
रामेछाप– रामेछाप जेसीज वर्ष २०२६ का पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार सम्पन्न आठौँ पदस्थापन तथा पुरस्कार वितरण समारोहमा वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठ लगायतका पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।




गएको पौष महिनामा भएको रामेछाप जेसीजको ११औँ साधारणसभाबाट वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष कुमार श्रेष्ठलाई रामेछाप जेसीज वर्ष २०२५ का अध्यक्ष यादव केसीले सपथ खुउँदै पद हस्तान्तरण गरेका छन् । त्यस्तै वर्ष २०२६ का अध्यक्ष कुमार श्रेष्ठले आफ्नो समिति अर्थात वर्ष २०२६ का लागि निर्वाचित कार्यकारिणी कार्यकारिणी उपाध्यक्ष ईश्वर अधिकारी र बिपिन दाहाल, कानुनी सल्लाहकार सुमन खड्का, महासचिव भरत श्रेष्ठ, कोषाध्यक्ष अनिश केसी, सहसचिव अमन बुढाथोकी र सह–कोषाध्यक्ष राजन कुमार कार्की चयन उपाध्यक्षहरु देव कैलाश श्रेष्ठ, सिताराम लोहार, बेनुप रोक्का र रमेश बस्नेत र तालिम आयुक्त एकेन्द्र केसीलाई सपथ खुवाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठले नेपाल जेसिजले देखाएको नेतृत्व परिवर्तन र व्यक्तित्व विकासलाई राजनीतिक दलले आफ्नो पार्टी र राज्य सत्ता संचालनमा लागु गर्ने हो भने नेपालमा थुप्रै परिवर्तनहरू हुँदै जाने धारणा व्यक्त गरे । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जिवन कार्कीले कार्यक्रममा आफ्नो भनाइ राख्दै नेपाल जेसिजले वर्ष २०२६ लाई युवाहरुको बिदेश पलायनलाई रोक्ने खालका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाए । उनले युवाहरुको अभियान्ता रुपमा काम गर्ने संस्था जेसिजले ल्याएका विभिन्न कार्यक्रमलाई सफल बनाउन सबै लाग्नु पर्नेमा जोड दिए । पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा कार्यक्रममा रामेछाप नगरपालिकाको उपप्रमुख बालकुमारी कार्की, मातृत्व शाखा धुलिखेल जेसिजका शाखा अध्यक्ष लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
नेपाल जेसिजका पदाधिकारी छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारी, नेपाल जेसिजका पूर्व पदाधिकारी, रामेछापमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि, उद्योगि, व्यबसायी, विभिन्न राजनीतिदलका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

















