Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home राजनीति

एमाले अधिवेशन: प्रतिनिधि चयनमा मनोमानी भएपछि खेलकुद महासंघका अध्यक्षले दिए राजीनामा

संवादाताः रामचन्द्र वि.क.
अशोज ७, २०८०

रामेछाप– नेकपा एमालेको प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौटमा मनोमानी भएको भन्दै नेपाल खेलकुद महासंघ रामेछापका जिल्ला अध्यक्षले पदबाट राजीनामा दिएका छन् । असोज ८ र ९ गते हुने बागमती प्रदेश अधिवेशनको लागि पालिकाबाट प्रतिनिधि छनौटमा निर्वाचन प्रक्रिया समेत नगराई सीमित व्यक्तिको मनोमानीबाट प्रतिनिधि छनौट भएको भन्दै जिल्ला अध्यक्ष तेजराज घिसिङले पदबाट राजीनामा दिएका हुन् ।

आइतबार (आफ्नो फेसबुक एकाउन्टबाट) एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष घिसिङले प्रतिनिधि छनौटमा असन्तुष्टि जनाउँदै राजीनामा गरेका हुन् । विज्ञप्तिमा घिसिङले लेखेका छन् –‘नेपाल खेलकुद महासंघ रामेछाप जिल्लाको दोस्रो अधिवेशन मिति २०७९/११/२५ गते मलाई सर्वसम्मत जिल्ला कमिटीको अध्यक्ष बनाई उक्त पदमा बसी कार्यभार समाल्दै आयको र हाल नेकपा एमाले प्रथम वाग्मती प्रदेश अधिवेशन को लागी यहीँ मिति २०८०/०५/२५ गते सम्बन्धित पालिका बाट प्रतिनिधि चयन गर्ने क्रममा मेरो पनि उम्मेदवारी रहेकोले खाँडादेवी पालिका निर्वाचन कमिटी लाई म स्वयंले मनोनयन दरखास्त दर्ता गरेको तर निर्वाचन प्रक्रिया समेत नगराई सीमित व्यक्तिको मनोमानी ढङ्गबाट म स्वयं लाई पनि सरसल्लाह र जानकारी समेत नगरी विधी प्रक्रिया नै मिचेर अलोकतान्त्रिक प्रक्रिया बाट प्रदेश प्रतिनिधि चयन गरिएको हुँदा नेकपा एमाले पार्टी विधि र विधान मा चल्नु पर्छ भन्ने मेरो मान्यता रहेकोले नेपाल खेलकुद महासंघ रामेछापको अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी गर्दछु ।’

राजिनामाको विषयमा हाम्रो प्रहार डटकमसँग कुरा गर्दै अध्यक्षले भने–‘खाँडादेवी गाउँपालिकामा १६ सय ४४ जना सङ्गठित सदस्य हुनुहुँदो रहेछ । त्यो आधारमा यो पालिकाबाट १३ जना प्रतिनिधि छनौट हुन पाउने भएकाले मैले पनि पार्टीको विधान अनुसार दरखास्त दिएँ । तर, दरखास्तको विषयमा कुनै पनि छलफल नगरी प्रतिनिधि छनौट भयो । यसरी पार्टीलाई कुनै पाइदा नहुने देखेपछि मैले राजीनामा दिएको हुँ । यस्तो कार्यले पार्टीलाई कुनै फाइदा गर्दैन । पार्टीका नेताहरूले यस्ता सीमित व्यक्तिको मनोमानीलाई रोक्न पहल गर्नु पर्छ ।’

घिसिङ गएको स्थानीय तहको निर्वाचन बेला नेपाली काँग्रेस खाँडादेवी गाउँपालिकाको सभापति त्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

Related Posts

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस
राजनीति

रामेछाप कांग्रेसका युवा नेताहरुले चलाउन थाले युवा नेतृत्वको बहस

संवादाताः हाम्रो प्रहार
कार्तिक १५, २०८२
0

काठमाडौं- नेपाली काँग्रेस रामेछापका युवा नेताहरुले रामेछापमा युवा पुस्ताको नेतृत्वको आवश्यकता र पार्टीभित्र रूपान्तरणको बहस चलाउन थालेको छन् । कांग्रेसको...

पुरा पढ्नुहोस्
पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल
राजनीति

पार्टीको नेतृत्व परिवर्तन अनिवार्य छ- काँग्रेस केन्द्रीय सदस्य पौडेल

संवादाताः हाम्रो प्रहार
अशोज १०, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले काँग्रेस पार्टीको नेतृत्व परिवर्तन अनिवार्य रहेको बताएका छन् । बिहीबार रामेछापको सदरमुकाम मन्थलीमा...

पुरा पढ्नुहोस्
सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा
राजनीति

सञ्चारमन्त्रीको अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलापमा

संवादाताः हाम्रो प्रहार
बैशाख ६, २०८२
0

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवकोटीले सरकार संचारमन्त्रीले नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुने गरी अभिव्यक्तिहरू दिइरहेको आरोप...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper