काठमाण्डौ– मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि अर्जुनधारा ५ झापामा उत्पादन गरिएको निम्बु फ्रेस पछिल्लो समय सर्वत्र लोकप्रिय बन्दै गएको छ । स्वदेशी कच्चापदार्थबाट उत्पादित निम्बु फ्रेस लाई ग्राहकहरूले रुचाएकै कारण नेपाल भरि नै बजार बिस्तार भइरहेको रिजनल सेल्स मेनेजर दुर्गा भुजेलले जानकारी गराएका छन् । उनले भने,‘बजारमा धेरै कम्पनीहरूले निम्बुको फेलेबर बजारमा ल्याए पनि निम्बु फ्रेसको खानु छुट्टै मज्जा रहेको छ ।’ ग्राहकहरूको चाहना अनुसार विभिन्न पाँच साइजमा ल्याएको निम्बु फ्रेस अहिले विभिन्न पसल, डिपार्टमेन्ट स्टोरमा समेत रहेको भुजेलले बताए । उक्त कम्पनीका विभिन्न फेलेवरमा जस्तै आरुको स्वादमा पिच मस्ती, बिरे नुन र जिराको स्वादमा सिकान्जी मसला, लिचिको फेलेबरमा लिचि र अर्को छुट्टै बजारमा कुनै कम्पनीको नरहेको पुदिना र निम्बुको स्वादमा मिन्ट लेमनेट साथै कलास सोडा, माच्छो ड्यु, कलास कोला लगायता उत्पादनहरू पनि बजारमा रहेको भुजेलले बताए ।
स्वदेशमा उत्पादन गरेका फरक–फरक स्वादका पेय पदार्थले ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले बताएको छ । लामो समयको अध्ययन अनुसन्धान गरेर ग्राहकको मन जित्न सफल हुने उद्देश्यले नेपाली बजारमा छुट्टै पहिचान रहने अभिप्रायले यी ब्रान्ड बजारमा ल्याएको कम्पनीले बताएको छ । गुणस्तरमा केही कन्जुस्याइँ नगरेकाले ढुक्क भएर मनकामना फ्रुट एण्ड बेभरेज प्रालिका उत्पादन उपभोग गर्न सम्पूर्णमा आग्रह समेत कम्पनीले गरेको छ ।
नेपालीको सान स्वदेशी उत्पादन नेपालीकै पहिचान भन्ने उद्देश्यले उत्पादन सुरु गरेको बताएको छ । हाल उत्पादनहरू २५० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर १.५ लिटर र २.२५ लिटरको साइजमा पाइने बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्