Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमालेको समृद्धिका लागि संकल्प यात्रा सोमबार साँझ रामेछाप आइपुग्ने

संवादाताः हाम्रो प्रहार
मंसिर २५, २०८०

रामेछाप- नेकपा एमालेले मङ्सिर १४ गतेबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको छ । बैतडीको झुलाघाटबाट सुरु भई पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने समृद्धिको लागि संकल्प यात्रा सोमबार रामेछाप आइपुग्ने भएको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालको जन्मथलो समेत रहेको रामेछापमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली सहितको टोली रामेछाप आउने भएपछि नेकपा एमाले रामेछापले कार्यक्रमलाई सफल बनाउन भव्य तयारी गरेको छ । 

सोमबार बिहान धुलिखेलबाट सुरु हुने यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै अपराह्न रामेछापको सदरमुकाम मन्थली आइपुग्ने नेकपा एमाले रामेछापले बताएको छ । 

टोली सोमबार साँझ रामेछाप आइपुगेपछि मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सन्देश सभासँगै विभिन्न सांस्कृतिक कार्यक्रम हुने छ भने मंगलबार बिहान अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर मंगलबार बिहान बिपी कोइराला र मदन–आश्रितको सालिकमा माल्यार्पन गरेर टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष श्रेष्ठले बताए । 

बैतडीको झुलाघाटबाट यात्रा सुरु गरेको एमालेले समृद्धिको यात्रा पनि त्यहीबाट सुरु भएको समृद्धिको यात्रामा रहेको एमालेले दाबी गरेको छ । देशको अधिकांश भूभाग ओगटेको मध्य पहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमालेको दाबी छ । जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसङ्ख्या बसोबास रहेको मध्य पहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्य पहाडी क्षेत्रमा रहेको सङ्केत गर्ने एमालेले आयोजना गरेका विभिन्न कार्यक्रममा अध्यक्ष केपी ओलीले बताउँदै आएका छन् । 

मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर अन्त्य हुने कार्यक्रम रहेको छ ।

Related Posts

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित
राजनीति

रामेछापमा रास्वपका कृष्णहरी बुढाथोकी निर्वाचित

संवादाताः हाम्रो प्रहार
फाल्गुन २४, २०८२
0

रामेछाप- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कृष्णहरी बुढाथोकी निर्वाचित भएका छन् । २४ हजार ८ सय ८ मत प्राप्त...

पुरा पढ्नुहोस्
अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा
राजनीति

अझै टुगिंएन रामेछाप काँग्रेसको उम्मेदवार, पाँच जनाको नाम छलफलमा

संवादाताः रामचन्द्र वि.क.
माघ ५, २०८२
0

रामेछाप– फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्न एक दिन बाँकी हुँदा समेत नेपाली काँग्रेस...

पुरा पढ्नुहोस्
रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper