Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

रामेछापमा कृषि उत्पादन, संकलन र बजारीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

संवादाताः हाम्रो प्रहार
चैत्र ९, २०८१

रामेछाप – जिल्ला कृषि सहकारी संघको आयोजनामा न्यानो साना किसान कृषि सहकारी संस्था लि.को सह-आयोजनामा तथा साहारा साकोसको समन्वयमा रामेछाप नगरपालिकामा “कृषि उत्पादन, संकलन तथा बजारीकरण” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

रामेछाप नगरपालिकाको हलमा आयोजित उक्त कार्यक्रममा ५० जनाभन्दा बढी कृषक, कृषि सहकारी संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला कृषि सहकारी संघका कोषाध्यक्ष भानुभक्त श्रेष्ठले कृषि उत्पादन वृद्धि, संकलन प्रक्रियामा सुधार, बजारीकरणका अवसर र चुनौतीहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। त्यस्तै, साहारा साकोसका व्यवस्थापक बलराम लामाले कृषकहरूका लागि सहुलियत ऋण तथा सहकारीका गतिविधिबारे जानकारी गराए।

कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले इमान्दार कृषकहरूलाई उत्पादनमा आधारित अनुदानको व्यवस्था आगामी दिनमा संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे। विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले किसान तथा कृषि सहकारी संस्थाका प्रतिनिधिहरूसँगको समन्वयमा माग आधारित बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए।

त्यस्तै, वडा नं. ७ सुकाजोरका वडा अध्यक्ष तथा नगर प्रवक्ता समीर कार्कीले कृषकहरूले बीउ पूँजीलाई व्यवस्थित गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए। नगरपालिकाका पशु शाखा प्रमुख काजी शेर्पाले आधुनिक पशुपालन तथा घरपालुवा जनावरलाई व्यवसायिक रूपमा पालनपोषण गर्ने विषयमा जानकारी गराए।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठले रामेछापमा उत्पादन हुने गेडागुडी, रैथाने बाली तथा दुग्ध उत्पादनलाई उचित मूल्यमा बिक्री वितरण गर्न सहकारीहरूको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रमका सहभागीहरूले कृषि उत्पादनलाई प्रवर्द्धन गर्न यस्ता अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धिका उपाय, संकलन केन्द्रहरूको प्रभावकारी सञ्चालन तथा कृषि उत्पादनको उचित मूल्य निर्धारणबारे व्यापक छलफल गरिएको थियो।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper