Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

उमाकुण्ड कांग्रेसको निष्कर्ष: गुटगत राजनीतिले निर्वाचनमा पराजय, अब एकताबद्ध भएर अघि बढ्ने

संवादाताः हाम्रो प्रहार
फाल्गुन २६, २०८१

काठमाडौं- नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिकाले गएका दुई स्थानीय तह निर्वाचनमा पार्टीको पराजयको प्रमुख कारण गुटगत राजनीति रहेको निष्कर्ष निकालेको छ । पार्टीभित्रको आपसी विभाजनका कारण कमजोर बनेको संगठनलाई पुनः सुदृढ गर्दै अब एकताबद्ध भएर अघि बढ्ने निर्णय पार्टी नेताहरूले गरेका छन् । सोमबार काठमाडौंमा नेपाली कांग्रेस उमाकुण्ड गाउँपालिकाका नेताहरूको बैठक बसेको थियो । स्थानीय तहमा विगतको हार, पार्टीभित्र देखिएको असन्तुष्टि तथा आगामी रणनीति विषयमा केन्द्रित विस्तृत समीक्षात्मक बैठकमा पार्टीलाई बलियो बनाउन आवश्यक उपायहरूबारे पनि छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
बैठकमा सातै वडाका नेता-कार्यकर्ता, विद्यार्थी नेता तथा कांग्रेसका सक्रिय सदस्यहरूको उपस्थिति थियो । बैठकमा सहभागी नेताहरूले संगठनलाई मजबुत बनाउन पार्टीभित्रको असन्तुष्टि हटाउँदै सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

गुटउपगुटकै कारण दुई पटक पालिकाको नेतृत्व गुमाउनुपर्यो

बैठकमा सहभागी नेताहरूले पार्टीले दुई पटक पालिकाको नेतृत्व गुमाउनुको प्रमुख कारण गुटगत राजनीति नै रहेको निष्कर्ष निकाले । कांग्रेसका आन्तरिक विवादकै कारण अन्य दलहरूलाई जित्ने अवसर मिलेको र यसले पार्टीलाई कमजोर बनाएको सबैले महसुस गरेको नेताहरूले स्वीकारे । अब पार्टीलाई बलियो बनाउन, जनताको सुख-दुःखमा जोडिन तथा आगामी निर्वाचनमा सफलता हात पार्न एकताबद्ध भएर अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य जितबहादुर कटुवालका अनुसार, कांग्रेसले पालिकास्तरमा संगठन सुदृढ गर्न ढिलाइ गरेको स्वीकार्दै अब गाउँ केन्द्रित अभियानहरु संचालन गरिने छन् । बैठकमा पालिकाको विकास, जनजीविकाका सवाल, भ्रष्टाचार नियन्त्रण तथा पार्टी संगठनलाई सक्रिय बनाउने विषयमा व्यापक छलफल भएको काँग्रेस नेता जित बहादुर कटुवालको भनाइ छ ।

पालिकाको विकास निर्माणमाथि कांग्रेसको चासो

बैठकका क्रममा स्थानीय विकास निर्माणका कार्य गुणस्तरीय भएका छन् या छैनन् भन्ने विषयमा कांग्रेसले नजिकबाट निगरानी गर्ने योजना समेत अगाडि सारिएको नेपाली काँग्रेस नेता रमेश कुमार सुनुवारले बताए । भ्रष्टाचार मौलाउँदै गएको तथा विकासका नाममा अनियमितता बढेको भन्दै नेताहरूले पार्टीलाई अब खबरदारी भूमिकामा लैजाने बताएका छन् । गाउँपालिका भित्रका गुम्देलदेखि भूजीसम्मका नेताहरूको व्यापक छलफलमा पालिकाको समग्र विकास, स्थानीय प्रशासनिक कामकाज, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा जनसरोकारका विषयमा सूक्ष्म अध्ययन गर्ने निर्णय भएको‌छ । पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू तीन महिनामै सरुवा भएर जाने परिपाटी, स्थानीय तहका जनप्रतिनिधि समेत सहभागी भएको सार्वजानिक ठाउँमा जातीय छुवाछुत जस्ता सामाजिक समस्या, आर्थिक अनियमितता तथा प्रशासनिक कमजोरीहरूबारे कांग्रेसले निकट भविष्यमै गम्भीर पहल गर्ने प्रतिबद्धता जनाएको पनि नेता सुनुवारले बताए ।

संगठन सुदृढीकरणका लागि विशेष रणनीति

बैठकमा पार्टीका सबै तहका संरचनालाई सक्रिय बनाउने, कांग्रेसलाई नीतिगत रूपमा व्यवस्थित बनाउने तथा जनतासँगको सम्बन्ध अझै प्रगाढ बनाउने लक्ष्य समेत अगाडि सारिएको उमाकुण्ड गाउँपालिकाका कार्यवाहक सभापति बाबुराम कटुवालले बताए । पार्टीका अग्रज नेताहरूको सम्मान गर्दै उनीहरूको दक्षता र क्षमताका आधारमा संगठनलाई सशक्त बनाउने योजना अघि सारेको पनि उनले बताए ।

संगठनलाई बलियो बनाउने प्रक्रियामा हाल वडास्तरमा क्रियाशील

सदस्यहरूको नवीकरणको काम तीव्र रूपमा भइरहेको बैठकमा जानकारी गराइएको थियो । सदस्यता नवीकरण प्रक्रियामा देखिएका केही कमजोरीहरूलाई तत्काल सुधार गर्दै पारदर्शिता र समावेशीकरणको सिद्धान्तलाई आत्मसात् गर्ने सहमति बैठकमा भएको नेताहरुको भनाई छ ।
‘अब उमाकुण्ड कांग्रेस एक छौं’ भन्ने नाराका साथ बैठक समापन भएको बताइएको छ । कांग्रेसले आन्तरिक रूपमा विगतका गल्तीहरू सुधार्ने प्रतिबद्धता व्यक्त गर्दै अब पार्टी एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट सन्देश दिएको छ ।

Related Posts

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)
समाचार

‘म हरायकी हुँ त्यो शहरबाट’ गजल गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २१, २०८२
0

चर्चित गायिका रीता केसीले हालै मात्र म हरायकी हुँ त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगितिक क्षेत्रमा...

पुरा पढ्नुहोस्
गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
समाचार

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संवादाताः हाम्रो प्रहार
कार्तिक २०, २०८२
0

गायक नरेश रेग्मीको स्वरमा ‘तिम्रै हुँ म’ बोलको गीत सार्वजनिक सार्वजनिक भएको छ । एनआर क्रेशनले रेग्मीको नयाँ गीत बजारमा...

पुरा पढ्नुहोस्
७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि
खेलकुद

७ स्वर्ण सहित कृष्णपुरी माविले जित्यो सुनापति सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि

संवादाताः रामचन्द्र वि.क.
कार्तिक १८, २०८२
0

रामेछाप- सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण पदक...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper