Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home विचार

व्यवस्था दोषी कि, पात्रहरू ?

संवादाताः नवीन गाउँले
अशोज ६, २०८१

आजको आलेख एउटा प्रश्न बाटै सुरु गर्न चाहन्छु । हाम्रो देश समृद्धि नहुनुमा व्यवस्थाको ठुलो दोष हो कि ? व्यवस्थापन र  पात्रहरूको दोष ठुलो हो ? यो सवालको बहस यो समयमा केन्द्रीय बहसको रूपमा आउनु पर्नेछ । हामीले साढे सात दशकको राजनीतिक परिवर्तनलाई हेर्याै भोग्यौ । २००७ साल पछिका परिवर्तित व्यवस्थाहरूलाई पनि नजिक बाट नियाल्यौ । तीस बर्षे निरंकुश पंचायत, २०४६ सालको प्रजातन्त्रको पुनः स्थापना । अग्रगमन र प्रतिगमनको आरोह–अवरोहहरू । प्रजातन्त्र स्थापना पछि पनि पटक पटक भएका प्रतिगमनका असफल प्रयासहरू । दश बर्षे सशस्त्र द्वन्द्व, २०६०÷२०६१ को राजाको शाही दमन । २०६२÷६३ को दोस्रो जनआन्दोलन र २०७२ सालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान सम्मको चरण बद्ध राजनीतिक परिवर्तनलाई भोग्यौ । २०७२ को नयाँ संविधान पश्चात् पनि एक दशक गुमाउन लागि सक्यौं। अब सवाल र प्रश्न उठ्छ यति लामो चरणबद्ध परिबर्तन पश्चात् पनि देश चाहिँ किन माथि उठ्न सकेन ? देश किन बन्न सकेन ? यसको बाधक के हो ? व्यवस्था कि ? पात्रहरू ?

एक समय थियो, जति बेला जनताको मुक्ति र देशको समृद्धिका खातिर आधुनिक नेपालको निर्माणका लागि आम जनताको भरोसा र देशको हितमा निरंकुश शासकहरूसँग लड्न हिम्मत राख्ने, राज्य शक्ति र पदीय प्रलोभन नपरी आफ्नो शिर नझुकाउने बिपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारीहरू जसले प्रजातन्त्र लोकतन्त्र र सामाजिक न्यायका खातिर निर्भीकता र निष्ठाका साथ लडे । ती नेतृत्वहरूमा व्यक्तिगत स्वार्थ भन्दा माथि देशको स्वार्थ बढी थियो । तत्कालीन समयमा ती नेतृत्वहरूमा आलोचनात्मक चेत सहित बुलन्द आवाजले देशका सम्पूर्ण युवाहरूलाई जहानियाँ शासनको विरुद्ध लड्न उत्प्रेरित गराउँथ्यो । जसमा व्यक्तिगत लोभ र हित भन्दा देशको हित सर्वोपरि हुन्थ्यो । ती नेतृत्वहरूमा वैचारिक अडान, सत्य निष्ठा, त्याग, समर्पण र धर्यताले सुशोभित थिए । जसको बलमा आफूलाई इतिहाँसको पानामा अमिट रूपमा लेखाउन सफल भए । तिनै महात्माहरूले देखेको सपना, परिवर्तनको भोग र देशको परिवर्तनको  परिकल्पनालाई यति लामो व्यवस्था परिवर्तनको लामो यात्राले पनि अपेक्षाकृत सुधार अहिलेसम्म पनि किन दिन सकेन ? किन पूरा भएन ? हुन सकेन ? व्यवस्था परिवर्तनले मात्र अवस्था परिवर्तन नहुँदो रहेछ भन्ने प्रश्नहरू जन्मिनु अहिले स्वाभाविक जस्तो भएको छ । हामी कहाँ चुक्यौ होला त ? नागरिकले व्यवस्था प्रति खोट देखेका थिए । व्यवस्था परिवर्तन गर्न सङ्घर्ष गरे । 

नागरिक कै बलिदानमा पटक पटक व्यवस्थाहरू पनि परिवर्तन भयो । तर देशले समृद्धि हासिल गर्ने कुरा अझै ज्युँका त्युँ नै रहनुको कारण के हुन सक्छ ? व्यवस्था परिवर्तनको यो लामो यात्राले अपेक्षाकृत समृद्धि र सुशासन ल्याउन नसकेको कुरा नेपालको सन्दर्भमा धरातलीय यथार्थ हो । यो सत्यलाई नकारेर नकार्न सकिँदैन । २०७२ सालको नयाँ संविधानले मार्ग निर्देश गरेको मूल समावेशिता, समानता र सामाजिक न्याय मूलधारमा स्थापित त भए तर समृद्धि र सुशासन भने किन हुन सकेन ? यसको सगोल जवाफ अहिले हामीले प्रणाली र व्यवस्था भन्दा राजनीति पात्रहरू सँग खोज्नु पर्ने अवस्था आएको छ । मुख्य कुरा राजनीतिक पात्रहरूमा देखिएको राज्यसत्ता प्रतिको लोभ, बिचारको स्खलनता, नैतिक पतनता, वैचारिक असक्षमता, भ्रष्ट चरित्र, पदलोलुपता र मूल्यहीनता नै राजनीतिक पात्रहरूमा चुलिँदै गइरहेको समस्या हो । यसको कारण नै देशको प्रगति नहुनु मुख्य बाधक हो । आचरण, भाषण, बिचार, एजेण्डा, घोषणा पत्र, प्रतिबद्धताहरूमा मूल नेतृत्वहरू नै आज गुमाइरहेका छन् । समाज रूपान्तरण लागि चाहिने वास्तविक बिचार र एजेन्डाहरु खडेरी पर्दै गइरहेको छ । आचरणको शुद्धतामा कमजोरी, तुच्छ बिचारको सम्प्रेषणीयता, अनैतिक प्रहार, घृणा फैलाउने वाकयुद्धमा अहिलेका नेतृत्वहरू तल्लीन देखिन्छ । देशलाई डो¥याउने बिचार र आशाबादिता भन्दा भाषणमा कि हाँसो कि  गाली सुनिन्छ । आफू र आफ्नो बिचार मात्र ठुलो हो देखाउन अरूलाई होच्याउने राजनीतिक संस्कृतिको विकास भइरहेको छ । अरु भन्दा हाम्रो धर्म, हाम्रो जात, वर्ण र छालाको रंग श्रेष्ठता हो भन्ने भावनाको विकास हुनु झन् देशको लागि बृहत्तर घातक हो । धर्म, जाती, क्षेत्रीयताको नाममा विभक्त राजनीति भइरहेका छन् । देशमा धर्मको राजनीतिले कति अशान्त बनाइरहन्छ भन्ने उदाहरण छिमेकी मुलुक भारत र पाकिस्तान, इजरायल र प्यालेस्टाइनलाई हेरे पुग्छ । भ्रष्टाचारीहरू एउटा सिङ्गो पुस्ताका लागि र समृद्धिका लागि बाधक त हुन्छन् नै । तर केन्द्रीकृत एकल राज्यको वकालत गर्दै धर्मको राजनीति गर्नेहरू वर्तमान एक पुस्तालाई मात्रै उद्वेलित बनाउँदैन ? देशको समग्र भविष्य माथि नै खेलबाड गरिरहेका हुन्छन्।अब मूल प्रश्न तिरै आऊ देश समृद्धि नहुनुमा व्यवस्था दोषी कि ? व्यवस्थापन र पात्रहरू ? नेपालको सन्दर्भमा वैचारिक र राजनीतिक रूपमा सङ्कटग्रस्त हुनुमा अब समस्या व्यवस्था भन्दा व्यक्ति र पात्रहरूमा देखिँदै गइरहेको छ । यसको मूल प्रश्नको जवाफ हाम्रो जस्तो देशमा अहिले व्यवस्था बाधक भन्दा व्यक्ति र पात्र सँग सम्बन्धित हुँदै गइरहेको छ । त्यो सत्यता अब लुकाएर लुकाउन सकिँदैन ।

२०८१ असोज ६ गतेको प्रहार खबर साप्ताहिक पत्रिकामा प्रकाशित

समसामयिक विषयमा कलम चलाउने नवीन गाउँले प्रहार खबर साप्ताहिकको नियमित स्तम्भकार हुन् ।

Related Posts

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने
खेलकुद

सुनापति गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका दश खेल सम्पन्न, मंगलबार क्वाटर फाइनलका खेल हुने

संवादाताः हाम्रो प्रहार
कार्तिक १०, २०८२
0

रामेछाप– आइतबारदेखि सुरु भएको सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन्...

पुरा पढ्नुहोस्
आफैँप्रति निर्मम बनौँ !
विचार

आफैँप्रति निर्मम बनौँ !

संवादाताः हाम्रो प्रहार
कार्तिक ४, २०८२
0

हामीले सानै उमेरदेखि परिवर्तनको बाटो खोज्यौँ । त्यस्ता साहित्य खोजी खोजी पढ्यौँ । जुन साहित्यले क्रान्तिको मार्ग फराकिलो बनाउँछ ।...

पुरा पढ्नुहोस्
उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को
विचार

उद्यमशिलता : ज्युँदै मर्‍याको भनि नाम कस्को, उद्यम बिना वित्दछ काल जस्को

संवादाताः हाम्रो प्रहार
जेष्ठ १७, २०८२
0

१.परिचयप्राकृतिक रुपमा प्राप्त अवयब हरुलाई स्वरुप परिवर्तन गरि प्राणी जगतलाई उपयोगी सामाग्री तथा सेवाको नयाँ सिर्जना गर्नु नै उद्यम गर्नु...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper