Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले अहिलेको परिस्थितिमा नेपाली काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको र त्यो मंसिर भित्रै हुनु पर्ने बताएका हुन् । उनले भने,‘अहिले हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौँ, जुन अवस्थामा पार्टीको नेतृत्व परिवर्तन अनिवार्य जस्तै बनेको छ । यदि नेतृत्व परिवर्तन गरेनौ भने हामी निकै अफ्ठेरो अवस्थामा जानु पर्ने परिस्थिति सिर्जना भएको छ । त्यसैले पनि पार्टीको नेतृत्व परिवर्तन अनिवार्य र काँग्रेसको विधान अनुसार मंसिर २१ गते भित्रै त्यो नेतृत्व परिवर्तन हुन जरुरी छ । त्यसको लागि पार्टीका माथिल्लो निकाय केन्द्री तहदेखि तल्लो तह वडा तहसम्मको नेतृत्व परिवर्तन हुनु पर्छ ।’

नेपाली काँग्रेसको विधान र भावी नेतृत्व चयनको विषयमा आफ्नो कुरा राख्दै पार्टी केन्द्रीय सदस्य समेत रहेको पौडेलले भने,‘नेपाली काँग्रेसको विधान अनुसार एक व्यक्ति दुई पटक मात्रै पार्टी सभापति हुने व्यवस्था छ । त्यो व्यवस्था अनुसार अहिलेको सभापति ज्यूले फेरि सभापति बन्न पाउनु हुन्न । त्यसको विकल्पमा उहाँ भन्दा बाहेकेका व्यक्ति सभापति बन्ने हो । अहिलेको पार्टी समिति बनेको मंसिर २१ गते ४ वर्ष पुरा हुन्छ र काँग्रेसको विधान अनुसार त्यो २१ गते भित्रै नयाँ नेतृत्व चयन हुने व्यवस्था भएकाले आगामी मंसिर २१ गते भित्रै नियमित प्रक्रियाबाट नेतृत्व परिवर्तन सहित पार्टीको महाधिवेशन हुनुपर्छ । नेतृत्व परिवर्तनको कुरा केन्द्रको मात्रै हैन, वडा तहसम्मको पनि नेतृत्व परिवर्तन हुन जरुरी छ । त्यसको लागि सबै तह लाग्न पर्ने हुन्छ ।’ 

नेता पौडेलले पार्टीको नेतृत्व परिवर्तन गर्ने कुरामा पार्टीमा लामो योगदान गरेका र निरन्तर पार्टीमा देखिएकालाई नेतृत्वमा ल्याउने भन्दा पनि जेनजीले उठाएका मुद्दा र विगतदेखि रहेको राष्ट्रिय समस्या समाधान गर्न सक्ने सक्षम मान्छेले भावी पार्टीको नेतृत्व गर्ने गरी काँग्रेस अगाडि बढ्नु पर्ने अवस्था रहेको र सोही अनुसार आगामी नेतृत्व चयन हुने दाबी प्रस्तुत गरे । पार्टीको नयाँ नेतृत्व परिवर्तन सँगै काँग्रेसको नीति परिवर्तन सम्मको कुरा अहिलेको आवश्यकता भएकाले पार्टीको नियमित महाधिवेशन मार्फत मात्रै सबै कुरा सम्भव हुने भएकाले अहिले विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशन गर्न सबै लाग्नु पर्नेमा उनको जोड रहेको छ । 

उनले आगामी महाविधवेशनलाई लक्षित गर्दै पार्टीको महाधिवेशनबाटै अहिलेका सभापतिलाई सम्मान साथ बिदाइ गर्नु पर्ने, अहिलेको अवस्थामा जेनजीलाई पनि पार्टीको क्रियाशील सदस्य बनाउने गरी डिजिटल माध्यमबाट वितरण गर्नु पर्ने, दशैं भित्रै पार्टीको केन्द्रीय समितिको बैठकले मंसिर २१ भित्रै नियमित प्रक्रिया अनुसार महाधिवेशन गर्नेगरि मिति तोक्नु पर्ने र यदि नियमित महाधिवेशन नहुने हो भने विशेष अधिवेशन गरेरै भए पनि पार्टीको नीति र नेतृत्व परिवर्तन हुने पर्ने भनाइ राखे ।

पत्रकारहरूसँग कुरा राख्नु अघि नेता पौडेललाई नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, काँग्रेस नेता कृष्ण महत, नेपाली काँग्रेस रामेछाप प्रदेश (क) क्षेत्रीय सभापति निरोज खड्का, काँग्रेस नेता एवं लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उत्तम कार्की, नेपाली काँग्रेस रामेछापका काँग्रेसका नेता, नेविसंघका पदाधिकारी, विभिन्न भातृ संघसंगठनका नेता लगायतले अहिलेको अवस्थालाई बुझेर केन्द्रीय नेतृत्व परिवर्तनमा गरेर काँग्रेसलाई जनताको पार्टी बनाउने गरी लाग्न सुझाव दिएका थिए ।

पत्रकार भेटघाटमा नेपाल प्रेस युनियन रामेछापको अध्यक्ष ज्ञानु श्रेष्ठ लगायतले काँग्रेसको आगामी कार्यदिशा लगायतका विषयमा प्रश्नहरू राखेका थिए ।

Related Posts

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति
समाचार

संजय बुढाथोकीको संयोजकत्वमा ८ सय १ जनाको समिति

संवादाताः हाम्रो प्रहार
फाल्गुन ९, २०८२
0

रामेछाप- नेपाली काँग्रेस  रामेछापले पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन गठन गरेको बिशेष युवा परिचालन समितिले जिल्लाका ६४ ओटै वडाका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper