Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विविध

रामेछापमा डेरी एसोसिएसन समिति गठन, अध्यक्षमा भानुभक्त श्रेष्ठ

संवादाताः कुमार श्रेष्ठ
फाल्गुन २५, २०८१

रामेछाप- रामेछापमा नेपाल डेरी एसोसिएसन गठन भएको छ । जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले भानुभक्त श्रेष्ठको अध्यक्षतामा जिल्ला समिति गठन भएको हो । श्रेष्ठ चिरञ्जीवी डेरी उद्योगका सञ्चालक हुन् ।

समितिको उपाध्यक्षमा समृद्धि डेरी उद्योगका मनोहर कुमार कार्की, सचिवमा रामेछाप डेरीका किशोर पौडेल, कोषाध्यक्षमा अमृत दुध डेरीका केशरबहादुर खत्री र सदस्यमा गोठपानी डेरी उद्योगका बलराम मगर चयन भएका छन् ।

कम्तीमा ९ सदस्यीय समिति हुने र बाँकी रहेका सदस्यहरूमा मनोनयन गर्दै जाने नव निर्वाचित अध्यक्ष श्रेष्ठले बताए । 

समिति गठनका लागि आयोजित भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य रामभक्त दाहाल, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो । 

केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले नेपाल डेरी एसोसिएसनले देशभर शाखा विस्तार गर्दै दुग्ध क्षेत्रको उन्नति र प्रवर्द्धनमा निरन्तर लाग्ने बताए ।

रामेछाप समितिका नवनिर्वाचित अध्यक्ष भानुभक्त श्रेष्ठले आफू यसअघि नै एसोसिएसनको सदस्य भए पनि जिल्लामा डेरी उद्योगहरूको सीमित संख्या रहेको कारण समिति गठन गर्न नसकिएको बताए । तर, हाल उद्योगहरूको संख्या वृद्धि भएसँगै समिति गठन गर्न सम्भव भएको उनको भनाई रहेको छ ।

Related Posts

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण
विविध

माघ २७ गतेको रामेछाप बस दुर्घटनामा लिखुतामाकोशी गाउँपालिकाद्वारा संघीय सरकारको ध्यानाकर्षण

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १२, २०८२
0

रामेछाप– गएको माघ २७ गते रामेछाप जिल्लामा भएको बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै लिखुतामाकोशी गाउँपालिकाले सरकारको ध्यानाकर्षण गराएको...

पुरा पढ्नुहोस्
गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान
विविध

गायिका केसीलाई नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान

संवादाताः हाम्रो प्रहार
मंसिर २२, २०८२
0

चर्चित गायिका रिता केसी यस वर्षको ‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०८२’ बाट सम्मानित भएकी छिन् । राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने यो पुरस्कारसहित उनले ४०...

पुरा पढ्नुहोस्
उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति
विविध

उमाकुण्ड–१ मा रहेको छेबुक ताल फुटेको आशंका : नुप्छे जलविद्युत आयोजनामा क्षति

संवादाताः रामचन्द्र वि.क.
असार २२, २०८२
0

रामेछाप- रामेछाप जिल्लाको उत्तरी क्षेत्र, हिमाली भूगोलमा अवस्थित उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को ङेजि क्षेत्रस्थित छेबुक ताल फुटेको आशंका...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper