Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

बाढी पहिरो प्रभावित रामेछापका स्थानीय तहलाई ५० लाखका दरले राहत

संवादाताः हाम्रो प्रहार
कार्तिक ६, २०८१

रामेछाप- सरकारले रामेछापका ८ स्थानीय तहलाई ५० लाखका दरले प्रत्येक स्थानीय तहलाई राहत स्वरूप रकम उपलब्ध गराउने भएको छ । स्थानीय तहको क्षतिको आधारमा तत्काल राहत उपलब्ध गराउने गत बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय अनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ को दफा ५ ग ८ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत स्वरूप विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा सिफारिस गरिएको हो ।
गत असोज १० देखि असोज १३ सम्मको अति भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट सामान्य प्रभावितमा परेका रामेछापका ८ स्थानीय तहलाई ५० लाखका दरले राहत उपलब्ध गराउन लागिएको हो । यसरी राहत पाउने ८ स्थानीय तहमा मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखुतामाकोशी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ्ग गाउँपालिका र सुनापति गाउँपालिका रहेका छन् ।
राहत रकम सम्बन्धित स्थानीय तहले गर्ने कार्यक्षेत्र विपद् व्यवस्थापन कोष सञ्चालन कार्याविधि, २०७९ को दफा ५ ग ८ बमोजिम तोक्ने र त्यसै अनुसार मार्गदर्शनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा पेश गर्ने निर्णय भएको छ ।
बैठकले यस वर्षको मनसुन अवधि ९२०८१ जेठ २८ देखि असोज २६ सम्ममा मृत्यु भएका व्यक्तिको परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने निर्णय पनि भएको छ । जसमा विपद्जन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारका एक जना सदस्यको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मार्फत सरकारलाई अनुरोध गर्न निर्णय भएको छ । त्यसका लागि आवश्यक बजेट उपलब्ध गराइदिन परिषद्मार्फ सरकारलाई अनुरोध गर्नुका साथै पुनर्निर्माण तथा पुनर्स्थापना कार्यका लागि आवश्यक वित्तीय स्रोत व्यवस्थापन गर्न विकास साझेदारलाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।

Related Posts

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ
समाचार

आम्दानी बृद्धि, कृषि पर्यटन र रोजगारका लागि कृषि मेला- नगर प्रमुख श्रेष्ठ

संवादाताः कैलाश खत्री
पुस २६, २०८२
0

रामेछाप- मन्थली नगरपालिकका नगर प्रमुख लव श्रेष्ठले स्थानीय नागरिकको आम्दानी वृद्धि, कृषि पर्यटनको प्रवद्र्धन तथा स्थानीयस्तरमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस्
‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल
समाचार

‘कृषि पेशालाई जीवनोपयोगी र व्यावसायिक बनाउन प्रदेश सरकार तयार’ : प्रदेश मन्त्री पौडेल

संवादाताः रामचन्द्र वि.क.
पुस २६, २०८२
0

रामेछाप- बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले किसानले उत्पादन गरेरै सम्मानजनक जीवन निर्वाह गर्न सक्ने आधार...

पुरा पढ्नुहोस्
किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण
समाचार

किवानिज क्लब अफ समर्पणको सहयोगमा बालबालिकालाई न्यानो कपडा वितरण

संवादाताः हाम्रो प्रहार
पुस २५, २०८२
0

काठमाण्डौँ- बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था किवानिज क्लब अफ समर्पण नेपालले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ चोकटीमा रहेको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper