Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्ड गाउँपालिकामा आलु उत्पादन गर्ने किसानलाई नै आलु चिप्स बनाउने तालिम

संवादाताः हाम्रो प्रहार
चैत्र ४, २०७७

रामेछाप– उमाकुण्ड गाउँपालिकाले गाउँमै ८० जना उद्यमी उत्दान गर्ने कार्यक्रम अन्तरगत ७ जना किसानलाई आलु चिप्स बनाउने तालिम दिएको छ । गाउँपालिकाले गरिवी निवरणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँपालिकाको वडा नं ४ मैदानेका ७ जनालाई गाउँमै उत्पादन भएको आलुबाट आलु चिप्स बनाउने तलिम दिएको हो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा ग्रामिण विजनेश प्रमोशन प्रा.लिको प्राविधिक सहयोगमा संचालित तालिमबाट चिप्स बनाउने, प्याकिङ गर्ने, बजार सम्म लैजाने लगायतका विषयमा सहभागीहरुले तालिम लिएका छन् ।

७ दिन सम्म संचालन भएको तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीले व्यवसायिक रुपमा उद्यम गर्न चहानेहरुका लागि तालिमले व्यवसाय गर्न मद्दत पुग्ने बताइन् । आलु जोन लागु भएको क्षेत्रमा आलु चिप्स बनाउने तालिमले किसानलाई थप व्यवसायिक बनाउने उपाध्यक्ष कार्कीको भनाई रहेको छ । तालिम व्यवहारिक भएकाले स्थानीयको आर्थिक उन्नतीमा थप सहयोग पुग्ने उनले बताइन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी उपाध्यक्ष कार्कीले तालिम लिएकाले उद्योग स्थापना गर्ने गरी व्यवसाय सुरु गरे गाउँपालिकाले आर्थिक, भौतिक लगायतका सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

उमाकुण्ड गाउँपालिकामा चक्ला बन्दीमा आलु खेतीको सुरुवात भएसँगै आलुबाट आलु चिप्स बनाउने तालिमले यहाँ उत्पादन हुने आलुको समेत सदुपयोग हुने उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदीले बताए । गाउँपालिकाले आलु चिप्स बनाउन आवश्यक पर्ने प्रविधि समेत आवश्यकता अनुसार सहयोग गर्ने सुवेदीले बताए ।

गाउँपालिकाले यस अघि फलफूलबाट जुस र क्याण्डी बनाउनको लागि ९ जना, सिस्नुबाट पौडर बनाउनको लागि १५ जना, डेरी र बेकरी तालिमबाट दुध तथा दुधजन्य बस्तु उत्पादन गर्न गर्न १३ जनालाई तालिम दिइसकेको गाउँपालिकाका वरिष्ठ उद्यम विकास सहजकर्ता रन बहादुर कार्कीले बताए । लघु उद्यमको मर्म र भावना अनुसार स्थानीय स्तरमै पाइने कच्चा पदार्थ प्रयोग गर्दै संचालन गरिएको तालिम प्रभावकारी हुने दावी गरे ।

८० जना नयाँ उद्यमी उत्पादन गर्ने गरी सुरु गरिएको तालिममा कृषि र पशुपालनको तालिम बाँकी रहेको र त्यसलाई पनि चाँडै सुरु गरिने ग्रामिण विजनेश प्रमोशन प्रालिका सहजकर्ता यसोदा अधिकारीले बताइन् ।

कार्यक्रम उमाकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष मान बहादुर सुनुवारको अध्यक्षतामा मंगलबार सम्पन्न भएको हो ।

Related Posts

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
समाचार

रामेछापका तीन महाधिवेशन प्रतिनिधिले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

संवादाताः हाम्रो प्रहार
अशोज १८, २०८३
0

रामेछाप- रामेछापका तीन महाधिवेशन प्रतिनिधिले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रामेछापबाट महाधिवेशन प्रतिनिधि जितेर केन्द्रीय...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित
समाचार

उज्यालो नेपाल पार्टी रामेछापको अध्यक्षमा चिना लामा निर्वाचित

संवादाताः रामचन्द्र वि.क.
अशोज १८, २०८३
0

रामेछाप- उज्यालो नेपाली पार्टी रामेछापको जिल्ला कार्य समिति चिना लामाको नेतृत्वमा चयन भएको छ । शुक्रवार सदरमुकाम मन्थलीमा सम्पन्न प्रथम...

पुरा पढ्नुहोस्
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी
समाचार

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी

संवादाताः रामचन्द्र वि.क.
अशोज १७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘ख’ क्षेत्रीय सभापतिमा रामकृष्ण ढुंगेल विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार टासी लामालाई...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper