Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नारी दिवसः सुनापतिमा म्युजिकल चेयर र घैँटो फुटाउने खेल, विजेतालाई पुरस्कार

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८१

रामेछाप– अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीमा म्युजिकल चेयर र घैटो फुटाउने खेल प्रतियोगिता भएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन शनिवार स्थानीय महिलाहरूको सहभागितामा सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीको आयोजनामा प्रतिस्पर्धात्मक प्रतियोगिताको आयोजना भएको हो ।

महिला सम्बन्धी हक अधिकारको जनचेतनासँगै एक अर्का प्रति प्रतिस्पर्धाको भावना विकास गरी हामी पनि जित्न सक्छौ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजना गरेको प्रतिस्पर्धात्मक प्रतियोगितामा दर्जनौँ महिलाहरूले भाग लिएका थिए ।

झण्डै दुई दर्जन महिलाहरूले प्रतिस्पर्धा गरेको म्युजिकल चेयर खेलमा कमला श्रेष्ठ प्रथम भएकी छिन् । त्यस्तै ईश्वरी श्रेष्ठ द्वितीय र विष्णु लामा तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ४ हजारको साथमा प्रमाणपत्र, द्वितीय हुनेलाई ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने तृतीय हुनेलाई २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै घैँटो फुटाउने खेलमा रुपा श्रेष्ठले घैटो फुटाएपछि उनले पनि पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरिन्। श्रेष्ठले नगद ३ हजार पुरस्कार प्राप्त गरेकी छिन।

सुनापति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङको अध्यक्षता तथा सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्टको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा वडा नं ३ का सयौँ महिलाको सहभागिता रहेको थियो ।

सयौँ महिलाको सहभागिता रहेको कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले महिलाहरूले प्राप्त गरेका हक अधिकारलाई व्यवहारमा लागू गर्दै समाजका विभिन्न क्षेत्रमा नेतृत्व लिन आवश्यक रहेको बताइन् । उनले संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई महिलाहरू आफैँले सशक्त रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै, सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन् ।

उनले सुनापति गाउँपालिकाले महिलाहरूलाई स्वरोजगार बन्न तथा आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिइन् । महिलाहरूको सशक्तीकरणका लागि पालिकाभर विभिन्न प्रतियोगितात्मक तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताइन् ।

वडाध्यक्ष कुल बहादुर थिङले पनि वडा भित्रका महिलाहरूको हितलाई ध्यानमा राख्दै उनीहरूको आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी योजनाहरू ल्याइने बताए ।

महिला दिवसको अवसरमा सुनापति गाउँपालिका र वडा कार्यालयहरूले विविध कार्यक्रमहरू सञ्चालन गरेको जानकारी गराइएको छ ।

Related Posts

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान
समाचार

मन्थली नगरका ८ सय ३९ जना दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान

संवादाताः कैलाश खत्री
असार २७, २०८२
0

रामेछाप- रामेछापको मन्थली नगरपालिकाले नगर भित्रका दुध उत्पादक किसानलाई साढे २६ लाख बढी अनुदान दिएको छ । नगरपालिकाले चालु आर्थिक...

पुरा पढ्नुहोस्
सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना
समाचार

सुनचाँदी व्यवसायी २२ दिनदेखि आन्दोलनमा, कर कार्यालयमा धर्ना

संवादाताः हाम्रो प्रहार
असार २४, २०८२
0

रामेछाप- नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखा रामेछाप २२ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै सोमबार करदाता सेवा कार्यालय मन्थलीमा...

पुरा पढ्नुहोस्
लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’
समाचार

लिखुतामाकोशीको दलित लक्षित वडा अभियान : ‘राज्यले दिने छुट र सहुलियतको प्रयोग गरौँ’

संवादाताः रामचन्द्र वि.क.
असार १६, २०८२
0

रामेछाप- लिखुतामाकोशी गाउँपालिकाले पालिका भित्रका सबै वडामा पुगेर दलित समुदायलाई राज्यले दिँदै आएका विभिन्न छुट, सहुलियत र विशेष सुविधाको बारेमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper