Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित ३४ नेता, मत परिणामसहित

संवादाताः रामचन्द्र वि.क.
अशोज १६, २०८३

रामेछाप– नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३३ जना निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणामसँगै खुला, महिला, युवा, श्रमिक, पेशागत विज्ञ, आदिवासी जनजाति, खस आर्य, दलितलगायत विभिन्न समूहबाट ३३ जना निर्वाचित भएका हुन् । दलिततर्फ भने मुक्तबहादुर महते यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

खुला १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको प्रतिस्पर्धाबाट रामचन्द्र खड्का, लवश्री न्यौपाने, अर्जुन कुमार केसी, लेखबहादुर कार्की, दिपक खड्का, विनोद कार्की, निरोज खड्का, केशव महत, सुन्दर चालिसे र प्रकाश कटुवाल निर्वाचित भएका छन् ।

महिला तर्फ विनिता खड्का, चिना खड्का कार्की, एन्जिला न्यौपाने र उर्मिला कार्की निर्वाचित भएका छन् । श्रमिकतर्फ विष्णुकुमार घिसिङ, पेशागत विज्ञतर्फ नारायणकुमार घिमिरे, युवा महिलातर्फ ज्ञानु श्रेष्ठ, युवा खुलातर्फ उत्तमकुमार कार्की र विनोद बुढाथोकी निर्वाचित भएका छन् ।

अपाङ्गतातर्फ गुणराज भट्टराई ‘आकाश’, प्रजातान्त्रिक सेनानी तथा सहिद परिवारतर्फ आँधी लामा ‘सनक’ र अल्पसंख्यकतर्फ तोरण सुनुवार निर्वाचित भएका छन् । समानुपातिकतर्फ खस आर्य खुलाबाट काजीबहादुर खड्का ‘दिनेश’, कमान सिंह खड्का ‘दिपेन्द्र’ र सुरेश सुवेदी तथा खस आर्य महिलाबाट सिर्जना खड्का निर्वाचित भएका छन् । आदिवासी जनजाति खुलातर्फ नवराज थोकार, गेल्जे लामा शेर्पा र राजेशकुमार श्रेष्ठ निर्वाचित हुँदा जनजाति महिलातर्फ ज्योति सुनुवार, कुमारी हायु र रामकुमारी डाँगी निर्वाचित भएका छन् । समानुपातिक दलिततर्फ सन्ध्या घताने निर्वाचित भएकी छन् ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका ३२ पदका लागि १ सय ८ जना प्रतिस्पर्धामा थिए । मंगलबार सम्पन्न निर्वाचनमा कुल १ हजार ७ सय ८४ मतदातामध्ये १ हजार ७ सय ३ जनाले मतदान गरेका थिए । यो कुल मतदाताको करिब ९५ प्रतिशतभन्दा बढी हो ।

यससँगै रामेछाप काँग्रेसबाट १५औँ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिको चयन प्रक्रिया सम्पन्न भएको छ । निर्वाचित प्रतिनिधिहरूमा विभिन्न समूह र समावेशी कोटाबाट प्रतिनिधित्व भएको छ ।

Related Posts

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी
समाचार

सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिन्छु : प्रमुख प्रशासकीय अधिकृत नेगी

संवादाताः हाम्रो प्रहार
अशोज २५, २०८३
0

रामेछाप-  सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्...

पुरा पढ्नुहोस्
चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper