Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

संसद विघटन विरुद्ध काँग्रेसका १३ सुभेच्छुक संस्थाको विरोध प्रर्दशन

संवादाताः हाम्रो प्रहार
माघ २४, २०७७

रामेछाप– प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस रामेछापका सुभेच्छुक संस्थाहरुले विरोध प्रर्दशन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको भन्दै संसद पुनस्थापनाको माग सहित नेपाली काँग्रेस रामेछापका १३ सुभेच्छुक संस्थाहरुले संयुक्त रुपमा शनिबार बिहान प्रधानमन्त्रीको कदम विरुद्ध र्‍यालीको आयोजना गर्दै विरोध प्रर्दशन गरेका हुन् ।

प्रतिनिधिसभा पूर्नवहाली गर, सर्वसत्ताबाद मुर्दावाद, पेशाकर्मीलाई बनायो आहात– महामारीमा पनि दिएन राहत, वर्तमान सरकारको उपहार–महगी कुशासन भ्रष्टाचार जस्ता नारा लेखिएका प्लेकार्ड सहित मन्थलीको वीपीचोकबाट निस्केको र्‍यालीले मन्थली बजार परिक्रमा गरी नेपाल शिक्षक संघको कार्यालय नजिक पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति लवश्री न्यौपानेले नेपाल कम्युनिस्ट पार्टीको सरकारले संविधानलाई नै मिचेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम रहेको भन्दै प्रतिनिधिसभा पुनस्थापना गर्नको लागि काँग्रेसले विभिन्न आन्दोलन गर्नु परेका बताए । कोणसभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पार्टी सभापति न्यौपानेले संविधान मिचेर गरेको कामले नेपाल कम्युनिस्ट पार्टीलाई नै सिध्याउने चेतावनी दिए ।

नेपाल ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पुर्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरे, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सदस्य एवं नेपाल प्रेस युनियन रामेछापका पूर्व अध्यक्ष बद्री नयाँघरे र नेपाल शिक्षक महासंघ रामेछापका महासचिब रामकृष्ण श्रेष्ठ लगायतले आफ्नो धाराण राख्दै प्रतिनिधिसभा विघटनले देशलाई फेरि अफ्टेरो बाटो तर्फ धकेलेको बताएका छन् ।

मन्थलीको वीपीचोकबाट निस्केको र्‍यालीमा नेपाल ट्रेड युनियन काँग्रेस रामेछाप, नेपाल शिक्षक संघ रामेछाप, नेपाल प्रेस युनियन रामेछाप, नेपाल निजामती कर्मचारी युनियन रामेछाप, नेपाल निर्माण श्रमिक संघ रामेछाप, नेपाल लोकतान्त्रिक गैर सरकारी महासंघ रामेछाप, नेपाल स्थानीय तह कर्मचारी युनियन रामेछाप, नेपाल व्यटिसियन संघ रामेछाप, नेपाल होटल व्यवसायि संघ, नेपाल व्यापार श्रमिक संघ, नेपाल कृषि श्रमिक संघ, युवा श्रमिक संघ, नेपाल साँकृतक श्रमिक संघ रामेछाप लगायतका प्रमुख एवं प्रतिनिधि र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

Related Posts

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?
समाचार

जब आवाज सुनिँदैन अनि आगो बोल्छ: आत्मादाहका बढ्दा घटनाले उठाएका गम्भीर प्रश्न ?

संवादाताः हाम्रो प्रहार
साउन १४, २०८३
0

दुर्गा भुजेल- पछिल्ला समय आत्मादाहका घटनाहरू एकपछि अर्को सार्वजनिक भइरहेका छन्। हरेक नयाँ घटनासँगै एउटा गम्भीर प्रश्न झन् तीव्र बन्दै...

पुरा पढ्नुहोस्
१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ
समाचार

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्रा : बदलिँदो बजार र निरन्तर सिकाइ

संवादाताः हाम्रो प्रहार
साउन ४, २०८३
0

आजभन्दा १३ वर्षअघि मेरो व्यावसायिक यात्रा एउटा साधारण डिस्ट्रिब्युसन सेल्सम्यान (DS) को जिम्मेवारीबाट सुरु भएको थियो । त्यतिबेला बजारमा एउटा...

पुरा पढ्नुहोस्
सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper