Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बाढीपछि ग्याँस अभाव झेलीरहेका नुवाकोटका ३ सय परिवारलाई ग्याँस सहितका सामाग्री लिएर पुग्दा..

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८३

त्यो हृदयविदारक कालो दिन
१० भाद्र २०८३, नेपालको इतिहासमा एउटा कहिल्यै भुल्न नसकिने कालो दिनका रूपमा अंकित भएको दिन । नेपाल आमाका हजारौँ सन्ततिले अकल्पनीय प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएको दिन । सयौँ अबोध तथा निर्दोष बालबालिकाका बाँच्ने महान् उद्देश्य र सुन्दर अभिलाषाहरू क्षणभरमै तहसनहस भएको दिन । सयौँ परिवारले आफ्ना प्रियजन गुमाउँदाको त्यो अकल्पनीय पीडा… ।

उर्फ खै, कसरी लेखूँ त्यो दिनलाई ?

त्यस दिन नेपालको विभिन्न सञ्चारमाध्यम तथा अनलाइनमा आएका अपुष्ट खबरहरूले मेरो ध्यान त्यतैतिर तानिरहेका थिए । मनमा एउटै चाहना थियो—तीव्र रूपमा फैलिरहेका ती भिडियोहरू गलत हुन्, एआईबाट निर्मित हुन्, यसमा कुनै सत्यता छैन भन्ने खबर सुन्न पाइयोस् । तर मेरो त्यो चाहना कहिल्यै पूरा हुन सकेन ।

नेपाल आमाले बेहोर्नुपरेको त्यो तीतो यथार्थलाई विवश भएर स्वीकार्नुको विकल्प रहेन ।

त्यही समयमा दक्षिण भारतमा रहनुभएका धर्मगुरु गेसे बिमान सिंह तामाङले ध्जबतकब्उउ मार्फत फोन गर्नुभयो ।

उहाँले सोध्नुभयो,

“दाइ, के नेपालको यो घटना सत्य हो ?”

मैले भारी मनले जवाफ दिएँ,

“गुरु! यो सत्य हो । हजारौँ मानिस बगेका छन्, हजारौँ परिवार बेसहारा भएका छन्, अर्बौँ रुपैयाँ बराबरका विकास पूर्वाधारमा क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रहरू वर्षौँ पछाडि धकेलिएका छन् । प्राकृतिक विपत्तिसामु कसैको केही लाग्दो रहेनछ, गुरु ।”

त्यसपछि गेसेज्यूले भन्नुभयो,

“के हामी प्रभावित क्षेत्रमा गएर स्थलगत भ्रमण तथा अवलोकन गर्न सक्छौँ ?”

मैले तत्काल जान केही असम्भवजस्तो भए पनि केही दिनपछि जान सकिने कुरा बताएँ । उहाँले पनि गुम्बामा सल्लाह गरेर नेपाल आउने र प्रभावित क्षेत्रमा कसरी जाने, कुन रुट प्रयोग गर्ने तथा आवश्यक समन्वयका लागि चिनजानका व्यक्तिहरूसँग सम्पर्क गर्न आग्रह गर्नुभयो ।

त्यसपछि मैले हामीले गर्दै आएका सामाजिक तथा मानवीय सेवाका हरेक कार्यमा दिलोज्यान दिएर साथ दिँदै आउनुभएका सामाजिक व्यक्तित्व अमर लामा दोङसँग यस विषयमा विस्तृत छलफल गरेँ । सम्भावित सहयोगका विषयमा सकारात्मक सल्लाह भएपछि पूर्वमन्त्री हितबहादुर तामाङज्यूसँग पनि समन्वय गर्दै अगाडि बढ्ने निष्कर्षमा पुग्यौँ ।

समय मिलाएर पूर्वमन्त्रीज्यूसँग छलफल तथा भलाकुसारी गर्‍यौँ ।

२०८३ भाद्र १५ गते धर्मगुरु गेसे बिमान सिंह तामाङ नेपाल आइपुग्नुभयो । त्यसपछि हामी बाढी प्रभावित क्षेत्रको स्थलगत भ्रमणका लागि निस्कियौँ ।

करिब १० घण्टाको लामो यात्रापछि हामी नुवाकोटका सदरमुकाम पुग्न सफल भयौँ ।  नुवाकोट जिल्लाको सदरमुकाममा अवस्थित विदुर नगरपालिकाकाको त्रिशूली पश्चिम जहाँ बजारका वस्तीहरुसंगै सडक र पुलहरु बगेर वारीपारी आउन जान नसकेर सदरमुकाम विदुरसंग पुरै सम्बन्ध विच्छेद भई जीवन यापनको लागि ज्यादै कष्टकर अवस्थामा रहेको कोलोनी , आगपुटार र तुप्चे क्षेत्र पुग्यौं ।त्यहाँ पुगेर उक्त प्राकृतिक प्रलयलाई नजिकबाट नियाल्यौँ । सदरमुकाम, कोलोनी, आङुटार र टुप्चे लगायतका स्थानमा विभिन्न सरकारी विद्यालयहरूमा सयौँ पीडित परिवारका लागि होल्डिङ सेन्टर निर्माण गरिएको रहेछ ।

ती होल्डिङ सेन्टरहरूको भ्रमण तथा अवलोकन गर्दै गर्दा सयौँ पीडित नागरिकका पीडा र दुःखका कथा सुन्दा मन अत्यन्तै भारी भयो । पीडित परिवारका चीत्कार र आँसुमा हामी पनि भावनात्मक रूपमा सामेल भएछौँ । सायद हामीभित्रको मानवता पनि ती पीडित परिवारहरूसँग समुद्री छालझैँ छताछुल्ल भएर पोखिन पुगेको थियो ।

अन्ततः हामीले पीडित परिवारहरूलाई सोध्यौँ, “हामीले तपाईंहरूका लागि के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?”

त्यसमा लगभग सबै पीडित परिवारको एउटै जवाफ थियो, “सर, राहत लिएर आउने दाताहरूले खाद्य सामग्री तथा ओढ्ने–ओछ्याउने सामान ल्याउनुहुन्छ । अहिले यी सामग्रीहरू पर्याप्त भइसकेका छन् । हामी बसेका होल्डिङ सेन्टरमा ३०० भन्दा बढी मानिसहरू बसिरहेका छन् । धेरै मानिसले एउटै शौचालय प्रयोग गर्नुपरेको छ । यदि हामी यहाँबाट छिट्टै बाहिरिन सकेनौँ भने चाँडै बिरामी पर्न सक्छौँ । त्यसैले, सर, तपाईंहरूले सक्नुहुन्छ भने हामीलाई ग्यास, ग्यास चुलो सेट, खाना पकाउने भाँडाकुँडा तथा दैनिक खाना पकाउन आवश्यक सामग्री उपलब्ध गराइदिनुहोस् । यी सामग्री पाएमा हामी तत्काल होल्डिङ सेन्टर छोडेर अन्यत्र बस्न सक्छौँ ।”

उहाँहरूको कुरा सुनिसकेपछि गेसे बिमान सिंह तामाङले पुनः सोध्नुभयो, “सामग्री पाउनुभयो भने तपाईंहरू कहाँ बस्नुहुन्छ नि ?”

पीडित परिवारको जवाफ थियो, “यतै बजारमा घर भएका घरधनीहरूलाई दुई–तीन महिनाका लागि कोठा प्रयोग गर्न सहयोग गरिदिन अनुरोध गर्छौँ । त्यस अवधिभित्र हामी आफ्नो दिमागलाई पुनर्ताजगी बनाउँदै पुनः आफ्नो जीवन व्यवस्थित गर्ने प्रयास गर्छौँ ।”

त्यसपछि हामीले उहाँहरूको मागलाई यथासम्भव पूरा गर्नुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ ।

धर्मगुरु गेसे बिमान सिंह तामाङले आफ्ना अन्तर्राष्ट्रिय मित्रहरूसँग सहयोगको याचना गर्नुभयो । उहाँहरूको उपस्थितिका लागि निमन्त्रणा गर्नुभयो । त्यसैको परिणामस्वरूप २०८३ भाद्र ३० गते कोरियाली पाहुनाहरू नेपाल आइपुग्नुभयो ।

२०८३ भाद्र ३१ गते, धर्मगुरु गेसे बिमान सिंह तामाङ, पूर्वमन्त्री हितबहादुर तामाङ तथा विदुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्षज्यूको रोहवरमा बाढी प्रभावित नागरिकहरूलाई निम्न राहत सामग्री वितरण गरियोः

३०० थान ग्यास सिलिन्डर
३०० थान रेगुलेटर
३०० थान पाइप
३०० थान लाइटर
३०० थान कुकर
३०० थान कराही
३०० थान थाल
३०० थान डाडु
३०० थान पन्याउ
३०० थान मग
३०० थान चम्चा

यस मानवीय कार्यमा आफ्नो कार्यव्यस्ततालाई समेत थाती राखेर स्वयंसेवकका रूपमा खटिनुभएका सुनापति गाउँपालिका, रामेछापका होनहार साथीहरू अमर लामा, असलमान तामाङ, विजय तामाङ, गर्जामान तामाङ, कुमार तामाङ, राम तामाङ र मिलन तामाङप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

त्यसैगरी राहत वितरणलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने बलबहादुर तामाङ (जङ्गे), मिना तामाङ र राजु तामाङप्रति पनि विशेष–विशेष आभार तथा धन्यवाद प्रकट गर्दछु ।

अन्तमा, हामीलाई थाहा छ, यो सानो सहयोग मात्र हो । तथापि, तपाईंहरूको चहराइरहेको घाउमा यसले केही हदसम्म भए पनि मलमपट्टीको काम गर्नेछ भन्ने विश्वास लिएका छौँ ।

तपाईंहरू छिट्टै नै युद्धस्तरमा आफ्नो जीवन पुनः उठाउन सफल हुनुहोस् भन्ने हार्दिक आशा र भरोसा राख्दछौँ ।

एक समाजसेवीको नाताले म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु कि स्थानीय सरकार, राजनीतिक दलका पंक्ति, दातृ निकाय तथा सम्पूर्ण सरोकारवालाहरूसँग सहकार्य गर्दै राहत वितरणलाई पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाउने प्रयास निरन्तर जारी राख्नेछु ।

कुनै पनि पीडित परिवार सहयोगबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न हामी निरन्तर लागिरहनेछौँ ।

पीडामा साथ दिनु नै मानवता हो ।

दुःखमा हात थाम्नु नै सच्चा सेवा हो ।

र मानवताको सेवाभन्दा ठूलो धर्म अर्को हुन सक्दैन ।

धन्यवाद ।

(लेखकः कमान सिंह तामाङ, रामेछापको सुनापतिमा रहेको सुनापति भ्वाँसा च्यारिटि मेडिकल सेन्टर प्रा.लि.का सचिव हुन् ।)

Related Posts

काँग्रेसका युवा नेता सुरेश सुवेदीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
समाचार

काँग्रेसका युवा नेता सुरेश सुवेदीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

संवादाताः हाम्रो प्रहार
अशोज ९, २०८३
0

रामेछाप- नेपाली काँग्रेस रामेछापका युवा नेता सुरेश सुवेदीले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १६ गतेदेखि १९...

पुरा पढ्नुहोस्
रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु
समाचार

रामेछापका स्थानीय तह हाँक्ने काँग्रेसक सभापति, पदाधिकारी र वडा सभापतिहरु

संवादाताः रामचन्द्र वि.क.
अशोज ७, २०८३
0

रामेछाप- नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तरगत बुधवार (असोज ७ गते) सम्पन्न रामेछापका ८ ओटा पालिका मध्ये ७ ओटा पालिकामा नयाँ...

पुरा पढ्नुहोस्
खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो
समाचार

खाँडादेवी काँग्रेसको चुनावी प्रक्रिया बिहीबारका लागि सर्‍यो

संवादाताः हाम्रो प्रहार
अशोज ७, २०८३
0

रामेछाप- नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको नेतृत्व चयनको लागि बुधवारबाट साँझ सम्म सहमति नजुटेपछि अधिवेशनका बाँकी सबै प्रक्रियाहरू बिहीबारका लागि सरेका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper