Hamro Prahar
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
TRENDING
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaperNew
No Result
View All Result
Hamro Prahar
No Result
View All Result
Home समाचार

सफल भयो जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डलाई विकेन्द्रीकरण गर्ने योजना

संवादाताः रामचन्द्र वि.क.
फाल्गुन १३, २०७९

रामेछाप- दश वर्ष अघि देखि सदरमुकाम मन्थलीमा भइरहेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो पटक सदरमुकाम भन्दा बाहिरै सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाममा हुँदै आएको प्रतियोगिता यो पटक भने जिल्ला खेलकुद विकास समितिको आयोजना र लिखुतामाकोशी गाउँपालिकाको सहआयोजनामा लिखुतामाकोशी– २ सैपुमा सम्पन्न भएको छ ।

जिल्ला स्तरीय प्रतियोगिताहरु सदरमुकाम केन्द्रित गरेको भनेर आरोप खेप्दै आएको जिल्ला खेलकुद विकास समितिले यो पटकबाट वार्षिक रुपमा हुने गरेका जिल्ला स्तरीय प्रतियोगिताहरुलाई विकेन्द्रीकरण गरेर पालिका–पालिकामा पनि खेलाउन सकिने गरी सन्देश दिएको छ । तर, यो विकेन्द्रीकणको सन्देश दिनेमा खेलकुद विकास समिति मात्रै छैन्, यसको मुख्य सहयोगी हो लिखुतामाकोशी गाउँपालिका ।

थोरै खर्चमा धेरै प्रकारका खेलहरु खेलाउनु पर्ने बाध्यतामा रहेको जिल्ला खेलकुद विकास समितिको आफ्नो मात्रै खर्चले तोकिएका खेलहरु खेलाउन समेत अफ्टेरो हुने गरेको गुनासो खेलकुद विकासले यस अघिका वर्षहरुमा पनि गर्दै आउँथ्यो । त्यो समस्या यो पटक पनि हुने नै भयो । जिल्लाका सबै स्थानीय तहहरुले प्रतियोगितामा सहभागिता जनाउने हुँदा खेलकुद विकास समितिले स्थानीय तहहरुलाई सहयोगको लागि अनुरोध ग¥यो । यसको लागि लिखुतामाकोशी गाउँपालिका तयार भयो । तर, आफ्नै पालिका भित्र खेल खेलाउने सर्तमा । त्यो सर्तलाई खेलकुद विकास समितिले मान्यो र विजेतालाई दिने नगद पुरस्कारको व्यवस्था देखि सहभागी पालिकाहरुलाई बस्ने समेतको प्रवन्ध लिखुतामाकोशी गाउँपालिकाले गरेर यो पटकको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सहज रुपमा सम्पन्न गराउन सफल भए आयोजक र सहयोजक ।

सदरमुकाम केन्द्रित हुने खेललाई पालिकामा ल्याएर सम्पन्न गराउन सफल भयौँ– अध्यक्ष महत

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सहआयोजक रहेको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले सदरमुकाम केन्द्रित हुने गरेका खेलकुदहरुलाई विकेन्द्रीकरण गरेर पालिका पालिकामा लैजानु पर्छ भन्ने अभियान सुरु गरेर सफल बनाउँन पाउँद आफू धेरै खुसी भएको बताए छन् । अध्यक्ष मतहले भने– ‘जिल्ला स्तरका खेलहरु सदरमुकाममा हुने हुँदा ग्रामिण क्षेत्रका खेलकुदहरु छाँयामा पर्ने गरेका थिए । त्यसलाई हामीले यसपालिबाट ग्रामिण क्षेत्रको खेलकुदलाई पनि उजागर गर्ने प्रयास गरेका छौँ । यो सबै पालिकाले गर्नु पर्छ । किनकी यसले सबै पालिकाको खेलकुद विकासमा  मात्रै हैन आन्तरिक पर्यटन विकास सँगै आर्थिक बृद्धिमा समेत सहयोग पुग्छ । त्यही उद्देश्यका साथ सुरु गरिएको यो पटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले लिखुतामाकोशी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ भने यहाँ भएका विभिन्न ठाउँको अवलोकन र जानकारी पाउने अवसर अन्य पालिकाका खेलाडी, शिक्षक, प्रशिक्षक र आम दर्शकलाई मिलेको छ । आगामी दिनमा पनि यो अभ्यासलाई स्थानीय तहहरुले निरन्तरता दिन जरुरी छ । अहिलेका खेलाडी विद्यार्थीहरु भोलीका कर्णधार भएकाले रामेछाप जिल्लाको भुगोल र समाजको बारेमा बुझ्न जरुरी छ । यो खेलले जिल्लाभरीका खेलाडी भाइबहिनीहरुलाई जिल्लाको बारेमा बुझ्ने मौका पनि यो खेलले दिने छ ।’

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने पालिकालाई ५० हजार, द्वितिय हुने पालिकालाई ३० हजार र तृतिय हुने पालिकालाई २० हजार नगद पुरस्कार लिखुतामाकोशी गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिका अध्यक्ष केशव महतले बताए । अध्यक्ष महतका अनुसार विभिन्न खेलमा उत्कृष्ट हुने खेलाडीलाई जनही ३/३ हजारका दरले दिइएको पुरस्कार र प्रतियोगितामा लिखुतामाकोशी गाउँपालिकाबाट सहभागी भएर स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजारका दरले पुरस्कार दिएको छ । खेल अवधिभर खेल खेलाउन लिखु पुगेका रेफ्रीको भत्ता पनि गाउँपालिकाले नै व्यवस्था गरेकाे अधय्यक्षले बताए ।

गाउँपालिका अध्यक्ष महतले राज्यबाट पाउने एक महिना (फागुन महिना) को ३० हजार भत्ता अरुणोदय माविका स्वयंसेवकहरुलाई उनिहरुको उत्कृष्ठलाई मूल्यांकण गरी शैक्षिक गुणस्तरमा सहयोग पुर्‍याउने उद्देश्यले चेक मार्फत हस्तान्त्ररण गरिएको पनि अध्यक्षले बताए ।

सदरमुकाम बाहिर आयोजना गरिएको खेलले धेरै कुरा सिकायो– अध्यक्ष मगर

विगत लामो समय देखि सदरमुकाम मन्थलीमा आयोजना हुँदै आएको खेललाई विकेन्द्रीकरणको सिद्धान्त अनुसार सदरमुकाम बाहिर खेलाउँदा धेरै कुराको सिकाइ भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगरले बताए । जति ठूला खेलहरु भएपनि राम्रो व्यवस्थापन गर्न सकियो भने गाउँका रहेक कुनामा पनि खेलाउने सकिने रहेछ भन्ने यो खेलले पुष्टि भएको अध्यक्षको भनाई रहेको छ । लिखुतामाकोशीको एउटा क्षेत्रमा खेलाइएको खेलले त्यस क्षेत्रको अर्थतन्त्रमा सहयोग पुर्‍याउनुको साथै स्थानीय स्तरमा नै खेलाडीहरुको विकास गर्न सकिने सन्देश दिन सकिएको पनि उनको भनाई रहेको छ ।

जिल्लाका ८ ओटै पालिका सहभागी हुने गरी बुधबार देखि सुरु भएर विभिन्न विधाका खेल खेलाइएको खेल शुक्रबार सम्पन्न भएको थियो ।

प्रतियोगितामा मन्थली नगरपालिका सबै भन्दा धेरै स्वर्ण पदक जित्दै प्रथम, रामेछाप नगरपालिका द्वितिय र खाँडादेवी गाउँपालिका तृतिय भएका थिए ।

गाउँमा आयोजना गरिएको खेलले सबैलाई खुसी बनायो

यस अघि सदरमुकाम मन्थली हुने खेलको उद्घाटन गर्न आउने र समापन गर्न आउने प्रमुख अतिथि र अतिथिहरु यो पटक सदरमुकाम छोडेर लिखु नदी किनारमा नै खेलको उद्घाटन गर्न र समापन गर्न समय लगाएर भएपनि पुगेका छन् । खेलको उद्घाटन गर्न पुगेका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम), पदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ, भिविन्न स्थानीय तहको जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि सबैले शुभकामना मन्तब्य राख्ने क्रममा यसरी ग्रामिण क्षेत्रमा आयोजना गरिएको खेलले गाउँको खेलकुदको विकासमा थप सहयोग पुग्ने हुँदा आगामी दिनमा अन्य पालिकाहरुमा गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै प्रतियोगिताको समापनमा सैपु पुगेका पुर्व सांसद देवशंकर पौडेलले आफ्नो भनाई राख्ने क्रममा सहयोगी सबैलाई धन्यबाद दिँदै यस अघि जिल्ला केन्द्रित हुने गरेका जिल्ला स्तरीय खेलकुद प्रतियोगिताहरुलाई विकेन्द्रीकरण गरेर गाउँगाउँमा पुर्‍याउन सके गाउँको हरेक क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितालाई निष्पक्ष र तोकिएकै समयमा सम्पन्न गराउन सहयोग पुर्‍याउने सबैलाई धन्यबाद दिँदै जिल्ला खेलकुद विकास समिति रामेछापका सदस्य सचिव अर्जुन कार्कीले आगामी दिनमा हुने खेललाई पनि यसरी नै गाउँ केन्द्रित गर्ने गरी सहयोग पुर्‍याउन विभिन्न निकायलाई अनुरोध गरेका छन् ।

Related Posts

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो
समाचार

नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितलाई ८५ हजार सहयोग गर्‍यो

संवादाताः हाम्रो प्रहार
भदौ ३१, २०८३
0

रामेछाप- नेपाल तरुण दल रामेछापले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेसको मातृ संस्था समेत...

पुरा पढ्नुहोस्
उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने
समाचार

उमाकुण्ड गाउँपालिकामा सरकारी सेवा गाउँमै पाइने

संवादाताः हाम्रो प्रहार
भदौ २७, २०८३
0

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रामेछाप सहित गाउँपालिकाबाट प्रवाह हुने सरकारी सेवा गाउँमै पुर्‍याउने भएको छ । नागरिकहरुले...

पुरा पढ्नुहोस्
रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते
समाचार

रामेछापको मन्थलीमा बोलेरो गाडी दुर्घटनाः एकको ज्यान गयो, एक घाइते

संवादाताः हाम्रो प्रहार
भदौ २६, २०८३
0

रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं १ सुकाजोर खोला नजिक टाटाको योद्धा गाडि दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ...

पुरा पढ्नुहोस्
Load More

हाम्रो प्रहार

‘राम्रो कामलाई प्रचारप्रसार, नराम्रो कामलाई सिधै प्रहार’ भन्ने नाराका साथ हाम्रो प्रहार डट कम मार्फत तपाई माझ आएका छौँ । हाम्रो प्रहार डट कमले तथ्यमा आधारित ताजा र खोजमूलक समाचारलाई स्थान दिन्छ ।

प्रहार मिडिया प्रा.लि.

प्रहार मिडिया प्रा.लि.
मन्थली–१, रामेछाप,बागमती प्रदेश
ईमेलः hamroprahar@gmail.com
फोन नः– ९८४४८२५०३०, ९८४४४४३४१०
संचार रजिष्ट्रार दर्ता नं. ०००३८

हाम्रो प्रहार टीम

संचालक/प्रधान सम्पादकः रामचन्द्र वि.क.
सम्पादकः कुमार श्रेष्ठ
उप-सम्पादकः कैलाश खत्री
संरक्षकः गुञ्ज कार्की
सल्लाहकारः डा. सुमन कर्माचार्य
कानुनी सल्लाहकारः अधिवक्त्ता रामहरि के.सी.

© २०८२ हाम्रो प्रहार, सर्वाधिकार सुरक्षित । डिजाईनः वेबपल

No Result
View All Result
  • गृह
  • समाचार
  • स्थानीय सरकार
  • समाज
  • राजनीति
  • कुराकानी
  • विचार
  • अर्थ
  • खेलकुद
  • दुर्घटना
  • भिडियो
  • फोटो फिचर
  • विविध
    • सम्पादकीय
    • साहित्य
    • स्वास्थ्य
    • शिक्षा
    • धर्म–संस्कृति
    • प्रवास
    • पत्रपत्रिका
    • प्रहरी–प्रशासन
  • ePaper