Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

समृद्धि ल्याउन सरकारको एक्लो प्रयासले हुँदैन

संवादाताः हाम्रो प्रहार
बैशाख ३, २०८१

रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले नगरलाई समृद्ध बनाउन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताएका छन् । सोमबार जिल्ला कृषि सहकारी संघ रामेछापले आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान नथा २०८१ सालको भित्ते पात्रो लोकार्पण कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख श्रेष्ठले नगरलाई समृद्ध बनाउन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नभएको र त्यसको लागि कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर सबै लाग्नु पर्ने बताएका हुन् । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले समृद्ध नगर बनाउन अगाडि सारेका योजनालाई कार्यान्वयनमा ल्याउन र थप सहयोग गर्न सबै सरोकारवाला निकायहरू लाग्नु पर्नेमा जोड दिए ।

रामेछाप जिल्लामा उत्पादन भएका पशु तथा कृषि जन्य बस्तुलाई बजारीकरण गर्न नगरपालिकाले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख श्रेष्ठले किसानहरूले पनि गुणस्तरीय बस्तु उत्पादनमा ध्यान दिनु पर्ने भनाइ राखे । अहिले एउटै किसानले धेरै प्रकारका कृषि वस्तु उत्पादन गर्न लाग्दा भने जति उत्पादन नहुने र गुणस्तरयुक्त बस्तु पनि उत्पादन नहुने समस्या देखिएको बताउँदै नगर प्रमुख श्रेष्ठले अब एक किसानले एक प्रकारको मात्रै र गुणस्तरीय बस्तु उत्पादनमा ध्यान दिने पर्ने बताए ।

जिल्लामा उत्पादन हुने बस्तुलाई जिल्लामै खपत गर्ने गरी अभियान सुरु गर्न र त्यसको लागि कृषि सहकारी संघले अगुवाइ गर्न पनि नगर प्रमुखले अनुरोध गरेका छन् ।

जिल्लामा उत्पादन हुने पशु तथा कृषि जन्य बस्तुलाई जिल्लामा खपत गर्ने, जिल्लामा खपत हुन नसकेका बस्तुलाई विभिन्न शहरहरुमा लगेर विक्री गर्ने र किसानलाई बढी भन्दा बढी उत्पादन गर्नलाई प्रेरित गर्ने गरी कृषि सहकारी संघले योजना बनाएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष कुमार श्रेष्ठले बताए । उनले जिल्लाका ८ स्थानीय तहलाई लक्षित गरेर एक पालिकाको उत्पादनलाई अर्को पालिकामा पु¥याएर जिल्लामै खपत गर्ने वातावरण तयार गर्न लागिएको समेत बताए । 

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव नविन केसी, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, जिल्ला बहुउद्देश्यीय सहकारी संघ रामेछापका अध्यक्ष चन्द्र मानन्धर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापका निमित्त कार्यालय प्रमुख विनिशा श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका सहसचिव रामचन्द्र वि.क., जिल्ला कृषि सहकारी संघ रामेछापका सचिव सुन्दर घिमिरे र कोषाध्यक्ष भानुभक्त श्रेष्ठले नयाँ वर्षको शुभकामना दिँदै स्थानीय उत्पादनलाई बजारीकरणमा बढी ध्यान दिन सरोकारवाला निकायहरूलाई आग्रह गरेका थिए । 

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper