Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

भैसेसुर खानेपानी: ११ हजार लिटर पानी निःशुल्क, आफ्नै नाममा भवन र आधा करोड बचत

संवादाताः रामचन्द्र वि.क.
असार १५, २०८०

रामेछाप– मन्थली नगरपालिका वडा नं १ भैसेसुरका स्थानीयलाई २४ वर्ष अघि देखि पानी खुवाउँदै आएको भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्ताहरूको सहजतालाई ध्यानमा राखेर आफ्नो सेवालाई उपभोक्तामैत्री बनाउँदै लगेको छ । २०५६ सालमा गठन भएर खानेपानी विस्तारको काम गरिरहेको समितिले उपभोक्तालाई दिँदै आएको सेवा तथा सुविधालाई थप सहज बनाउनको लागि आफ्नै भवन निर्माण गरेर शुक्रवार देखि सञ्चालनमा ल्याएको छ ।

समितिको नाममा बनेको दुई तले पक्की भवनको शुक्रवार मन्थली नगरपालिका नगर प्रमुख लव श्रेष्ठले उद्घाटन गरेर भवन सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन नं ४ मन्थलीबाट प्राप्त योजनाबाट ५ कोठे सुविधा सम्पन्न भवन निर्माण भएपछि भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई उपभोक्तामैत्री काम गर्न थप सहज हुने भएको छ ।

नव निर्मित भवनको उद्घाटन गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्ताको सहजताको लागि लक्षित गरी ल्याएका योजनाहरूलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । स्थानीय सरकार स्थानीय नागरिकलाई अप्ठेरो पर्दा सहयोग गर्ने सरकार भएकाले भैसेसुर क्षेत्रका उपभोक्तालाई खानेपानीमा अप्ठेरो परेमा सहयोग गर्न जुनसुकै बेला पनि नगर तयार रहेको धारणा व्यक्त गरे । 

त्यस्तै मन्थली नगरपालिका वडा नं १ का वडाध्यक्ष होम प्रसाद पौडेलले भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति उपभोक्ता र खानेपानीमा आइपर्ने सानातिना समस्या आफै समाधान गर्न सक्ने हैसियतमा पुगेकाले वडा कार्यालयले संरक्षकको भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

प्रदेश सरकारबाट प्राप्त १ करोड ४७ लाख बराबरको बजेटबाट ५ कोठे दुई तले पक्की भवन, भवन कम्पाउन्ड, ५० हजार लिटरको पक्की ट्याङ्की, पाइप लाइन लगायतको काम गरिएको समितिका कोषाध्यक्ष सिताराम कार्कीले बताए । 

मासिक ११ हजार लिटर पानी निःशुल्क दिने समितिको बचत मात्रै झन्डै आधा करोड

उपभोक्ताको आवश्यकता अनुसार पानी उपलब्ध गराउँदै आएको भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले एक उपभोक्तालाई १ महिनामा ११ हजार लिटर सम्म पानी निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसरी निश्चित लिटर सम्म पानी प्रयोग गर्नेलाई निःशुल्क गरिदिने निर्णयले पानीको बचत हुने गरेको समितिका कोषाध्यक्ष सिताराम कार्कीले बताए । त्यस्तै भैसेसुर क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरू आर्थिक रूपमा विपन्न भएको पाइएमा छिमेकी १० जना उपभोक्ताले विपन्न हो भनी सिफारिस गरेमा त्यस्ता व्यक्तिहरूलाई पानीमा लाग्ने सम्पूर्ण शुल्क नलिने निर्णय भएको पनि कोषाध्यक्ष कार्कीले बताए । 

प्रत्येक आर्थिक वर्षको साउनमा उपभोक्ताहरूले २ सय समितिको खातामा जम्मा गरे उपभोक्ताले प्रयोग गर्दै आएको मिटर बिग्रेमा एक वर्ष सम्म नयाँ मिटर उपलब्ध गराउने गरिएको कार्कीले बताए । हाल ११ हजार सम्म निःशुल्क पानी दिँदै आएको समितिले उपभोक्ताको मागलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षबाट १५ हजार लिटर सम्म निःशुल्क गराउने गरी समितिमा छलफल भइरहेको समितिले बताएको छ ।

प्रत्येक महिना ११ हजार लिटर भन्दा कम पानी प्रयोग गर्नेलाई निःशुल्क पानी उपलब्ध गराउँदै आएको भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खातामा हाल ४९ लाख ६२ हजार बचत रहेको कोषाध्यक्ष कार्कीले बताए । 

हाल १ सय ९० घर उपभोक्ताले प्रयोग गर्दै आएको पानी थप विस्तार गर्नु परेमा थप एक सय उपभोक्तालाई अहिलेकै अवस्थाबाट पानी वितरण गर्न सक्ने अवस्थामा रहेको समितिका अध्यक्ष टिकाराम श्रेष्ठले बताए । 

समितिमा योगदान पुर्‍याउने १३ जना सम्मानित

भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई स्थापना काल देखि यो अवस्था सम्ममा ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने १३ जना व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको समितिका सचिव हेमन्तराज न्यौपानेले बताए । सम्मानित हुनेमा समितिका पूर्वाध्यक्ष द्वय नवराज घिमिरे र महेशराज घिमिरे, जग्गादाता द्वय खेटकुमारी घिमिरे र केदारनाथ घिमिरे, पत्रकार एवं समाजसेवी बद्री नयाँघरे र समाजसेवी दिनेश सुवेदी रहेका छन् । त्यस्तै समाजसेवी एवं उत्कृष्ट उपभोक्ता माधव प्रसाद घिमिरे, उत्कृष्ट उपभोक्ता होम बहादुर श्रेष्ठ, २० फिट गहिरो इनारको पानी भित्र विना अक्सिजन पसेर प्राविधिक काम गर्ने डम्बर बहादुर माझी र प्राविधिक रूपमा सहयोग गर्ने समाजसेवी नारायण बहादुर बस्नेत पनि सम्मानित भएका छन् । त्यसै गरी खानेपानी निर्माणमा सहयोग पुर्‍याउने निर्माणव्यवासयी एवं समाजसेवी खुसहरी बुढालाई पनि समितिले सम्मान गरेको छ । 

स्थापना कालमा कर्मचारी भई काम गरेका पूर्व कर्मचारी सुमन भुजेल र वर्तमान कर्मचारी मध्यबाट उत्कृष्ट कर्मचारी राजु श्रेष्ठलाई पनि सम्मान गरिएको सचिव न्यौपानेले बताए । 

सम्मानित सबैलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उत्कृष्ट एक जना कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाको साथमा नगद ५ हजार पुरस्कार समेत प्रदान गरिएको छ ।

Related Posts

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान
समाचार

सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा सम्पन्न, दलित जनप्रतिनिधिलाई सम्मान

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप– सुनापति दलित एकता समाजको दोस्रो साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि नयाँ नेतृत्व...

पुरा पढ्नुहोस्
मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित
समाचार

मन्दिर निर्माणमा सहयोग पुर्‍याउने तीन व्यक्ति सम्मानित

संवादाताः हाम्रो प्रहार
असार २१, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–३ पुरानागाउँस्थित नवनिर्मित शिव पञ्चायन मन्दिर निर्माणमा योगदान पुर्‍याउने तीन जना व्यक्ति सम्मानित भएका छन् । मन्दिरको...

पुरा पढ्नुहोस्
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित
समाचार

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार सहित सम्मानित

संवादाताः हाम्रो प्रहार
असार १, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका–२ स्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत तथा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper