Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home प्रहरी–प्रशासन

रामेछापमा ट्राफिक व्यवस्थापन राम्रो बन्दैः ८ महिनामा करोड बढी राजस्व संकलन, दुर्घना न्यूनिकण

संवादाताः हाम्रो प्रहार
फाल्गुन २८, २०७७

रामेछाप– रामेछापमा ट्राफिक कारबाहीमा ८ महिनाको अवधीमा एक करोड भन्दा बढी राजस्व संकलन भएको छ । चालु अर्थिक वर्षको साउन महिना देखि फागुन महिनाको अन्तिम सम्मको अवधिमा १ करोड ८ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापले बताएको छ ।

विभिन्न जिल्लाबाट रामेछाप भित्रने, रामेछाप जिल्लाबाट बाह्य जिल्लामा जाने र रामेछाप जिल्ला भित्रै चल्ने सवारीका साधन तथा ढुवानीका साधनलाई ट्राफिक नियम उलंघन गर्दा गरिने कारबाहीबाट उक्त रकम उठेको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले बताए । ८ महिनाको अवधिमा दश हजार ९ सय सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको पाण्डेले बताए । उनका अनुसार लाइसेन्स नभएका मोटरसाइकल र ट्याक्टर बढी कारबाहीमा परेका छन् ।

यात्रु र चालकको सुरक्षाको लागि नियम उलंघन गर्ने ढुवानी तथा सवारीका साधनलाई गरिएको कारबाहीबाट अघिल्ला वर्षको तुलनामा यो वर्ष दुर्घटना निकै कम भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज ढुंगनाले बताए । प्रनाउ ढुंगनाले भने– ‘जिल्लामा सडक बिस्तार भएसँगै सवारीका साधन र ढुवानीका साधन धेरै चल्न थालेका छन् । त्यसरी चल्ने दुबै साधनमा चालकहरुले लापरवाही गर्दा मानिसको ज्यानै जान सक्ने हुँदा हामीले ट्राफिक नियममा कडाई गरेकै कारण दुर्घटनाहरु पनि कम भएका छन् । त्यस्तै मापासे गरेर सवारी र ढुवानीका साधन चलाउने दर घटेको छ भने चालकहरुमा हाम्रै कारणले दुर्घटना बढी हुने रैछ भन्ने कुराको समेत जानकारी भएर नियम पालना गर्ने सोचको विकास भएको छ । राजस्व धेरै उठ्यो भन्ने भन्दा पनि गल्ती गर्नेले कारवाही भोग्यो भन्ने महत्वपूर्ण कुरा हो । तसर्थ हामी जिल्लाको ट्राफिक व्यस्थापनलाई थप सुरक्षित बनाउने अभियानमा सधै रहेका छौँ ।’

करिव ११ हजारको हाराहारीमा कारवाहीमा परेका सवारीका साधान र ढुवानीका साधन चलाउने चालकले अहिले नियमलाई पालना गर्नुको साथै लाइसेन्स देखि आवश्यक सबै कागजपत्र बोक्न थालेको ट्राफिक प्रमुख पाण्डेले बताए ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper