
रामेछाप– रामेछापमा मिल्क एनालाईजर संचालन तथा मर्मत तालिम शुरु भएको छ । दुग्ध संकलक तथा दुग्ध डेरीका संचालकहरुका लागि लक्षित गरि आयोजना गरिएको तालिम बुधबारबाट शुरु भएको हो । राष्ट्रिय दुग्ध विकास बोर्ड र नेपाल डेरी एसोसिएशन (NDA) को संयुक्त आयोजनामा शुरु भएको तालिम मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यता तथा रामेछाप डेरी उद्योग प्रालिका संचालक किशोर पौडेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको थियो ।




तालिम उद्घाटन कार्यक्रममा रामेछापमा नै प्रथम दुग्ध संकलक मुकुन्द कडेरिया, मन्थली दुग्ध सहकारीका अध्यक्ष ध्रुव थापा, नेपाल पत्रकार महासंघ रामेछाप जिल्ला अध्यक्ष दिपक घिमिरे , तालिमका प्रशिक्षक गोविन्द शर्मा तिमल्सिना, सहकारीकर्मीहरु प्रज्ञान खड्का, प्रमोद श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।
नेपाल डेरी एसोसिएशन बागमती प्रदेश समितिका सदस्य समेत रहेका चिरञ्जीवी डेरी उद्योगका संचालक एवम् तालिमका संयोजक भानुभक्त श्रेष्ठका अनुसार तालिममा दूध व्यवसायलाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ कार्यक्रम गरिएको हो । तालिममा दोलखा, रामेछाप र सिन्धुलीका गरि २० जना भन्दा प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ । ५ दिन सम्म संचालन हुने तालिमलाई मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका गोविन्द शर्मा तिमल्सिनाले सहजीकरण गर्ने बताइएको छ ।




आफ्नो प्रतिकृया दिनुहोस्