रामेछाप– विपी राजमार्ग स्थित सिन्धुलीको झांगाझोलीमा रातमाटामा यात्रुबहाक बस र मोटरसाइकाल ठोक्किएर घटना स्थलमै दुई जनाको ज्यान गएपछि स्थानीयले यात्रुबहाक बसमा आगजनी गरेका छन् । सोमवार विहान रामेछापको मन्थलीबाट काठमाण्डौ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्व अरनिको यातायात सेवा प्रालिको बस र काठमाण्डौबाट खुर्कोट तर्फ जाँदै गरेको वा ६० प ३५४५ नं को मोटरसाइक एक आपसमा ठोक्किएका थिए ।
सोही क्रममा मोटरसाइकलमा सवार खोटाङ जिल्ला दिक्तेल नगारपालिका वडा नं १० रुपाकोटकी १८ बर्षिया मुना कला राई र खोटाङ जिल्ला तुवाचुङ न.पा वडा नं २ का कुमार राईको ज्यान गएको थियो । मुनाकला राईको घटना स्थलमै र कुमार राइको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बस चालकलाई नियन्त्रणमा लिइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्