Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ वार्षिक साधारणसभा तथा ९औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा पूर्वअध्यक्षहरूले संयुक्त अपिल जारी गर्दै व्यवसायीहरूलाई एकताबद्ध भई प्रकाश कुमार श्रेष्ठको पक्षमा मतदान गर्न अनुरोध गरेका हुन् । संघका पूर्वअध्यक्षहरू लोकबहादुर श्रेष्ठ, नारायणदास श्रेष्ठ, पशुपतिबहादुर खड्का, श्याम थापा र केशवप्रसाद घिमिरेले आइतबार संयुक्त रूपमा अपिल जारी गर्दै संघका सदस्यहरुलाई अनुरोध गरेका हुन् ।

अपिलमा संघको अधिवेशनको सन्दर्भमा जिल्लाका उद्योगी तथा व्यवसायीहरूबीच सहमति, सहकार्य र एकताको वातावरण बनाउन विभिन्न प्रयासहरू गरिएको उल्लेख गरिएको छ । सो प्रयासबाट १५ सदस्यीय कार्यसमितिमा पदाधिकारीसहित १४ जना निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि अध्यक्ष पदका लागि सहमति कायम हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको जनाइएको छ । अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ र महासचिव कुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

पूर्वअध्यक्षहरूले संयुक्त रूपमा जारी गरेको अपिलमा निर्विरोध निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । साथै, उनीहरूले चैत २० गते हुने अधिवेशनमा प्रकाशकुमार श्रेष्ठलाई अध्यक्ष पदमा विजयी गराउन सबै सदस्यहरूसँग हार्दिक अपिल गरेका छन् ।

अपिलमा संस्थाको हित, स्थायित्व र प्रभावकारी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठ उपयुक्त उम्मेदवार रहेको उल्लेख गर्दै उनलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरिएको छ ।

Related Posts

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ
समाचार

चुनावी घोषणापत्रमा उल्लेख गरेभन्दा बढी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ

संवादाताः हाम्रो प्रहार
अशोज २४, २०८३
0

रामेछाप- रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले चुनावी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताभन्दा बढी काम गर्ने लक्ष्यसहित गाउँपालिका अघि बढिरहेको बताएका...

पुरा पढ्नुहोस्
आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’
समाचार

आफ्नो अनुभव सुनाउँदै सुरेश श्रेष्ठले भने– ‘तीता क्षण बिर्सिन्छु, मीठा अनुभव बोकेर जान्छु’

संवादाताः रामचन्द्र वि.क.
अशोज २४, २०८३
0

रामेछाप– कुनै ठाउँमा पुग्नु र त्यहाँको जिम्मेवारी पूरा गरेर बिदा हुनु सामान्य प्रशासनिक प्रक्रिया हो । तर, त्यो अवधिमा बनाएका...

पुरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी
समाचार

कांग्रेस केन्द्रीय सदस्यमा रामेछापका ९ नेताको उम्मेदवारी

संवादाताः रामचन्द्र वि.क.
अशोज २१, २०८३
0

रामेछाप- नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रामेछापका ९ जनाले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको केन्द्रीय महाधिवेशनअन्तर्गत उम्मेदवारी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper