Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

कृषिमा विपरीत यात्रा

नवीन गाउँले संवादाताः नवीन गाउँले
२०८१ भाद्र १६

यो समय भन्दा धेरै अगाडि काठमाडौँ उपत्यकाको उर्वर जमिनको सन्दर्भमा यस्तो धारणा बनेको रहेछ, सिङ्गो उपत्यका कृषिमा लगाउने हो भने नेपालको सिङ्गो जनताको लागि अघाउने गरी खुवाउन सकिन्छ । यो धारणा अहिले मिथक जस्तो लाग्न सक्छ । यद्यपि यो सत्य थियो । इतिहासहरू पढ्दा थाहा लाग्छ । पन्ध्रौं शताब्दी तिरै सुरु भएको काठमाडौँ उपत्यकाको कृषि अर्थव्यवस्था १९५० को दशक सम्म खास परिवर्तन भएको थिएन । त्यहाँका पुरै जमिन खेतीयोग्य जमिन थियो र खेती कै रूपमा उपयोग भइरहेको थियो । सन १९५० को दशकमा काठमाडौँ उति बिघ्न शहरीकरणमा परिणत भइसकेको थिएन । जब त्यहीँ दशकबाट शहरीकरण बढ्न थाल्यो उपत्यकामा थुप्रै बदलावहरू पनि सुरु भयो । मुख्य कुरा त्यहाँको उर्वर जमिनहरूमा घरहरूको निर्माण हुने क्रम बढ्यो । १९९० पछि जब देश भरिका बासिन्दाहरू शिक्षा, स्वास्थ्य, रोजगार र अन्य अवसरका लागि उपत्यका आउन थाल्यो त्यसपछि झन् शहरीकरणले तीव्रता पायो । आज यो समय सम्म आइपुग्दा त्यो उपत्यका अहिले घना क्रंक्रिडको शहरको रूपमा परिणत भइसकेको छ भने कृषि योग्य उर्वर जमिन धरासायी भइसकेको छ । त्यो उपत्यकामा अहिले खेती होइन, आना आनामा क्रंक्रिडहरुको घर निर्माण हुन्छ । जसले नेपालको सिङ्गो नागरिकलाई भोजन गराउने सामर्थ्य राख्थ्यो । खैर यो सन्दर्भ जोडिरहनेको कारण शहर निर्माण हुनु र नहुनुमा होइन ।

खास अर्थमा कृषि प्रधान देश त भनियो तर कृषिलाई  उल्टो दिशा तिर हिँडाइयो । उर्वर भूमि कृषिको लागि उपयुक्त जहाँ हामीले शहरीकरण होइन कृषि कै लागि त्यो ठाउँलाई व्यवस्थित गर्न सक्नु पर्थ्यो । विकास नियमित प्रक्रिया हो । मानिसको जनसंख्या वृद्धिदर पनि भइरहने कुरा हो । मानिसका लागि भोजन भने महत्त्वपूर्ण कुरा हो । जीवन रहे नै विकास हो । हामीले त्यहीँ भोजन उत्पादन गर्ने उर्वर भूमिहरूलाई शहरीकरणका परिणत गरिरहेका छौँ र उर्वर जमिनलाई नष्ट गरिरहेका छौँ । यस्तो योजना विहीन सहरीकरणले हुने र नहुने बीच ठुलो खाडल भएको हाम्रो जस्तो देशमा आर्थिक र सामाजिक संङ्कटहरु बढाउनेछ । कृषिका लागि उपयुक्त जमिनहरूमा शहरीकरण हुन थाले पछि कृषिमा उत्पादकत्व घट्नेछ । त्यसले अहिले देखिँदै आइरहेको खाद्य असुरक्षा झन् तीव्र रूपमा बढ्नेछन् । गरिब र धनी सम्पन्नता र विपन्नतामा भइरहेको खाद्य असन्तुलनको फाटो र दुरी अझ बढ्नेछ । खाद्य संकट हुनथालेपछि प्राकृतिक स्रोत र साधनहरूमा मनमौजी अतिक्रमण र दोहनहरू हुन थाल्नेछन् । मानिसका लागि चाहिने पौष्टिक आहारहरू उपभोगका लागि निरन्तर असहजता तीर जानेछ । त्यसले थुप्रै स्वास्थ्य समस्याहरू निम्त्याउनेछ । आयातित बस्तुहरूमा आकासिंदो मुल्यबृद्धिले शहरी क्षेत्रमा बस्ने निम्न आए भएका घर परिवारहरूमा थप खाद्य असुरक्षा हुनेछ किनभने शहरी बस्तीको खाद्य आपूर्ति आयात बाटै निर्भर हुने गरेको छ ।

