

१.परिचय
प्राकृतिक रुपमा प्राप्त अवयब हरुलाई स्वरुप परिवर्तन गरि प्राणी जगतलाई उपयोगी सामाग्री तथा सेवाको नयाँ सिर्जना गर्नु नै उद्यम गर्नु हो, उद्यमशिलताको आधारभुत तत्वहरु अन्वेषण, नव प्रवर्तन र अनुकुलन हो । नयाँ सोच नयाँ विचार, योजना र लगनबाट मात्र उद्यम गर्न सकिन्छ । विश्व भुमन्डलीकरण भई रहेको आजको समयमा मानिसको आवश्यकता जिवन निर्वाहमा मात्र सिमित छैन, आधुनिक सभ्यताको महंगो जिवन शैली, सन्तानलाई महङ्गो स्वास्थ्य, शिक्षा प्रदान गर्ने, भविष्यको बचत आदिका लागि पैसा कमाउन आवश्यक छ । यि सबै कुराकोे लागि पैसा कमाउने मुख्य बाटो उद्यमशिलता नै हो । हामि नेपालीहरुको शैक्षिक विकास ढिलो भएको कारण पढ्ने र जागिर खाने संस्कारले गाँजेको कारण उद्यमशिलताको कृयाकलाप कम भएको हो । छिमेकी राष्ट्र चिनको जनसंख्या १ अर्ब ४१ करोडमा १ अर्ब ४० करोड मानिस उत्पादन र बजारिकरणमा जोडिएको तथ्यले देखाउँछ । यसै कारणले त चीनले विश्व बजारमा आफ्नो वर्चश्व कायम गरेको छ ।



२.उद्यमशिलताको लागि नयाँ सोच विचार
पहिले विचारका कारण राजनितीक परिवर्तन हरु भए, तर आज विचारले धन कमाउनु आवश्यक छ । उद्यमी बन्न उद्यमशील विचार चाहिन्छ, आफुले पहिले विचारले उद्यमी बन्न दृढ संकल्प गर्नु पर्छ, यदि दृढ संकल्प छ भने जित्न चाहने मानिस कहिल्यै हार्दैन । पहिले जिवनको निर्धारित लक्ष्य निर्धारण गरी, लक्ष्यलाई ठुलो अक्षरमा लेखेर भित्तामा टाँस्नु पर्छ ता कि विहान देखि वेलुका सम्म ५/७ पटक हेर्न सकियोस् । यसबाट अवचेतन मनमा लक्ष्य सेट हुन्छ र माइण्डले त्यसै अनुसार काम गर्न थाल्छ । अर्को कुरा सफल उद्यमी बन्न मास्टर माइण्डको उपयोग गर्नु पर्दछ । दुई वा दुईभन्दा बढी मानिसको मास्टर माइण्ड विचारबाट कुनैपनि कामको गुणात्मक परिणाम हासिल हुन्छ । यसै गरी सफल उद्यमी बन्न मानिसमा हुने आधारभुत छ प्रकारका डर हरु (गरिबीको डर, आलोचनाको डर, बिरामी हुने डर, प्रेम छुट्ने डर, बुढाबुढी हुने डर र मर्ने डर) को अन्त्य गर्नु पर्छ । यसका लागि संधै सकारात्मक सोचको विकास गर्न आवश्यक छ । अर्को कुरा आनीवानीमा परिवर्तन ल्याउन आवश्यक छ । आफुलाई जे काम गर्न मन लाग्दैन त्यो काम पहिले गर्ने बानीको विकास गर्ने मानिसमात्र सफल उद्यमी बन्दछ । उद्यमी बन्न प्लिजीङ् पर्सनालिटी हुन अति आवश्यक छ यसले व्यवस्थापन र बजारिकरणमा सहयोग पुग्दछ initiation & leadarship सफल उद्यमी हुन नभई नहुने अर्को महत्वपुर्ण तत्व हो । उद्यमी हुन लागत विश्लेषण, लेखा व्यवस्थापन, बचत, लगानी जस्ता कुराको लागि वित्तिय साक्षरता अति आवश्यक छ । त्यसै गरी आफ्नो काम उत्साहका साथ गर्ने, कसैले भनेको कुरामा सत्यतामा मात्र विश्वास गर्ने सहकार्य गर्न सक्ने मुद्धा मामिलाबाट टाढै बस्ने जस्ता वानीले मात्र सफल उद्यमी बन्न सकिन्छ ।
आफ्नो गाउँ सहरमा कस्ता सामाग्री भित्रन्छ? कस्ता सामानहरु बाहिरिन्छ, त्यहाँका मानिसलाई के के वस्तु तथा सेवाको आवश्यकता छ ? गाउँमा वा आफ्नो जमिनमा के–कस्ता सामाग्री उत्पादन हुन्छ ? वा भै रहेको छ? अरुले के कस्ता वस्तु तथा सेवा हरु बेचिरहेका छन ? के कस्ता वस्तु सेवाको उत्पादनमा बढी मूल्य प्राप्त हुन्छ जस्ता प्रश्नहरु बाट जवाफ खोजी त्यसलाई विश्लेषण गरी एउटा व्यवसाय शुरु गर्ने अठोट लिनु पर्दछ ।
३.व्यवसायको संभावना
अहिलेका मानिसहरु भौतिक सुख सुविधामा रमाउने भएकाले सूचना प्रविधि लाई उपयोग गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा अनेकन व्यवसायमा लगानी गर्ने संभावना नै संभावना छ, जुन यो छोटो समयमा व्याख्या गर्न सक्दिन । विशेष गरि शहरी क्षेत्रमा व्यवसाय वा नोकरी गरी बस्नु भएका रामेछापेली मित्र हरुलाई आफ्नो कमाईबाट अनिवार्य बचत गर्न र बचतको रकमबाट गाउँमा भएको जमिनको उपयोग गर्ने रणनिती अपनाउन पनि सकिन्छ । गाउँमा भएको जमीन सबैको बाँझो नै छ । गाउँ गाउँमा विद्युत सडकको सुविधा पुगेको छ , यस्तो भौतिक पुर्वाधारको उपयोग गरि सिजनमा छिमेकीसंग मिलेर खेति लगाउने सिंचाइ गोडमेल जस्ता कुरा आफै गएर गर्न सकिन्छ र पछि हार्वेस्टिङ गरी बजारमा बेचेर पैसा भित्र्याउने काम गर्न सकिन्छ । जमिनलाइ खाद्यवाली भन्दा नगदेवालीको उत्पादनमा जोड दिनु पर्दछ । रामेछापको माथिल्लो भेगमा किवी, आलु र अलैची, विचको भेगमा एभोकार्डो, जुनार सुन्तला कागति अदुवा वेसार खुर्सानी, चिया कफी खेति गर्न सकिन्छ । तल्लो भेगमा आँप, लिची, कटहर, हलुवावेद, ड्रागन फ्रुट, खरवुजा को व्यवसायिक खेति गर्न सकिन्छ हामिले हलुवावेदको ड्राईफ्रुटस् बनाएर सफल परिक्षण गरि सक्यौं । कृषि उत्पादनलाई मुल्य श्रृंखला वढाउने खालका प्रशोधन उद्योग आजको आवश्यकता हो । अर्काे कुरा रामेछापको सवै भेगमा दूधका लागि गाई भैसी, मासुका लागि बाख्रा, कुखुरा बगुंर पालन गर्न सकिन्छ । रामेछापमा हाल औपचारिक रुपमा दैनिक ५००० लिटर दूध बजारमा जाने गरेको छ, भने दैनिक ८०० लिटर दूध बनेपामा पैठारी भैरहेको छ, यसलाई बढाएर दैनिक १० हजार लिटर दूध शहर पठाउन सके हरेक किसानको जिवन शैली परिवर्तन हुन्छ । रामेछापमा कृषि क्षेत्रमा उत्पादन मात्र भए बजारीकरणलाई धेरै समस्या छैन मन्थलीमा जिल्ला कृषि सहकारी संघ ली. रामेछापको सहकार्यमा तामाकोशी एग्रो प्रा.ली. (TAARC) ले स्थानिय कृषि उपज संकलन र वितरण गर्दै आएको छ । काठमाडौं, तराई जहाँ सुकै उचित दरमा बजारीकरण गरिरहेको छ ।
अन्तमा उद्यमशिलताको लागि निम्न कितावहरु पढ्न र आफ्ना सन्ततीलाई पढ्न लगाउन पनि म आग्रह गर्द छु । जस्तैः कर्ण शाक्यको खोज, सोच, विनोध चौधरीको आत्म कथा विदेशी कितावहरुः MRobert T Kiyosaki – Rich dad Poor dad, Nepolian Hill – Law of success, Think & Grow Rich, The Gretest Salseman of the world- Ag Mendino , Richest man of Bebilon, Ikigai, Purple cow , Inteligent investers, psychology of Money, sell & sold, advance sale skill, Eat that Frog , The Parable of the Pipeline , Automic Habits, Who Moved My Chease. We can win etc.


