Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

‘प्रचण्डले झुट बोलेर गठबन्धन टुटाए’- काँग्रेस नेता राणा

संवादाताः हाम्रो प्रहार
चैत्र २, २०८०

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाली काँग्रेससँग गठबन्धनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झुट बोलेर गठबन्धन टुटाएको आरोप लगाएका छन् । नेपाल तरुण दल रामेछापले शुक्रवार रामेछापमा आयोजना गरेको प्रथम तरुण जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य राणाले आफ्नो पार्टीसँग गठबन्धनमा रहेका प्रधानमन्त्री दाहालले गठबन्धन टुटाउने अघिल्लो दिन सम्म पनि गठबन्धन फुट्दैन भन्दै झुट बोलेर फागुन २१ गते बिहान गठबन्धन टुटाएको आरोप लगाएका हुन् । प्रतिनिधि सभा सदस्य समेत रहेका राणाले गठबन्धन टुट्नुको कारण बताउँदै भने– ‘गएको निर्वाचन देखि नै काँग्रेस, माओवादी लगायतका दलहरू मिलेर चुनाव लडेको र सरकार पनि चुनावमा एकै ठाउँ भएका दलहरू नै मिलेर बनेको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुटाउने दिन सम्म पनि गठबन्धन टुट्दैन भनेर झुट बोली रहनुभयो, त्यसपछि काँग्रेस उपसभापति र काँग्रेस नेता कृष्ण सिटौला फागुन २१ गते प्रचण्डलाई भेट्ना जाँदा काँग्रेसमाथि विभिन्न आरोप लगाएर गठबन्धन टुटेको बताउनु भयो । यो राजनीतिक बेइमानी भएकोले काँग्रेसले संसदमा पनि प्रचण्डबाट धोका भएको भनेको हो र भोली पनि हामी भनी रहन्छौँ ।’

गठबन्धन टुटेर काँग्रेसलाई केही फरक नपर्ने तर गएको निर्वाचनमा काँग्रेस र माओवादीले मतदाताको पुगेर हामीलाई जिताएमा पाँच वर्ष सम्म सँगै बसेर देशलाई विकास गर्ने प्रतिबद्धता जनाएकाले प्रचण्डले काँग्रेससँग गठबन्धन टुटाउँदा जनतासँग गरेको बाचा समेत झुटमा परिणत भएको नेता राणाको भनाई रहेको छ । 

काँग्रेसका आन्तरिक विषयलाई लिएर काँग्रेससँगको गठबन्धन अन्त्य भएको भन्ने प्रचण्डको धारणा केवल जनतालाई ढाँट्ने काम मात्रै भएको नेता राणाको भनाई रहेको छ । अहिले सरकारमा सहभागी भएका कतिपय दलहरूले पनि प्रचण्डले राजनीतिमा दिने गरेको धोकाको बारेमा सार्वजनिक रूपमा नै कुरा उठाउँदै हिँडेकाले पनि काँग्रेस, माओवादी लगायतका दलहरूको गठबन्धन टुट्नुमा मुख्य कारण प्रचण्ड आफै भएको पुष्टि भएको उनको भनाई रहेको छ । 

माओवादीसँगको गठबन्धन टुटेपछि काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भन्ने अनावश्यक हल्ला मात्रै भएको नेता राणाले स्पष्ट पारेका छन् । 

२६ सय माओवादी कार्यकर्तालाई सहिद घोषणा गरेर १० लाखका दरले रकम दिने अघिल्लो मन्त्रीपरिषद्को क्याबिनेटले निर्णय गरेको र त्यो रकम देशको आर्थिक सङ्कटलाई हेर्दा तत्काल दिन नसिकने भनेर अर्थमन्त्री डा. प्रकाश शरण महतले भनेको कारण नै गठबन्धन टुट्नुको मुख्य कारण भएको काँग्रेस नेता राणाको ठहर रहेको छ । 

नेपाल तरुण दलको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका उदय शम्शेर राणाले नेपाल तरुण दलले आफ्नो संगठनलाई अधिवेशन गराएर थप सशक्त बनाएर जानु पर्नेमा जोड दिए ।

नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ, नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), लगायत नेपाली काँग्रेसका जिल्ला तहका नेताहरूले प्रथम तरुण जिल्ला सम्मेलनमा भनाई राखेका थिए । 

Related Posts

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper