Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

नारी दिवसः सुनापतिमा म्युजिकल चेयर र घैँटो फुटाउने खेल, विजेतालाई पुरस्कार

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८१

रामेछाप– अन्तर्राष्ट्रिय महिला (नारी) दिवसको अवसरमा सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीमा म्युजिकल चेयर र घैटो फुटाउने खेल प्रतियोगिता भएको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन शनिवार स्थानीय महिलाहरूको सहभागितामा सुनापति गाउँपालिका वडा नं ३ हिलेदेवीको आयोजनामा प्रतिस्पर्धात्मक प्रतियोगिताको आयोजना भएको हो ।

महिला सम्बन्धी हक अधिकारको जनचेतनासँगै एक अर्का प्रति प्रतिस्पर्धाको भावना विकास गरी हामी पनि जित्न सक्छौ भन्ने सन्देश दिने उद्देश्यका साथ आयोजना गरेको प्रतिस्पर्धात्मक प्रतियोगितामा दर्जनौँ महिलाहरूले भाग लिएका थिए ।

झण्डै दुई दर्जन महिलाहरूले प्रतिस्पर्धा गरेको म्युजिकल चेयर खेलमा कमला श्रेष्ठ प्रथम भएकी छिन् । त्यस्तै ईश्वरी श्रेष्ठ द्वितीय र विष्णु लामा तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ४ हजारको साथमा प्रमाणपत्र, द्वितीय हुनेलाई ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो भने तृतीय हुनेलाई २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै घैँटो फुटाउने खेलमा रुपा श्रेष्ठले घैटो फुटाएपछि उनले पनि पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरिन्। श्रेष्ठले नगद ३ हजार पुरस्कार प्राप्त गरेकी छिन।

सुनापति गाउँपालिका वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङको अध्यक्षता तथा सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्टको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा वडा नं ३ का सयौँ महिलाको सहभागिता रहेको थियो ।

सयौँ महिलाको सहभागिता रहेको कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले महिलाहरूले प्राप्त गरेका हक अधिकारलाई व्यवहारमा लागू गर्दै समाजका विभिन्न क्षेत्रमा नेतृत्व लिन आवश्यक रहेको बताइन् । उनले संविधानले सुनिश्चित गरेका अधिकारहरूलाई महिलाहरू आफैँले सशक्त रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै, सामाजिक, शैक्षिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गरिन् ।

उनले सुनापति गाउँपालिकाले महिलाहरूलाई स्वरोजगार बन्न तथा आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिइन् । महिलाहरूको सशक्तीकरणका लागि पालिकाभर विभिन्न प्रतियोगितात्मक तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताइन् ।

वडाध्यक्ष कुल बहादुर थिङले पनि वडा भित्रका महिलाहरूको हितलाई ध्यानमा राख्दै उनीहरूको आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा अझ प्रभावकारी योजनाहरू ल्याइने बताए ।

महिला दिवसको अवसरमा सुनापति गाउँपालिका र वडा कार्यालयहरूले विविध कार्यक्रमहरू सञ्चालन गरेको जानकारी गराइएको छ ।

Related Posts

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते
समाचार

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत र प्रसनिको मृत्यु, ८ घाइते

संवादाताः हाम्रो प्रहार
फाल्गुन १८, २०८२
0

रामेछाप- रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको सिरुबारीमा निर्वाचन सामाग्री सहित निर्वाचन कर्मचारी बोकेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper