगंगामा भएका श्रंखलाबद्ध घटनाहरुको अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले बताए । चोरी भएको सूचना पाउन साथ चोरी भएको स्थानमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा बुझेर चोरीमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रवक्ताले बताए ।

Related Posts

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान
समाचार

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान

संवादाताः कैलाश खत्री
असार २७, २०८२
0

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक...

पुरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना
समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’
समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper