Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफ्नो सेवा क्षेत्रमा सक्रिय रहेका समूहका सदस्यहरूलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेको हो । शाखा प्रमुख लक्ष्मण शाहका अनुसार लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ५, वडा नम्बर ६ तथा मन्थली नगरपालिका वडा नम्बर १४ मा गरी कुल १३२ जना सहभागी भएका छन् । जसमध्ये लिखुतामाकोशी–५ मा ४१ जना, वडा नम्बर ६ मा ४२ जना र मन्थली–१४ मा ४६ जना सहभागी गराइएको थियो ।

कार्यक्रममा समूहका सदस्यहरू, उनीहरूका अभिभावक तथा अन्य स्थानीय सहभागीको उपस्थिति रहेको थियो । सहभागीहरूलाई वित्तीय अनुशासन, बचत गर्ने तरिका, खर्च व्यवस्थापन, ऋण लिने र परिचालन गर्ने विधि लगायतका विषयमा जानकारी प्रदान गरिएको शाखा प्रमुख शाहले बताए । साथै साना व्यवसाय सञ्चालन गर्दा आम्दानी वृद्धि गर्ने उपाय, व्यवसायलाई दिगो बनाउने तरिका तथा आर्थिक योजनाबद्धता सम्बन्धी ज्ञान पनि दिइएको थियो ।

‘वित्तीय सचेतनाको अभियान, समृद्ध यात्राको पहिचान’ तथा ‘घर–घरमा वित्तीय साक्षरता’ जस्ता नारासहित संस्थाले समूह स्तरमै पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । ग्लोबल मनी वीक तथा वित्तीय साक्षरता अभियान अन्तर्गत यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइएको संस्थाले जनाएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था रामेछाप शाखा २०७३ सालदेखि मन्थलीमा सञ्चालनमा रहेको छ । शाखाले हाल रामेछाप, दोलखा र सिन्धुली जिल्लाका विभिन्न पालिकामा रहेका ९५ वटा समूहमार्फत एक हजार दुई सयभन्दा बढी सदस्यहरूसँग वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Related Posts

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ
समाचार

काठमाण्डौबाट ४ मोटरसाइलमा रामेछाप आएर एक व्यक्तिमाथि कुटपिट गर्ने ८ जनाको समूह पक्राउ

संवादाताः हाम्रो प्रहार
भदौ ७, २०८३
0

रामेछाप– काठमाडौँबाट ४ वटा मोटरसाइकलमा आएका ८ जनाको समूहले रामेछापको मन्थलीमा एक व्यक्तिमाथि सांघातिक आक्रमण गरेको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस्
सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ
समाचार

सरकारले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन छोडेर उपभोक्तामाथि भ्याटको भार बोकायो: घिसिङ

संवादाताः रामचन्द्र वि.क.
भदौ ७, २०८३
0

रामेछाप- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले विद्युतमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट)...

पुरा पढ्नुहोस्
उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ
समाचार

उज्यालो नेपाल पार्टी मन्थली नगर कमिटी सर्वसम्मत चयन, अध्यक्षमा लोक घिसिङ

संवादाताः कैलाश खत्री
भदौ ७, २०८३
0

रामेछाप– उज्यालो नेपाल पार्टीको मन्थली नगर कमिटी सर्वसम्मत रूपमा गठन भएको छ । मन्थलीमा आइतबार आयोजित विशेष भेलाबाट लोक घिसिङ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper