Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार–२०७८’ बाट पत्रकार युवारज श्रेष्ठ पुरस्कृत

संवादाताः हाम्रो प्रहार
साउन २८, २०७८

रामेछाप– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा (फोनिज) रामेछापले पत्रकार युवराज श्रेष्ठलाई पुरस्कार सहित सम्मान गरेको छ । फोनिज रामेछापले गत वर्ष स्थापना गरेको ‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार’ बाट यो वर्ष पाँच हजार नगद पुरस्कार सहित सम्मान गरेको हो ।

फोनिजको २२ औँ स्थापना दिवसको अवसरमा बुधबार खाँडादेवी गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी फोनिज बागमती प्रदेशका उपाध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठलाई खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले संयुक्त रुपमा नगद पुरस्कारको साथमा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

पत्रकारिताको माध्यमबाट जनजाती समुदायको उत्थान एवं समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको मूल्यांकन गर्दै श्रेष्ठलाई ‘उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार–२०७८’ प्रदान गरिएको आयोजक संस्थाले बताएको छ ।

सम्मान कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङले समाज परिवर्तनको लागि पत्रकारहरुले खोजमूलक सामाग्रीलाई बढी प्राथमिकता दिनु पर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष मखमली श्रेष्ठले पत्रकारहरुले समाजमा भएका हरेक कुरालाई विश्लेषण गरेर मात्र समाचार लेख्दा नागरिकहरु सुसूचित हुने र पत्रकारप्रति आम पाठकको विश्वास बढ्ने बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले फोनिजले प्रत्येक वर्ष एक जना पत्रकारलाई प्रदान गर्ने उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारले पत्रकारहरुलाई क्रियासिल र आफ्नो पेशा प्रति जिम्मेवार बनाउने धारणा राखे ।

फोनिज रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, प्रेस चौतारी नेपल रामेछापका अध्यक्ष युनिक विफा घिसिङ, प्रेस सेन्टर रामेछापका संयोजक निरोज श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार महासंघ नेपाल रामेछापका अध्यक्ष लेख बहादुर विक लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।

पत्रकार सुमित श्रेष्ठको सहयोगमा अघिल्लो वर्ष स्थापना भएको अक्षयकोष मार्फत प्रत्येक वर्ष एक जना आदिवासी जनजाति पत्रकारलाई उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

यस वर्ष पुरस्कृत हुने पत्रकार श्रेष्ठलाई श्रेष्ठ विगत १५ वर्ष देखी पत्रकारीता पेशामै क्रियासील छन् । हाल श्रेष्ठ पत्रकार महासंघ रामेछाप शाखाका कोषाध्यक्ष रहेका छन् भने न्युज २४ टेलिभिजनका जिल्ला सम्बाददाता, झंकार एफ एम ९७.५ मेगाहर्ज स्टेशन म्यानेजर र मेरोप्रदेश डट.कमका प्रबन्ध निर्देशक समेत हुन् ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper