Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा उज्यालो नेपाल पार्टी विस्तार हुँदै, पौष ७ गते पहिलो जिल्ला भेलामा कुलमान आउने

संवादाताः कैलाश खत्री
पुस ५, २०८२

रामेछाप- उज्यालो नेपाल पार्टीले रामेछाप जिल्लामा आफ्नो राजनीतिक अभियानलाई तीव्र बनाउने भएको छ । जिल्लामा पार्टी संगठन विस्तार गर्दै औपचारिक रूपमा राजनीतिक गतिविधि अघि बढाउने उद्देश्यसहित पार्टी कार्यालय स्थापना गर्न लागिएको हो ।

यसै सन्दर्भमा शनिबार सदरमुकाम मन्थलीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले रामेछापमा संगठन विस्तारको औपचारिक घोषणा गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उज्यालो नेपाल पार्टीका नेता रामकृष्ण लामाले आगामी पुस ७ गते सोमबार मन्थलीमा पार्टीको पहिलो जिल्ला भेला आयोजना गरिने जानकारी दिए । नेता लामाका अनुसार उक्त भेलालाई सम्बोधन गर्न प्रमुख अतिथिका रूपमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आउने तय भएको छ । भेलाकै अवसरमा उज्यालो नेपाल पार्टीको जिल्ला पार्टी कार्यालयको उद्घाटन समेत गरिने उनले बताए । कार्यालय उद्घाटनपछि पार्टीले रामेछापका सबै पालिकामा संगठन विस्तार अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेता लामाले उज्यालो नेपाल पार्टीको मुख्य उद्देश्य देशको आर्थिक रूपान्तरण गर्नु र विद्यमान राजनीतिक तथा सामाजिक व्यथितिको अन्त्य गर्नु रहेको स्पष्ट पारे । उनले हालको राजनीतिक व्यवस्थाप्रति जनतामा बढ्दो निराशा रहेको उल्लेख गर्दै त्यसको विकल्पका रूपमा उज्यालो नेपाल पार्टी उदाएको दाबी गरे । “रामेछापमा हाम्रो पार्टीको राजनीतिक भविष्य उज्यालो देखिन्छ,” उनले भने, “यहाँका युवाहरू परिवर्तनको खोजीमा छन्, त्यसलाई उज्यालो नेपाल पार्टीले नेतृत्व गर्नेछ ।”

कार्यक्रममा उज्यालो नेपाल पार्टीका युवा नेता राज मैनालीले पनि आफ्नो धारणा राख्दै राजनीतिमा नयाँ युगको सुरुवात गर्न नवयुवालाई संगठित गर्दै पार्टीमा सहभागी गराइने बताए । उनले नेपालको राजनीतिमा सुधार ल्याउन युवा पुस्ता जाग्नुपर्ने आवश्यकता औंल्याए । “पुरानै सोच र कार्यशैलीले देशलाई अगाडि बढाउन सक्दैन,” उनले भने, “अब युवाहरूले नै राजनीतिमा हस्तक्षेप गर्नुपर्ने समय आएको छ ।”

पत्रकार सम्मेलनमा सहभागी नेताहरूले उज्यालो नेपाल पार्टीले पारदर्शी, जवाफदेही र विकासमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे । रामेछापजस्तो भौगोलिक रूपमा विकट तर सम्भावनायुक्त जिल्लामा ऊर्जा, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा नयाँ सोचसहित काम गरिने उनीहरूको भनाइ थियो ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper