रामेछाप- रामेछाप जेसिज वर्ष २०२५ को अध्यक्षमा यादव केसी निर्वाचित भएका छन् । शुक्रवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न रामेछाप जेसिजको ११औं शाखा अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा भरत श्रेष्ठ र सुमन खड्का निर्वाचित भएका छन भने कानुनी सल्लाहकारमा राजन कार्की, महासचिवमा संगीता श्रेष्ठ, सह-सचिवमा जोनि खड्का, कोषाध्यक्षमा कुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा ईश्वर अधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षा क्रमशः रोजिना श्रेष्ठ, अनिस के.सी. , सजन कार्की र एकेन्द्र के.सी. निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष र पदाधिकारी सबै सर्वसम्मत रुपमा चयन भएको वर्ष २०२४ का अध्यक्ष सन्तोष खत्रीले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्