Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

गाउँपालिकाको सहयोगले मोडियो दुरागाउँका इश्वरको जीवनको बाटो : दुखपछि सुखको कथा

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२

रामेछाप– सहरको चकाचक जीवन वा विदेशी कमाइको सपना धेरै युवाका रोजाइ हुन् । तर, लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँका २३ वर्षीय इश्वर बर्मशाखाले भने फरक बाटो रोजे । जीवनको कठिन मोडमा गाउँपालिकाबाट पाएको एक सानो सहयोगले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो । अहिले उनी आत्मनिर्भर युवाको प्रेरणादायी व्यक्ती बनेका छन् ।

इश्वरको संघर्षको कथा कोभिड महामारीसँगै सुरु हुन्छ । कोभिडकै कारण बुबाको दुखद निधनले कमजोर आर्थिक अवस्थाबिच सिंगो परिवारको जिम्मेवारी उनीमाथि आयो । त्यो उमेरमा अधिकांश युवाले रोज्ने बाटो थियो– वैदेशिक रोजगारी । इश्वर पनि सोही सोचमा थिए । तर, गाउँपालिकाको एक सानो पहलले उनलाई गाउँमै रोक्यो, र अब उनी गाउँमै उद्यमी बनेका छन् ।

सानैदेखि कर्मशील र आत्मनिर्भर सोच भएका इश्वरले साथीहरूसँग मिलेर गाउँको खोला निजक बंगुर पालन सुरु गर्ने सोचका साथ केही संरचना निर्माण गरेका थिए । तर, खोलामा आएको बाढीले सबै संरचना बगायो, सपना सबै चकनाचुर भयो । हिम्मत नहारेर पुनः अर्को ठाउँमा उनले बङ्गुर पालन सुरु गरे । तर यस पटक साथीहरूले साथ छोडे, पुँजी सकियो, अनि उनले विदेश जाने निधो गरे ।

पासपोर्ट बनाउने तयारीका साथ उनी स्वास्थ्य परीक्षण गर्न काठमाण्डौं पुगे । दुर्भाग्यवश, स्वास्थ्यमा देखिएको सामान्य समस्या कारण उनले तत्काल विदेश जान सकेनन् । गाउँ फर्केर केही आफ्नै व्यवसाय गर्ने सोच बनाए पनि पुँजीको अभावले उनको सोच अघि बढ्न सकेको थिएन । त्यही बेला गाउँपालिकाले कृषि तथा पशुपालनमा संलग्न युवालाई अनुदान दिने कार्यक्रम ल्यायो । इश्वरका लागि गाउँपालिको उक्त कार्यक्रम गतिलो अवसर बन्यो । गाउँपालिकाबाट १ लाख १० हजार रुपैयाँको अनुदान पाएपछि उनले विदेश जाने योजना परित्याग गरे र बाँकी पुँजी आफैं जुटाएर बङ्गुर पालनलाई व्यावसायिक रूपमा अघि बढाउने अठोट गरे ।

आज इश्वरका खोरमा करिब २० वटा बंगुर छन् । केही बिक्री योग्य अवस्थामा छन्, केही हुर्किँदै छन् । उनले यो व्यवसायलाई केवल जीविकोपार्जनको माध्यम नभई आत्मनिर्भरता, स्वाभिमान र सम्भावनाको प्रतीक मानेका छन् । मेहनत गर्न सके बंगुर पालनबाट राम्रो आम्दानी लिन सकिने र चाँडै विक्री हुने भएकाले बंगुर पालन आफ्नो रोजाइमा परेको उनले बताए । उनी भन्छन्,“अहिले पशुपालन मध्ये बंगुर पालन राम्रो व्यवसाय भित्र पर्दो रहेछ । राम्रोसँग बंगुर हुर्काउन सक्यो भने तुरुन्तै विक्री हुने र अन्य पशुपालन भन्दा बंगुर पालनमा लगानी कम तर आम्दानी बढी हुने रहेछ । त्यसैले पनि मेरो रोजाइमा बंगुर पालन पर्‍यो ।”

इश्वरको सफलता गाउँका अन्य युवाहरूका लागि प्रेरणा बनेको छ । “गाउँमै केही गर्न सकिँदो रहेछ,” भन्ने आत्मविश्वास इश्वरले अरूमा रोपेका छन् । गाउँपालिकाको सानो सहयोगले युवा उद्यमशीलताको ढोका खोलिदिन्छ भन्ने प्रमाण पनि यही हो । आज इश्वरको सपना व्यक्तिगत सीमाभन्दा बाहिर निस्किएको छ । उनी भन्छन्, “अब म चाहन्छु, अन्य युवासमेत गाउँमै केही गरून् । हामी गाउँमै रोजगारी सिर्जना गरौँ ।”

Related Posts

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper