Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

महिला दिवस: उनको कुरा सुनेपछि ‘मन भरी’ भयो !

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन २४, २०८१

आज शनिवार महिला दिवसको विशेष कार्यक्रम थियो । सुनापति गाउँपालिका वडा नं ३ मा आयोजना भएको कार्यक्रममा महिला सशक्तीकरणका कुरा भए, नाराहरू घन्किए, भाषणहरू भए । कार्यक्रम सकिएपछि म स्कुटरमा मन्थली फर्किँदै थिएँ। साँझको समय, हावा हल्का चिसिएको थियो। स्कुटरको गतिसँगै मनमा पनि महिला दिवसकै कुरा घुमिरहेका थिए- महिला अधिकार, बालबालिकाका अधिकार, समानता, शिक्षा।

खाँडादेवी गाउँपालिकाको खाँडादेवी मन्दिरतर्फ जाने बाटोको नजिक पुगेको थिएँ। बाटो छेउमा एकजना सानो बालक देखेँ- काँधमा ठूलो काठ काट्ने आरा बोकेको, अनुहारभरि दिनभरको पसिना, च्यातिएको पाइन्ट, छिन्न लागेको चप्पल । उनको हुलियाले नै भनिरहेको थियो- उनी कमजोर आर्थिक अवस्थाका परिवारका सदस्य हुन् ।

मैले स्कुटर रोकेँ। बालकले मलाई रोक्दै भने, “दाई, मलाई पनि लगिदिनु न!”

मैले आरा देखेँ, काधमा राखेर बसेको थियो। त्यसलाई लिएर स्कुटरमा बस्न गाह्रो हुन्छ भन्ने लाग्यो। तर बालकसँग केही कुरा गर्ने मन लाग्यो।

“नाम के हो बाबु?” मैले सोधेँ।
“सन्तोष,” उनले मधुरो स्वरमा भने। (नाम परिवर्तन)
“कति वर्षको भयौ?”
“१० वर्ष,” उनले मासूम अनुहारले हेर्दै भने।
“कक्षा कति पढ्छौ?”
“२ मा,” उनको जवाफ छोटो थियो।

मैले उनलाई सोधेँ, “यो आरा कहाँबाट ल्याएको?”

“बुबासँग काम गरेर आएको,” उनले भने।

“बुबा खोइ त?”

“आउँदै हुनुहुन्छ,” उनले बाटोतर्फ हेर्दै भने।

उनको कुरा सुन्दा मन अमिलो भयो। १० वर्षको उमेरमा, जब अन्य बच्चाहरू खेल्ने, पढ्ने उमेरमा हुन्छन्, सन्तोष भने बुबासँग काम गर्छन्। परिवार चलाउन उनको पनि भूमिका छ।

अझै बुझ्न मन लाग्यो। मैले सोधेँ, “घर कहाँ हो बाबु?“

“अलि माथि हो ।”
मैले फेरि सोधेँ, “आमा खोइ त?”
बालक एकछिन चुप लागे। अनि टाढा हेर्दै भने, “आमा गाउँका मान्छेको मल बोक्न जानुभएको छ ।”
मेरो मन एक्कासि भारी भयो। एउटा १० वर्षको बालक जसले परिवारलाई सघाउनु पर्छ, आमा जसले बाँच्नकै लागि अरूको खेतमा मल बोक्नुपर्छ।
आज महिला दिवस । नारा- “सबै महिला तथा बालबालिकाका लागि: अधिकार, समानता र सशक्तीकरण !”

के यो नारा सन्तोषको आमालाई लागू छ? के उनले सशक्तीकरणको अनुभूति गरेकी होलिन्? के सन्तोषले बालअधिकार पाएको छ? नारा बनाउनेले किन देख्दैनन् यस्ता बालक? अधिकार कार्यान्वयन गराउनेहरू के गरेर बसेका छन् ?

म एकछिन केही बोल्न सकिनँ । केही गर्न नसक्ने अवस्थाको असहाय अनुभूति भयो।

त्यसपछि मैले निर्णय गरेँ, सन्तोषलाई स्कुटरमा हालेर केही परसम्म भए पनि छोडिदिन्छु।

“आरा समाएर बस्न सक्छौ ?” मैले सोधेँ।

“सक्छु,” उनले निधो गरेर भने।

मैले उनलाई पछाडि बस्न लगाए, बिस्तारै स्कुटर अघि बढाएँ। उनलाई करिब ३०० मिटर सम्मको बाटो काट्दा मैले भने,”बाबु तिमि सानै छौँ । धेरै पढ्नु पर्छ । बिदाका दिन बाहेक सधैँ स्कुल जानु है ।” उनले सानो स्वरमा ‘हुन्छ दाई’ भने । खाँडादेवी मन्दिरतर्फ लाग्ने बाटोसम्म उनलाई छोडिदिएँ।

“धेरै धन्यवाद दाई,” उनी ओर्लिँदै भने।

मैले केही जवाफ दिन सकिनँ। उनलाई हेर्दै, मनभरि असहाय भावनासहित मन्थलीतर्फ लागेँ।

स्कुटरको गति त तीव्र थियो, तर मनमा उथलपुथल थियो। एक छिन अघिसम्म महिला दिवसका भाषणहरू सुनेर फर्किँदै थिएँ, तर यो यात्राले मलाई अर्को कथा देखाइदियो— वास्तविकता कति कठोर छ!

महिला सशक्तीकरणका नाराहरू कहिलेसम्म नारामै सीमित हुने? सन्तोषका आमा जस्ता महिलाहरू कहिले समानता अनुभूति गर्ने? सन्तोष जस्ता बालबालिकाले कहिले शिक्षा, खेलकुद, रमाइलो गर्ने अवसर पाउने?

महिला दिवसको नारा आज मेरो कानमा गुञ्जिरहेको थियो, तर मेरो मनमा त्यो नारा चिसो बनेर बजिरहेको थियो- शब्दहरूको मात्र झझल्को दिएर !

यो काल्पनिक कथा जस्तै छ । तर, यो कथा नभएर यथार्थ भोगाई हो । उनिसँग भएको भिडियो कुराकानी समेत म सँग सुरक्षित छ । उनको गोपनियतालाई ख्याल गरेर उनको अनुहारलाई नचिन्ने बनाएर परिवर्तित नाम राखिएको हो ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper