
रामेछाप- सुनापति गाउँपालिकाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कला खड्का प्रथम भएकी छिन् । ११५ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकामा बिहिबार आयोजित ‘फेरिएको महिलाको अवस्था’ बिषयक वक्तृत्वकला प्रतियोगितामा खड्काले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएकी हुन् । प्रतियोगितामा सविना पण्डित द्वितीय र सर्मिला योञ्जन तृतीय भएकी छिन् । त्यस्तै प्रतियोगितामा उर्मिला तामाङ र धनमाया तिवारी सान्तोना भएका छन् ।




प्रथम, द्वितीय, तृतीय र सान्तोना हुनेहरुले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार पुरस्कार प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्ष गिता विष्टको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभ सदस्य धर्मशिला चापागाई, गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङ लगायतले आफ्नो भनाइ राखेका थिए ।



आफ्नो प्रतिकृया दिनुहोस्