हाम्रो प्रहार डटकम

१९९० सम्म काठमाडौँ उपत्यकामा उत्पादित अन्नबाली र अन्य तरकारीले त्यहाँको बासिन्दाको आवश्यकतालाई त्यहीकै उत्पादनले पूर्ति गर्न धेरै हदसम्म धानेको थियो । जब उपत्यकामा शहरीकरणले तीव्रता पायो कृषि उर्वर भूमिहरू भौतिक संरचनाको निर्माणले ध्वस्त हुँदै गयो । जसका कारण अहिले काठमाडौँलाई चाहिने आवश्यक खाद्यान्न लगायत कृषिजन्य बस्तुहरू अन्यत्र बाट आपूर्ति गर्नु पर्छ । काठमाडौँ उपत्यका अहिले खाद्यमा पर–निर्भरतामा बाँच्नु परेको छ । सवाल काठमाडौँ उपत्यकाको होइन ? सवाल काठमाडौँ उपत्यका जस्ता थुप्रै ठाउँहरूको हो, जहाँ कृषिका लागि उर्वर जमिन थिए जसले हाम्रो देशलाई खाद्यान्नमा आत्मनिर्भर राख्न सक्थे । ती ठाउँहरू क्रमिक रूपमा निरन्तर क्रंक्रिडको शहरमा विकास र परिणत भइरहेका छन् र शहरीकरणको नाममा हामी  कृषि योग्य जमिनहरू नष्ट गिरहेका छौँ । उर्वर जमिन जहाँ शहरीकरण गर्ने नहुने ठाउँ हामीले शहरीकरण गरिरहेका छौँ । अनि हामी नै भन्छौ किन कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौँ ? एकातिर हामीले कृषिलाई सम्मानित पेशाको रूपमा विकास गर्न सकिरहेका छैनौ, जसले युवाहरूलाई कृषिमा आकर्षित गर्न सकेको छैन । कृषि पेशा तुच्छ कर्म हो भन्ने भाष्यलाई राज्यले चिर्न सक्नु पर्छ । कृषकलाई सम्मानित जीवन बाँच्न सक्ने बनाउन राज्यको दायित्व हो । जसका कारण कृषि पेशा प्रति युवाहरूको पनि आकर्षण बढावस् । गाउँमा अहिले मानिसहरू पाउन मुस्किल भइसकेको छ । घरहरू रित्तिँदै छन्, भए पनि दुई जना (जो श्रम गर्न सक्दैन) बुढाबुढी मात्र छन् । गाउँमा अहिले मानिसको मृत्यु हुँदा आठ दस जनाले घाट पु¥याउनु पर्ने स्थिति बनेको छ । युवाहरू कि विदेश पलायन भएका छन् कि शहर केन्द्रित भएका छन्, जसको कारण अहिले गाउँका पचास प्रतिशत जमिनहरू बाँझै छन् । जमिन बाँझो हुने क्रम निरन्तर बढिरहेकै छ । कृषि पेशा प्रति युवाहरूमा किन आकर्षण छैन ? त्यो हुनुको कारणको खोजी पनि गरिएको छैन ।

कृषि भन्दा सरल र आर्थिक रूपले फाइदाजनक वैकल्पिक रोजगार उनीहरूको रोजाई बनेको छ । परम्परागत कृषिको लागि राज्यले न कुनै वैकल्पिक आधारहरू दिन सकेको छ । न प्रणालीहरूको विकास नै  गरेको छ । युवाहरूका लागि हाल विकल्पको रूपमा उपलब्ध भनेको नै खाडीको देशमा ५० डिग्री सेल्सियसको तातोमा श्रम गर्नु नै हो । यसले थुप्रै प्रश्नहरू पनि जन्माएको छ । हामी र हाम्रोमा किन युवाहरूमा यस्तो मानसिकताको विकास भइरहेको छ । जबकि आफ्नो देशमा चाहिँ श्रम गर्न हिच्किच्याउने युवाहरू अरूको देशमा चाहिँ विषम परिस्थिति झेलेर भए पनि रोजगारी गर्न जाने ? कृषि पेशा कठिन, समयको धैर्यता र मिहिनेत धेरै लाग्ने र थोरै आम्दानी सँगै मौसममा निर्भर रहनु पर्ने हुँदा पनि यसको आकर्षण युवाहरूमा घटेको हो । यसको लागि राज्यले समुचित सम्बोधन र उचित व्यवस्थापनको साथै सम्मानजनक पेशाको रूपमा लैजान सक्नु पर्छ । ताकि युवाहरूलाई कृषि पेशामा आकर्षण बढावस् । एकातिर हामी कृषिका लागि उपयुक्त उर्वर जमिनहरुमा घना बस्तीहरू निर्माण गरिरहेका छौ र उर्वर जमिनहरू नष्ट गरिरहेका छौँ भने अर्कोतिर जो कृषिका लागि अनुपयुक्त जमिनहरुमा कृषिका लागि भनेर लगानी गरिरहेका छौँ । यस्तो अबुझ पूर्ण कुराले हामीलाई कहाँ पुर्‍याउला ?

२०८१ भदौ १६ गतेको प्रहार खबर साप्ताहिक पत्रिकामा प्रकाशित

समसामयिक विषयमा कलम चलाउने नवीन गाउँले प्रहार खबर साप्ताहिकको नियमित स्तम्भकार हुन् ।

आफ्नो प्रतिकृया दिनुहोस्

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०२० हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper