Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

राष्ट्रिय बाल दिवस: रामपुरमा एसइई र कक्षा १२ मा उतकृष्ट हुने विद्यार्थीलाई नगद सहित सम्मान

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८०

रामेछाप– रामेछाप नगरपालिका वडा नं ५ रामपुरले वडा भित्र रहेका विद्यालयको सहभागिता विभिन्न कार्यक्रमको आयोजना गरेर राष्ट्रिय बाल दिवस २०८० मनाएको छ । शुक्रवार आयोजित कार्यक्रममा अन्तर विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप सहित गएको शैक्षिक सत्रमा वडा भित्रको विद्यालयबाट एसइई परीक्षा र कक्षा १२ को परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने विद्यालाई सम्मान गर्दै बाल दिवस मनाएको हो ।

विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप अन्तरगत हाजिर जबाफ प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, हस्तलेखन प्रतियोगिता, म्युजिकल चेस रेस प्रतियोगिता र भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गराइएको रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा वडामा सञ्चालित विद्यालयबाट गएको शैक्षिक सत्रमा कक्षा १२ को परीक्षामा सहभागी भइ उत्कष्ट अंक प्राप्त गर्ने १० जना र एसइई परीक्षामा सहभागी भई उत्कृष्ट अङ्क प्राप्त गर्ने ७ जना विद्यार्थीलाई नगद पुरस्कार सहित प्रशंसा पत्र दिएर सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै प्रदेश स्तरको खेलमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरबाट सहभागी भएका ६ जना खेलाडीलाई पनि नगद पुरस्कार सहित प्रशंसा पत्रले सम्मान गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । वडाध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रममा वडाका ७ विद्यालयमा कार्यरत शिक्षक मध्येबाट प्रत्येक विद्यालयबाट एक जना पर्ने गरी उत्कृष्ट शिक्षक र जनता माविमा कार्यरत विद्यालय कर्मचारीललाई सम्मान गरिएको छ ।

वडाका विद्यालयमा कार्यरत विद्यालयको निजी श्रोत, स्थानीय तह, प्रदेश र सङ्घीय अनुदान कोटामा काम गरिरहेका अस्थायी ११ जना शिक्षकलाई पोषक भत्ता उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेको प्रमुख आतिथ्यता तथा रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडामा ७ विद्यालयले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकालाई चाँडै बालमैत्री नगर घोषणा गरिने कार्यक्रम रहेकाले त्यसलाई सफल बनाउन यस्ता कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नगर प्रमुख न्यौपानेले नगर भित्रको शैक्षिक सुधारको लागि नगरपालिकाको सिङ्गो टिम लागेर काम गरिरहेको बताएका छन् । नगर प्रमुख न्यौपानेले नगरको शिक्षालाई गुणस्तरीय शिक्षा बनाउनको लागि सबै भन्दा मुख्य अभिभावक हुने भएकाले नगरले अगाडि सारेका योजनामा अभिभावकले साथ दिनु पर्नेमा जोड दिए । अहिले नगरको शिक्षालाई गुणस्तरीय शिक्षामा परिणत गर्ने विभिन्न अभियान चलाइएको पनि नगर प्रमुख न्यौपानेले बताए ।

कार्यक्रममा वडाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, वडा भित्र रहेको ७ वटै विद्यालयका विद्यालय व्यवस्थापन समितिका वडाध्यक्षहरु, प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper