रामेछाप– मन्थली नगरपालिका वडा नं ४ सालुको वडा सदस्य पदम माया नेपालीको निधन भएपछि नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द हुने भएका छन् । आइतबार दिउँसो मन्थली नगरपालिकाको वडा नं १ बाट वडा नं ४ सालु तर्फ जाँदै गरेको बोलेर जीप दुर्घटनामा परी वडा सदस्यको निधन भए पछि नगरपालिकाले एक सूचना जारी गर्दै सोमबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय र नगरपालिका अन्तरगतका सबै वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुने जनाएको हो । यस अघि वडा सदस्यको निधन भएपछि नगर प्रमुखले लब श्रेष्ठले शोक वक्तव्य जारी गर्दै घटना प्रति दुख व्यक्त गरेका थिए ।
सोमबार दिउँसो मन्थली बजारबाट सालु तर्फ जाँदै गरेको बोलेरो जीमा सवा ७ यात्रु मध्ये घटना स्थलमै पदम माया नेपालीको मृत्यु भएको थियो भने ५ घाइते मध्ये उपचारको लागि धुलिखेल अस्पताल लगिएका दिलिप कुमार बरुवालको उपचारकै क्रममा मृत्यु भएको छ । सवारी चालक समेत रहेका अर्का गम्भीर घाइते गुन कुमार थापामगरको भने उपचार भइरहेको छ । अन्य तीन घाइतेको सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको मन्थली नगरपालिका वडा नं ४ का वडाध्यक्ष राजन घिमिरेले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्