Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापका ६ स्थानीय तहमा नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा सम्पन्न

संवादाताः हाम्रो प्रहार
माघ २४, २०७७

रामेछाप– रामेछापको ६ स्थानीयत तहमा नेपाल शिक्षक संघको स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ । स्थानीय तहमा भएका पालिका स्तरीय नेपाल शिक्षक संघले शनिबार जिल्लाको उमाकुण्ड र लिखुतामाकोशी गाउँपालिका बाहेक दुई नगरपालिका र चार गाउँपालिकामा तेस्रो स्थानीय प्रतिनिधिसभा सम्पन्न गरेका हुन् ।

‘‘केन्द्रीय निर्देशन अनुसार हामीले पनि एकै समयमा ६ स्थानीय तहमा स्थानीय प्रतिनिधि सभा सम्पन्न गरेका छौ, नेपाल सिक्षक संघ रामेछापका सचिब अर्जुन बहादुर श्रेष्ठले भने,‘मौसम लगायत विभिन्न कारणले गर्दा उमाकुण्ड र लिखुतामाकोशी गाउँपालिकामा भने गर्न सकेनौँ । त्यहाँ पनि फागुन १ गते गर्ने मिति तय भएको छ ।’’

नेपाल शिक्षक संघले गरेका वर्षभरीका कामको समिक्षा र आगामी वर्षका लागि गरिने विभिन्न कामको योजना बनाउँदै प्रतिनिधिसभा सम्पन्न गरिएको सचिब श्रेष्ठले बताए ।

सचिब श्रेष्ठका अनुसार मन्थली नगरपालिकामा नेपाल शिक्षक संघ मन्थलीका नगर अध्यक्ष बुद्धीराज फुयालको अध्यक्षता तथा शिक्षक संघ रामेछापका जिल्ला अध्यक्ष नवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । त्यस्तै रामेछाप नगरपालिकामा नेपाल शिक्षक संघ रामेछापका नगर अध्यक्ष रुद्र बहादुर खत्रीको अध्यक्षता तथा नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी खाँडादेवी गाउँपालिकामा शिक्षक संघका पालिका अध्यक्ष पदम बहादुर मानन्धरको अध्यक्षता तथा डा. सुमन कर्माचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ भने  सुनापतिमा शिक्षक संघका पालिका अध्यक्ष ज्ञानेन्द्र बहादुर मोक्तानको अध्यक्षता तथा शिक्षक संघ रामेछापका सचिव अर्जुन बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता कार्यक्रम भएको छ ।

दोरम्बामा शिक्षक संघका पालिका अध्यक्ष निर बहादुर थापामगरको अध्यक्षता तथा शिक्षक संघ रामेछापका उपाध्यक्ष कविन्द्र तामाङको प्रमुख आतिथ्यतामा र गोकुलगंगामा शिक्षक संघका पालिका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षता तथा नेपाल सिक्षक संघ रामेछापका सहसचिवको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिनिधि सभामा पालिका स्तरमा काम गरीरहेका शिक्षकहरुले भोग्दै आएका समस्या र त्यसको समधानको विषयमा समेत छलफल भएको बताइएको छ ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper