Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिद्वारा स्वास्थ्य सामग्री वितरण

संवादाताः हाम्रो प्रहार
जेष्ठ १४, २०७८

रामेछाप– नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिले पालिकाका सबै वडामा व्यक्तिगत स्वास्थ्य सुरक्षका सामग्री, मेडिकल उपकरण र औषधि वितरण गरेको छ । समितिले गाउँपालिकासँग समन्वय गरी सबै वडालाई पुग्ने गरी २० हजार थान सर्जिकल माक्स, २ सय लिटर स्यानीटाइजर, ३० थान पिपिई, १५ थान थर्मल गन, १५ थान थर्मोमिटर, १५ थान फेससिल,  १४ थान अक्सिमिटर र सात प्याकेट सिटामोल वितरण गरिएको समितिले बताएको छ ।

पालिकाको गाउँगाउँमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि संक्रमण रोक्नको लागि समितिको पहलमा पालिकाका सबै वडाको नेपाली काँग्रेस निकट व्यक्तिहरुबाट रकम उठाएर करिव पाँच लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको नेपाली काँग्रेस लिखुतामाकोशी–काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष सुवाश दाहालले बताए । “कोरोना महामारीले गाउँ नै तहस नहस बनाउन लागी सक्यो यस्तो बेला हामी सबै मिलेर कुनै स्वार्थ नराखी कोरोना रोक्न लाग्नु पर्छ, अध्यक्ष दाहालले भने, देशभरी नै स्वास्थ्य सामग्री अभाव भइरहेको बेला हामीले विभिन्न माध्यमबाट यि सामग्री जुटाएर सहयोग गरेका हौँ ।”

समितिले दिएका माक्स पालिकाका ७ ओटै वडाका आम नागरिकलाई समेत पुग्ने गरी वडा कार्यालय मार्फत सामग्री दिएको उनले बताए । समितिले दिएका सामग्रीलाई उचित रुपमा प्रयोग गर्न आग्रह गर्दै आध्यक्ष दाहालले कोरोना संक्रमणबाट बच्न सबैले स्वास्थ्य सुरक्षका मापदण्डलाई पूर्ण पालना गर्नु पर्नेमा जोड दिए ।

लिखुतामाकोशी गाउँपालिकामा दोस्रो लहरको सुरु देखि हाल सम्म ६५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Related Posts

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन
समाचार

सहिदहरूको सम्झनामा रामेछापमा दिप प्रज्वलन

संवादाताः हाम्रो प्रहार
माघ १६, २०८२
0

रामेछाप- देशका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरण गर्दै रामेछाप जेसिजले दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।...

पुरा पढ्नुहोस्
रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा
समाचार

रामेछापको विकासमा काँग्रेसको ऐतिहासिक योगदान छ- उपसभापति शर्मा

संवादाताः हाम्रो प्रहार
माघ १५, २०८२
0

काठमाण्डौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रामेछाप जिल्लाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा भएको विकासमा नेपाली कांग्रेसको ऐतिहासिक...

पुरा पढ्नुहोस्
‘सत्ताभन्दा निष्ठा ठूलो हो, रामेछापको रूपान्तरणका लागि संसदमा जान लागेको हुँ’- खड्का
समाचार

‘सत्ताभन्दा निष्ठा ठूलो हो, रामेछापको रूपान्तरणका लागि संसदमा जान लागेको हुँ’- खड्का

संवादाताः रामचन्द्र वि.क.
माघ १४, २०८२
0

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रामेछापबाट उम्मेदवार बनेका रामचन्द्र खड्कासँग हाम्रो प्रहार डटकमका प्रधान...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper