

रामेछाप- नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल प्रेस युनियन रामेछापको शनिबार सम्पन्न ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाति गरेको हो । समितिको उपाध्यक्षमा सागर बोहरा, महिला उपाध्यक्षमा सम्झना नेवा खड्गी, सचिवमा मिलन वि.क., सहसचिवमा टंकनाथ गौतम र कोषाध्यक्षमा राजन महतारा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः श्रीराजा चन्द्र महत, ईश्वर वि.क., अनिता रसाइली, कर्ण श्रेष्ठ र सुशिला बुढाथोकी निर्वाचित भएका छन् ।



त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हिमाल ढुंगेल, बद्री नयाँघरे, रमेश ढुंगेल, ज्ञानु श्रेष्ठ, रामचन्द्र वि.क. र अनिता थापा मगर निर्वाचित भएका छन् । उता प्रदेश महाधिवेशन प्रतिनिधिमा युवराज श्रेष्ठ, दिपक कुमार घिमिरे, विवेक घिमिरे, रविन थापा, निजुका खड्का र इन्दिरा बोहरो निर्वाचित भएका छन् ।
निर्वाचित जिल्ला कार्यसमिति, केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिहरु सबै सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेस रामेछापका सभापतिको प्रमुख आतिथ्यता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जीवन शर्माको विषेश आतिथ्यतामा ५औँ जिल्ला अधिवेशन तथा १० औँ साधारसभा सम्पन्न भएको थियो । नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा सम्पन्न अधिवेशन तथा साधारणसभामा नेपाल प्रेस युनियनका नेताहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष, ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष, पत्रकारका विभिन्न संघसंगठनका प्रमुख एवं प्रतिनिधि, नेपाल प्रेस युुनियनका छिमेकी जिल्लाका अध्यक्ष लगतायले कार्यक्रम सफलताको शुभकामना समेत राखेका थिए ।

















