रामेछाप- नेकपा एस निकट पत्रकारको संगठन समाजबादी प्रेस संगठन नेपाल रामेछापको अध्यक्षमा कैलाश खत्री चयन भएका छन् । शनिबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले खत्रीको अध्यक्षतामा समाजबादी प्रेस संगठन नेपाल रामेछापको गठन भएको हो । संगठनको उपाध्यक्षमा चन्द्र बुढाथोकी, सचिवमा सौरभ श्रेष्ठ, कोषाध्यक्षमा चाहना प्रधान, सदस्यमा सुजिता केसी र भवानी खड्का चयन भएका छन् ।
यस अघि समाजबादी प्रेस संगठन नेपाल रामेछापको तदर्थ समितिको संयोजक चन्द्र बुढाथोकी रहेका थिए ।
अध्यक्षमा चयन भएका खत्री नेपाल पत्रकार महासंघ रामेछापको उपाध्यक्ष हुन् । उनि हाल हाम्रो प्रहार डटकममा उप-सम्पादक पदमा रहेर काम गरिरहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्