Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

१५ वर्ष मुनिको अखिल कप प्रतियोगिताको तयारी पूरा

संवादाताः हाम्रो प्रहार
मंसिर १३, २०८१

रामेछाप- मङ्सिर १४ गतेदेखि १६ गतेसम्म रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालन हुने १५ वर्ष मुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी रामेछापले आयोजना गर्न लागेको प्रतियोगिताको प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । बुधवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा अनेरास्ववियु रामेछापका अध्यक्ष पुष्कर भट्टराईले नेपाल फुटबल सङ्घ (एन्फा) को नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा सिन्धुली जिल्लाको एक टिम र रामेछाप जिल्लाको १५ वटा टिमको सहभागिता रहने बताए ।
प्रतियोगितामा विजेता हुने टिमले नगद रु २० हजार र उपविजेता टिमले नगद रु १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने र सेमिफाइनल प्रवेश गरी फाइनल प्रवेश नगरेका दुई टिमले नगद रु ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष भट्टराइले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता खेलाडीलाई नगद एक हजार रुपैयाँ सहित ट्रफि प्रदान गरिने छ भने प्रत्येक गोल कर्ता खेलाडीलाई प्रोत्साहन स्वरूप प्रत्येक गोलको एक सय रुपैयाँ प्रदान गरिने छ ।
२०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा प्रत्यक्ष तथा सामाजिक सञ्जालका माध्यमबाट १० हजार भन्दा बढी दर्शकले खेल अवलोकन गर्ने आयोजकको अनुमान छ ।

प्रतियोगिता मङ्सिर १४ गते शुक्रवार बिहान ८ बजे मन्थली नगरपालिका–१ कटहर बोटबाट ¥याली सहित मन्थली माध्यमिक विद्यालयमा प्रवेश गरी उद्घाटन हुने अध्यक्ष भट्टराईले बताए । पत्रकार सम्मेलनका प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य एवं प्रकाशन विभाग प्रमुख सागरहरि अधिकारी र एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले अनेरास्ववियुले गर्ने हरेक गतिविधिहरू नमुना योग्य र प्रविधियुक्त हुने गरेको बताए । अहिले हुन लागिरहेको १५ वर्षमुनिको प्रथम अखिल कप खुला पुरुष फुटबल प्रतियोगिता २०८१ मा देशमै पहिलो भएकाले यसलाई सबै मिलेर भव्यताका साथ सफल पार्नुपर्नेमा उनिहरुको जोड छ ।

Related Posts

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ
समाचार

उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूको अपिल, अध्यक्षमा प्रकाश श्रेष्ठलाई समर्थन गरौँ

संवादाताः हाम्रो प्रहार
चैत्र १५, २०८२
0

रामेछाप– रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले संघको आगामी नेतृत्वका लागि प्रकाशकुमार श्रेष्ठलाई समर्थन गर्न आग्रह गरेका छन् । संघको १५औँ...

पुरा पढ्नुहोस्
रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान
समाचार

रामेछापमा छिमेक लघुवित्तद्वारा समूहका सदस्यलाई वित्तीय साक्षरताको ज्ञान

संवादाताः हाम्रो प्रहार
चैत्र ११, २०८२
0

रामेछाप- छिमेक लघुवित्त वित्तीय संस्था, रामेछाप शाखाको आयोजनामा जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । संस्थाले...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper