Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

भ्रष्टाचारीलाई कीरा परेन ?

संवादाताः नवीन गाउँले
भदौ ३१, २०८१

एक समय भ्रष्टाचारीलाई कीरा परोस् भन्ने अभियानले जनमानसमा एक–किसिमले आमसञ्चार गरेको थियो । ध्यान आकर्षित बनाएको थियो । त्यो अभियान अहिले कहाँ पुग्यो त्यो भने थाहा भएन, यद्यपि भ्रष्टाचारीहरूलाई भने कीरा पर्दै परेन ? नेपाली समाजमा आम रूपमा व्याप्त परम्परागत र शास्त्रीय अवैज्ञानिक यस्ता अवधारणाहरू छन् जो सराप्दा लाग्छ भन्ने खालका अवधारणाहरू हामी भ्रष्टाचार जस्तो जघन्य अपराधको सन्दर्भमा प्रयोग गर्न खोजिरहेका छौँ । हामीलाई के थाहा हुनुपर्छ भने भ्रष्टाचार जस्तो अपराधीक कुरालाई सरापेर भगाउन सकिन्न प्रणालीगत सुधार चाहिन्छ । प्रणालीगत सुधार सँगै त्यो प्रणाली जसले निर्भय र निर्ममका साथ आफ्नो कार्य अगाडि बढाउन सकोस् । त्यो प्रणाली जो कुनै व्यक्तिले वा संस्थाले चाहँदैमा भ्रष्टाचार गर्न सकिन्छ । यहाँ एउटा उद्धरण पेस गर्न मन लाग्यो युरोपको व्यापारिक पसलहरूमा जहाँ जुनसुकै बिक्रीका सामानहरू हुन्छन् बिक्री गर्ने साहुजीहरू हुँदैनन् ग्राहकहरू आफूलाई चाहिने सामानहरू लिन्छन् र त्यो अनुसार बिल सम्बन्धित ठाउँमा तिर्छन् त्यहाँ ग्राहकले कुनै ठग चोर सामानमा घटि बढी वा बिलमा गलत प्रवृत्ति दायाँबायाँ चाहेर गर्न सक्दैन त्यो भयो भने तुरुन्त दण्डित हुनुपर्छ । हो त्यो प्रणालीगत सुधार चाहिन्छ । भ्रष्टाचारीलाई कीरा परोस् भन्ने अभियान कुनै सार्थक अभियान थिएन, होइन, भ्रष्टाचारीलाई कीरा पनि परेन । भ्रष्टाचार घट्ने कुरा पनि भएन । यो कुरा ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्यांक नियाल्दा थाहा भइहाल्छ । नेपाल उच्च भ्रष्टाचार हुने देश भनेर बर्सेनि तथ्याङ्कहरूले बारम्बार बताइ नै रहेको कुरा हामीमा सबैलाई थाहा लागेको छदैछ ।

सन २००४ मा भ्रष्टाचारको  ९० औ स्थानमा रहेको नेपाल २०२३ सम्म आइपुग्दा भ्रष्टाचार घट्नुको साटो झन् झन् भ्रष्टाचार बढी हुने स्थानमा बढिरहेको तथ्याङ्कहरूले नै बताउँछ । जसले बढ्दै गइरहेको भ्रष्टाचार प्रवृत्तिलाई नाङ्गो रूपमा देखाउँछ । भर्खरै पनि एउटा समाचार बाहिर आयो एउटा मन्त्रीले आफ्नो मन्त्रालयको रेट भाउको बढाबढ र किनबेचको कुरा अहिले पनि हामीले यस्तो घृणित कुरा सुन्न परेको छ । जब २००७ सालमा राणा शासनको अन्त्य भयो त्यसपछि सुरु भएको भ्रष्टाचार रोक्ने कानुनी व्यवस्था २०१७ सालमा भ्रष्टाचार रोक्ने ऐन सहित परिमार्जन गरियो । तत्कालीन समयमा सरकार मातहत रहेको विशेष प्रहरी विभाग भ्रष्टाचार हेर्ने निकाय थियो भने पञ्चायती नेपालको संविधानको दोस्रो संशोधन मार्फत भ्रष्टाचार र अख्तियारलाई पनि हेर्ने गरी अख्तियारको दुरुपयोग रोक्न अख्तियार दुरुपयोग निवारण आयोग भनेर संवैधानिक अंगको रूपमा स्थापित गरिएको थियो । त्यसपछि २०४७ सालको संविधान २०६३ सालको अन्तरिम संविधानको साथै २०७२ सालको संविधानले पनि केही परिमार्जन र फेरबदल सहित भ्रष्टाचार हेर्ने संस्था अख्तियार दुरुपयोग अनुसन्धानलाई किनाएको रूपमा काम गर्ने जिम्मा दिँदै आइरहेको छ । पञ्चायत कालमै भ्रष्टाचारमा उच्च पदस्थ राजनीतिक व्यक्तिहरू उच्च पदस्थ सरकारी कर्मचारीहरू जो राज्यसत्तामा शक्तिको रूपमा उपस्थिति हुन्छन्, जसले भ्रष्टाचार र अनियमितता गर्न सक्छ, तिनीहरूलाई कारबाही चलाउन सरकार मातहतको निकाय पर्याप्त नभएको ठहर गर्दै संविधानमै व्यवस्था गरेर अख्तियार दुरुपयोग निवारण आयोगको गठन गरिएको थियो । ती संवैधानिक कानुनी संस्थाहरू समय उपक्रम सँगै विशेष परिस्थिति बस् परिमार्जित पनि भयो तर भ्रष्टाचार भने ज्युँका त्युँ नै रह्यो । ती संवैधानिक संस्थाहरू माथि नागरिकको अहिले कुनै  भरोसा छैन बरु सन्देहको दृष्टिले हेर्न नागरिकलाई तिनै संस्थाहरूको काम कारबाहीले छुट दिएको छ । एकातिर नयाँ नेपाल र समृद्धिको नारा घन्किरहन्छ, अर्कोतिर देशचाहिँ भ्रष्टाचारले थिलथिलो बन्दै गइरहेको छ ।

देश दुर्गति हुँदै जानू मुख्य कुरा राजनीतिक नेतृत्वहरूकै भ्रष्ट चरित्र हो।जसरी हुन्छ सत्तामा पुग्ने र अकुत सम्पत्ति आर्जन गर्ने भन्ने भाष्यलाई नेपाली राजनीतिले स्थापित गरेको छ । देश चाहिँ बिग्रिँदै जानू केही व्यक्तिहरू मोटाउँदै जानू यो भ्रष्टाचार नभए के हो ? देश भने अगाडि बढ्न नसक्नु देश पतनतिरको बाटो जानू मुख्य कारक नै राजनीति नेतृत्वहरूको असक्षमता हो । सांसदहरूको किनबेच, अपहरण, सुरासुन्दरी काण्डहरू नेपालको संसदीय व्यवस्थामा नयाँ कुरा होइन । हामीले सुन्दै र भोग्दै आइरहेको कुरा हो । दलीय भागबन्डामा न्यायाधीशहरूको नियुक्ति जून पार्टी सरकारमा आयो उहीँ पार्टीको समर्थक कार्यकर्ताहरू कानुनको न्यायाधीश हुन थाल्यो त्यसको परिणति के भइरहेको छ स्पष्ट छदैछ । मुख्य कुरा न्यायपालिकामा दलीय प्रभुत्व कायम भयो । त्यसको कारण भ्रष्टाचार झन् झन् बढ्न थाल्यो ।

गणतन्त्र लोकतन्त्र त भनियो माफिया गिरी र पैसामा न्याय किनबेच भयो । बाहिरबाट भ्रष्टाचारीको मुख हेर्दिन भ्रष्टाचार अपराध हो भन्ने, शपथ खादा र खुवाउँदा म भ्रष्टाचार अनियमितता गर्दिनँ भन्ने, तर भित्र भित्रै तिनै माफिया, डन, ठेकेदार र पुँजीपति वर्गकै स्वार्थका खातिर काम गर्ने राजनीतिक नेतृत्वहरूकै कारण देश यो दुर्गतिमा पुगेको हो । भ्रष्टाचार नियन्त्रण गर्न (जो खडा गरिएका छन्) ती संवैधानिक संस्थाहरूका न्यायकर्ताहरू नै ती कुनै अमुक व्यक्ति र नेताहरूको आदेशमा चल्छन् त्यसको कारण नै ती भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक संस्थाहरू भ्रष्टाचार रोक्न असक्षम र निकम्मा साबित भइरहेका छन् । शक्तिशाली प्रणालीगत सुधार बिना भ्रष्टाचार नियन्त्रण हुनेवाला छैन । सुरुमै भनियो भ्रष्टाचारीलाई कीरा परोस् भन्ने (सराप जस्तो) परम्परागत र शास्त्रीय जून अवैज्ञानिक अवधारणाहरू जो भ्रष्टाचार नियन्त्रणका लागि असान्दर्भिक अवधारणाको हामी भ्रष्टाचार नियन्त्रणका लागि प्रयोग गरिरहेका छौँ । यस्तो अवधारणा र प्रयोगले भ्रष्टाचार नियन्त्रण हुनेवाला छैन । भ्रष्टाचार के कारणले भइरहेको छ ? यो किन भइरहेको छ ? किन यस्तो भइरहेको छ ? यो प्रश्नको सघन जवाफ अब नागरिकले आफै खोज्नु पर्नेछ ।

२०८१ भदौ २३ गतेको प्रहार खबर साप्ताहिक पत्रिकामा प्रकाशित

समसामयिक विषयमा कलम चलाउने नवीन गाउँले प्रहार खबर साप्ताहिकको नियमित स्तम्भकार हुन् ।

Related Posts

उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को
विचार

उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२
0

१.परिचयप्राकृतिक रुपमा प्राप्त अवयब हरुलाई स्वरुप परिवर्तन गरि प्राणी जगतलाई उपयोगी सामाग्री तथा सेवाको नयाँ सिर्जना गर्नु नै उद्यम गर्नु...

पुरा पढ्नुहोस्
विचार

श्रमिकहरूको संगठन बजार बिक्री प्रतिनिधि संघ र वर्तमान बजारको अवस्था

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२
0

नेपाली बजारमा कार्यरत श्रमिक वर्गहरूको छाता संगठन नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) को २५ओैँ स्थापना दिवस लाई देशव्यापी रूपमा...

पुरा पढ्नुहोस्
आगलागी नियन्त्रणमा सबै लागौं
विचार

आगलागी नियन्त्रणमा सबै लागौं

संवादाताः हाम्रो प्रहार
चैत्र ६, २०८१
0

आगलागी मानव सभ्यताको सुरुदेखि नै एक गम्भीर समस्या रहँदै आएको छ । प्राकृतिक कारणहरू जस्तै चट्याङ, सुख्खा मौसम, वा मानवीय...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper