Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

७२ वर्षीय जेष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता

संवादाताः हाम्रो प्रहार
चैत्र २६, २०७९

रामेछाप– रामेछापका प्रमुख जिल्ला अधिकारीले फरक क्षमता भएका व्यक्ति र जेष्ठ नागरिकको घरमै पुगेर नागरिता दिइएकी छिन् । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले शनिबार जिल्लाको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका फरक क्षमता भएका २५ वर्षका व्यक्ति र ७२ वर्षीय जेष्ठ नागरिकको घरमै पुगेर नागरिता दिइएकी हुन् ।

नागरिकता बनाउनको लागि जिल्ला प्रशासन सम्म आउन नसक्ने फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय जेष्ठ नागरिक भक्तमाया सुनुवारको घरमै पुगेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् । यातायातको सहज पहुँच नहुदा उनीहरुलाई जिल्ला प्रशासन कार्यालयसम्म ल्याउन सम्भव नभएकाले शनिबारको दिन पारी घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ निरौलाले बताइन् । अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नु राज्यको दायित्व भएकाले फरक क्षमता भएका व्यक्ति र जेष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ निरौलाको भनाई रहेको छ । जिल्लाका अन्य पालिका तथा वडाहरुमा अशक्त तथा आपाङ्गता भएका व्यक्ति भए घरमै गएर सेवा प्रदान गर्ने बताउँदै त्यस्ता व्यक्ति बारे जानकारी दिन पनि अनुरोध गरिन् ।

प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयको टोली घरमै पुगेर नागरिकता प्रदान गरिदिएपछि ७२ वर्षीय भक्तमाया सुनुवारकी बहिनी मैया सुनुवारले प्रजिअको टोलीलाई धन्यबाद दिँदै एउटा सामान्य नागरिकको समस्यालाई बुझेर घरमै आएर नागरिकता दिँदा आफूहरु धेरै खुसी भएको बताइन् ।

लामो समयको प्रयासपछि फरक क्षमता भएका नगरबहादुर माझी र ७२ वर्षीय जेष्ठ नागरिक भक्तमाया सुनुवारलाई नागरिकता दिलाउन सफल भएको रामेछाप नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले बताइन् । नागरिकता प्राप्त गरेका माझी र सुनुवारलाई सामाजिक सुरक्षा भत्ता दिलाउन तत्कालै प्रक्रिया अघि बढाउने पनि कार्कीले बताइन् । यस्ता व्यक्तिहरुलाई नागरिकता दिलाउनको लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा समन्वय गरीरहेको पनि उपप्रमुख कार्कीले बताइन् ।

Related Posts

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी
समाचार

रामेछाप रास्वपाको सभापतिमा दोहोरिए रमेश कुमार रायमाझी

संवादाताः हाम्रो प्रहार
जेष्ठ २४, २०८३
0

रामेछाप- राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापको सभापतिमा रमेश कुमार रायमाझी निर्वाचित भएका छन् । शनिवार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको पहिलो...

पुरा पढ्नुहोस्
वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण
समाचार

वातावरण दिवसमा रामेछाप जेसिजद्वारा वृक्षारोपण

संवादाताः हाम्रो प्रहार
जेष्ठ २२, २०८३
0

रामेछाप- विश्व वातावरण दिवसको अवसर पारेर रामेछाप जेसिजले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु...

पुरा पढ्नुहोस्
लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए
समाचार

लिट्टिल स्टारको एसइई नतिजा: सतप्रतिशत विद्यार्थी ग्रेडेड, २५ प्रतिशतले ल्याए ४ जिपिए

संवादाताः हाम्रो प्रहार
बैशाख ३०, २०८३
0

रामेछाप- जिल्लामै पहिलो पटक स्थापना भएको संस्थागत विद्यालय लिट्टिल स्टार इङ्ग्लिस स्कुल, मन्थलीले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper