Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

लोकदोहोरी दिवसको अवसरमा कलकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण

संवादाताः हाम्रो प्रहार
चैत्र २, २०७७

दुर्गा भुजेल/ काठमाडौं- लोकदोहोरी दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यसमितिले स्वास्थ्य सेवासहित लोकदोहोरी दिवस मनाएको छ । प्रतिष्ठानको आयोजनामा शनिबार केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखिएको थियो । बसुन्धरास्थित चिरायु नेशनल हस्पिटलको सहयोगमा निःशुल्क नाक, कान, घाँटी, परीक्षण सँगै रक्तदान समेत गरिएको छ ।

लोकदोहोरी दिवस मनाउने क्रममा सामाजिक कार्य गर्न पाउनु सबैभन्दा उत्तम भएको कार्यक्रमका सहसंयोजक तथा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्माले जानकारी दिए । शर्माका अनुसार ११६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
लोकदोहोरी क्षेत्रमा क्रियाशील कलाकारको स्वास्थ्य परीक्षण गराउन लोकदोहोरी दिवस एउटा महत्वपूर्ण अवसरमा भएको प्रतिष्ठानका केन्द्रीय महासचिव सुबास केसिले बताए । कार्यक्रममा स्वास्थ्य परीक्षण गराउने कलाकारको राम्रो उपस्थिति रहेको र सबैको सहयोगले कार्यक्रम सम्पन्न भएको केसीले जानकारी दिए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पूर्व अध्यक्ष दुर्गा रायमाझीले कलाकारको स्वस्थ्य परीक्षण गराउन पाउनुले लोकदोहोरी दिवस अर्थपूर्ण बनेको बताए । उनले कलाकारहरुको स्वास्थ्यमा ध्यान दिँदै निःशुल्क स्वास्थ्य परीक्षण गराउने कार्यले समाजिक उत्तरदायित्वप्रति प्रतिष्ठान अग्रसर रहेकोमा खुशी व्यक्त गरे ।

‘स्वस्थ जीवनका लागि स्वस्थ संगीत’ भन्ने आदर्शका साथ लोक दोहोरी दिवस २०७७ को शुभ अवसरमा प्रदेश जिल्ला र विदेश शाखाहरुले भव्य रुपमा कार्यक्रमहरु आयोजना गरिएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए । केन्द्रीय कार्यालयमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सहयोग पुयाउने सम्पूर्ण सहयोगी कलाकार एवं स्वास्थ्यकर्मीलाई हार्दिक आभार प्रकट गर्दै अध्यक्ष बिजीले सहयोगको लागि चिरायु नेशनल हस्पिटलको सहयोग अनुतलनीय रहेको बताए । अध्यक्ष बिजीले प्रमुख आतिथ्यताको लागि आदरणीय दुर्गा रायमाझीज्यु र विशेष उपस्थितीको लागी निवर्तमान अध्यक्ष बद्री पंगेनी लगायतलाई विशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो । त्यस्तै चिरायु नेशनल हस्पिटल र लोकदोहोरी गीत प्रतिष्ठान नेपालको आगामी दिनमा पनि कलाकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने र उपचारमा प्रतिष्ठानको परिचयपत्रका आधारमा केहि प्रतिशत छुट दिने सहमति भएको चिरायु नेशनल हस्पिटलका बिजनेस डेप्लोमेन्ट मेनेजर हिमाल बहादुर रानाले जानकारी दिए ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper