Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home खेलकुद

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक १०, २०८२

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार र सोमबार गरी पहिलो चरणका दश खेल सम्पन्न भएका हुन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ भने तेस्रो खेलमा मण्डन देउपुर नगरपालिका काभ्रेले मैरे सुनापति–२ लाई हराएको थियो । 

त्यस्तै चौथो खेलमा बेथान युवा समाजले सुनापति–५ लाई हराएको थियो भने पाँचौ खेलमा मैरे सुनापति–२ ले लामाज ग्रुपलाई हराएको छ । छैटौँ खेलमा मुगिखोला युवा क्लबले आरबी सप्लायर्सलाई हराएको थियो । त्यस्तै सातौँ खेलमा जि एन ई बि एस माकादुमले बेथान युवा समाजलाई हराएको थियो । त्यसै गरी आठौँ खेलमा लामाज ग्रुपले मण्डन देउपुर नगरपालिकालाई हराएको थियो भने नवौँ खेलमा आयोजक टिम (सुनापति गाउँपालिका खेलकुद विकास समिति) ले मुगीखोला युवा क्लबलाई पराजित गरेको थियो । 

अन्तिम खेल अर्थात् दशौँ खेलमा जि एन ई बि एस माकादुमले सुनापति ५ लाई पराजित गरेको थियो । आइतबार र सोमबार दुई दिन भएका पहिलो चरणका दश खेल मध्ये ९ खेलमा जित हासिल गर्ने सबै टिमले सोझो सेटमा जित हासिल गरेका थिए भने एक टिमले मात्रै २÷१ ले हराएको थियो । 

सोमबार पहिलो चरणका सबै खेल सम्पन्न भइसकेकाले मंगलबार क्वाटर फाइनलका खेलहरू हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । 

सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुने टिमले १ लाख, तेस्रो हुने टिमले ५० हजार र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार जित्ने छन् । त्यसै गरी उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छ ।

Related Posts

जीवन अमूल्य छ: समस्या पर्दा एक्लै नबसौँ, कुरा गरौँ
विचार

जीवन अमूल्य छ: समस्या पर्दा एक्लै नबसौँ, कुरा गरौँ

संवादाताः हाम्रो प्रहार
भदौ २५, २०८३
0

नोर्बु योञ्जन विश्वभर हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन मनाइने ‘विश्व आत्महत्या रोकथाम दिवस’ सन् २०२६ मा आत्महत्यासम्बन्धी दृष्टिकोणमा परिवर्तन...

पुरा पढ्नुहोस्
तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?
विचार

तीन वर्षकी बालिकाको चित्कार: बढ्दो हिंसाबीच हामीभित्रको मानवता कहाँ हराउँदैछ ?

संवादाताः हाम्रो प्रहार
भदौ ५, २०८३
0

दुर्गा भुजेलतीन वर्ष । एउटा बालिकाको जीवनमा यो उमेर संसार बुझ्ने होइन, संसार चिन्न सुरु गर्ने उमेर हो । आमाको...

पुरा पढ्नुहोस्
पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस
विचार

पहिचान, अधिकार र अस्तित्वको आवाजः ३२ औँ विश्व आदिवासी दिवस

संवादाताः हाम्रो प्रहार
साउन २४, २०८३
0

दुर्गा भुजेल“प्राप्त अधिकारको रक्षा आजको आबस्यकता ,पहिचान सहितको समाबेशी र न्यायपुर्ण नेपालमा हाम्रो साझा प्रतिबद्धता” आज ३२औँ विश्व आदिवासी दिवस...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper